भर्खरै :

कीर्तिपुरमा माओ दिवस

कीर्तिपुरमा माओ दिवस

कीर्तिपुर, १२ पुस । नेपाल मजदुर किसान पार्टी, कीर्तिपुर नगर समितिको आयोजनामा मङ्गलबार १२९ औँ माओ जयन्ती मनाइयो ।
कार्यक्रममा नेमकिपाका पूर्वकेन्द्रीय सदस्य प्रशान्त महर्जनले माओले चीनमा नौलो जनवादी क्रान्ति गरेको स्मरण गर्दै आज चीन विश्वकै शक्तिशाली समाजवादी राष्ट्र बनेको छ, चीनको क्रान्तिबाट शिक्षा लिएर नेपालमा पनि समाजवादी क्रान्ति तयार गर्न मजदुर किसानलाई सचेत र सङ्गठित पार्नुपर्ने बताउनुभयो ।
विश्वकै गरिब जनतालाई मुक्तिको लागि माओले गरेको योगदान संसारकै लागि प्रेरणादायी बनेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले चिनियाँ क्रान्तिबाट माओको नेतृत्वमा १९४९ मा क्रान्ति सफल पारेको बताउनुभयो । १९२१ मा स्थापना भएको चिकपाले २८ वर्षमा चीनका गरिब जनतालाई सचेत र सङ्गठित पारी सफल बनाएको उहाँले बताउनुभयो । उहाँले चीनमा गरेको क्रान्तिजस्तै नेपालमा पनि क्रान्ति अगाडि बढाउन नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
देशमा संयुक्त सरकार माओवादी र एमालेसहितको नयाँ सटरकाटर बने पनि ती पार्टीहरू पुँजीवादी पार्टी भएकाले देश र जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो ।
नेमकिपा कीर्तिपुरका अशोक डंगोल, मनषा महर्जन, हरिकुमार महर्जनले पनि माओको जीवनी र योगदानबारे बोल्नुभएको थियो ।
त्यसैगरी हालै सम्पन्न नेमकिपाको ३४ औँ केन्द्रीय परिषद्का निर्णय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरू र परिषद्को सन्देशबारे नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनल जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *