भर्खरै :

कम्युनिस्टहरू साम्राज्यवाद र उपनिवेशवाद विरोधी हुन्छन्

कम्युनिस्टहरू साम्राज्यवाद र उपनिवेशवाद विरोधी हुन्छन्

मध्यपुर, १२ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा बोडेमा विश्व सर्वहारा वर्गका महान् गुरुहरू स्तालिन र माओ त्सेतुङको जन्म जयन्ती सोमबार मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले आमाको प्रेरणाबाट माओले देश र जनताको सेवा गरेको चर्चा गर्दै माओ इतिहास, भूगोल र नीतिशास्त्रको अध्ययनमा चाख राख्नुहुन्थ्यो भन्नुभयो ।
एमसीसी सम्झौता अमेरिकी स्वार्थ पूरा गर्ने लगानी भएको उल्लेख गर्दै उहाँले सम्झौताअनुसार बिजुली नेपाललाई होइन गोरखपुरमा पुग्ने बताउनुभयो ।
नागरिकता विधेयक नेपालको हितमा नभएको हुँदा सो विधेयक खारेज गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “जनताको ढुकुटी लुट्ने माओवादी केन्द्रका अध्यक्षलाई हराउनुपर्छ भन्ने व्यक्तिहरू नै उनकै सरकारमा सामेल हुनु हास्यास्पद छ, यो नैतिकहीन काम हो ।”
बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले जनताका नेताहरूको जीवनी पढेर जनताको पक्षमा काम गर्न मिल्ने अवसर पाउने उल्लेख गर्दै चिनियाँ कम्युनिस्ट पार्टीले जनताको पक्षमा कसरी काम ग¥यो भन्नेबारे शिक्षा दिइरहेको बताउनुभयो । उहाँले कम्युनिस्टहरू साम्राज्यवाद र उपनिवेशवादको विरोधमा लड्ने उल्लेख गर्दै अहिलेका सत्ताधारीहरू विदेशीको इसारामा काम गरिरहेको बताउनुभयो । चीनले कृषि र बाटोको विकास गरिरहेको चर्चा गर्दै उहाँले चीनले बेलैमा कोरोनाको औषधि पत्ता लगाएर विश्वका जनताको सेवा गरेको बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले माओ त्सेतुङको नेतृत्वमा भएको आन्दोलनले नयाँ जनवादी क्रान्ति सफल पारी चिनियाँ जनताले मुक्ति पाए भन्नुभयो ।
उहाँले विदेशीले नेपालको अरूण, माथिल्लो कर्णाली र पच्छिम सेतीबाट बिजुली निकालेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको बताउनुभयो ।
उहाँले भारतले गर्दा नेपालको खेती र उद्योगहरू ध्वस्त पारेको चर्चा गर्दै जुम्लाको घर–घरमा एमाले र राप्रपाका कार्यकर्ताले पैसा बाँडेको बताउनुभयो ।
नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यले चीनको किसान क्रान्तिले गर्दा चीनमा बढी अन्न उत्पादन गरेर विश्वका विभिन्न मुलुकमा अन्न वितरण गरिरहेको औँल्याउनुभयो ।
उहाँले कृषिसम्बन्धी अनुसन्धानमा ध्यान नदिएको र कृषिलाइ चाहिने सामान विदेशी भएकोले कृषिमा विकास नभएको हो भन्नुभयो ।
कार्यक्रममा किसान कार्यकर्ता गङ्गाराम ज्याख्वले महान् नेता माओ त्सेतुङ र सङ्घका केन्द्रीय सदस्य विश्वनाथ प्रजापतिले नेता स्तालिनको जीवनी प्रस्तुत गर्नुभयो ।
नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य रुद्रकुमार साहुखल र कार्यक्रमको आवश्यकताबारे अशोक अवालले बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *