भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
भक्तपुर, १३ पुस । मेधा मावि भक्तपुरका प्रअ स्वर्गीय गङ्गाधर हाडाको बुधबार स्थानीय हनुमानघाटमा अन्त्येष्टि गरिएको छ । गत पुस ११ गते सोमबार बिहान विद्यालय जाँदै गर्दा स्थानीय बाराही स्थानको उकालोमा अन्दाजी साढे नौ बजेतिर निधन भएको थियो ।
मोटरसाइकलमा स्कूल जाँदै गर्दा गा¥हो भएपछि स्थानीय एक पसलमा रोकेर उहाँले पानी माग्नुभएको थियो । बोटलको बिर्काेसमेत खोल्न नसकेपछि एम्बुलेन्स नम्बर खोज्दाखोज्दै उहाँ त्यही ढल्नुभएको थियो । उहाँलाई उचारार्थ तत्काल भक्तपुर अस्पताल पु¥याइएको थियो तर बाटैमा निधन भएको अस्पतालले जनाएको थियो । चिकित्सकहरूका अनुसार उहाँको निधन उच्च रक्तचापका कारण भएको हो ।
नेपाल शिक्षक महासङ्घ भक्तपुरको पूर्वअध्यक्ष रहेका उहाँ विगत डेढ दशकदेखि मेधा माविको प्रधानाध्यापकमा हुनुहुन्थ्यो । विद्यार्थीको अभावले स्कूल नै बन्द हुने अवस्थामा पुगेको कन्या माविलाई उहाँकै नेतृत्वमा मेधा माविमात्र नबनाई देशकै उत्कृष्ट विद्यालय बनाउन उहाँ सफल हुनुभएको हो ।
२०२३ साल मङ्सिरमा जन्मिनुभएका उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।
२०४७ सालमा भक्तपुरको सूर्याेदय माविबाट शिक्षण पेशामा लाग्नुभएका उहाँले ज्ञानविजय आवि, आदर्श मावि र बोडे मावि हुँदै कन्या माविमा आउनुभएको थियो ।
आफ्नो आस्थामा दृढताका साथ उभिने, शिक्षण पेशामा समर्पित भएर लाग्ने र व्यवहारमा अत्यन्त मिलनसार, मृदुभाषी स्व. हाडाको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको अनुभव गरिएको छ ।
अन्त्येष्टिअघि उहाँको पार्थिव शरीरलाई मेधा विद्यालयको प्राङ्गणमा राखिएको थियो । उहाँ आफन्त एवं शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जलीपश्चात् वंशगोपाल, नासमना, टौमढी, सुकुलढोका, इनाचो हुँदै हनुमानघाटसम्म शवयात्रा निकालिएको थियो ।
Leave a Reply