भर्खरै :

सुर्खेत र जुम्लामा माओ जयन्ती

सुर्खेत र जुम्लामा माओ जयन्ती

सुर्खेत, १२ पुस । नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतको आयोजनामा माओको १२९ औँ जन्म दिवस मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले माक्र्सवाद वैज्ञानिक सिद्धान्त हो, माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई चिनियाँ माटो सुहाउँदो उपयोग गरी चीनमा माओ त्सेतुङले चिनियाँ जनक्रान्ति सफल पारेको विचार व्यक्त गर्नुभयो ।
पार्टी भित्र र बाहिरबाट उठेको गल सिद्धान्त र विचारको सामना गर्दै चिनियाँ जनताको नेतृत्वमा माओले गरेको आन्दोलनले सफलता पाएको विचार व्यक्त गर्दै उहाँले माओको विचारलाई चिनियाँ कम्युनिस्ट पार्टी र जनताले आत्मसात गरेको कारण आज चीन संसारकै जाज्वल्यमान देश बनेको बताउनुभयो ।
नेमकिपा सुर्खेतका उपाध्यक्ष प्रेमकुमार थापाले माओको शिक्षालाई जनताको घर दैलोमा लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष तुल्सी खड्काको सभापतित्वमा भएको सो कार्यक्रममा शेरबहादुर शाही, लालबहादुर थापा, अकल राना, बिजुकला राना र कल्पना शाहले पनि माओ र स्तालिनको योगदानबारे चर्चा गर्नुभयो ।
त्यस्तै जुम्लामा पनि सोमबार माओ जयन्ती मनाइयो ।
उक्त कार्यक्तममा नेमकिपा जुम्लाका सदस्य राजेश्वर देवकोटाले माओको नेतृत्वमा भएको चिनियाँ क्रान्तिले नयाँ जनवाद स्थापना गरेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका यज्ञबहादुर थापा, नेक्रामजदुरसङ्घका अध्यक्ष हर्कबहादुर बोहरा, शिक्षक मनप्रसाद उपाध्याय, पद्यमबहादुर शाही, विष्णु केसी र देवीबहादुर बुड्थापाले माओको देनबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा टङ्क देवकोटाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *