भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
सिन्धुपाल्चोक, पुस १३ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) का कार्यकारी समितिका पदाधिकारीहरूले बुधबार नेपालको राष्ट्रिय गौरवको आयोजना सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्नुभयो ।
काठमाडौँ उपत्यकाको खानेपानीको स्थायी समाधानको लागि एसियाली विकास बैङ्कको ऋण लगानीमा तयार भएको मेलम्ची खानेपानी आयोजनाबाट गत वर्षदेखि खानेपानी आपूर्ति सुरु भएको थियो । तर २०७८ साल असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण निर्माणस्थल डुबानमा पर्नुका साथै अधिकांश संरचनाहरूमा क्षति पु¥याएको थियो । यो वर्ष मङ्सिर महिनादेखि उपत्यकामा पानी वितरण सुरु भएको छ । त्यो अस्थायीरूपमा मात्र भएकोले स्थायी समाधानका लागि उपयुक्त विकल्पबारे अध्ययन गर्न भ्याली बोर्ड, केयूकेएलका पदाधिकारी तथा प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका हुन् । स्थलगत निरीक्षणको क्रममा आयोजनाको महत्वपूर्ण भाग पुरिएको अवस्थामा रहेको र त्यसलाई पन्छाउने तथा अस्थायीरूपमा मात्र पानी पठाउने व्यवस्था गरिएको सहभागीहरूले बताएका छन् ।
उक्त आयोजनाको लागि हालसम्म रु.३०.५ अर्ब खर्च भइसकेको र दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने आयोजनाका पदाधिकारीहरूले बताउनुभयो । कूल २७ किमि सुरुङ खनेर लामो समयपछि उपत्यकाका जनताले पानी खान पाएकोमा गत वर्षको बाढीको कारण जनता निरास भएका थिए । उपत्यकाको लागि हाल दैनिक ४० करोड लिटर पानीको आवश्यकता रहेको काठमाडौँ उपत्यका खानेपानी लि.को भनाइ छ । याँग्री र लार्केको पनि यसमा जोडिएको खण्डमा अर्को ३४ करोड लिटर दैनिक थपिने छ । त्यसको लागि ९ किमि सुरुङ खन्नुपर्ने आयोजनाको भनाइ छ । बजेटको व्यवस्था भए ३ वर्षभित्र उक्त सुरुङ खनिसक्ने र उपत्यकाको लागि पर्याप्त पानीको व्यवस्था गर्न सकिने आयोजनाका पदाधिकारीहरूको भनाइ छ । यसको लागि नेपाल सरकारले ध्यान दिनुपर्नेमा सबैको जोड रहेको छ ।
सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेपछि अर्को विकल्प नदिएको कारण कुनै पनि काम अघि नबढेको र कर्मचारीहरूले साउन महिनादेखि तलब खान नपाएको गुनासो भ्याली बोर्डका पदाधिकारी तथा सदस्यहरूसमक्ष कार्यरत कर्मचारीहरूले गुनासो गरे ।
निरीक्षणकै क्रममा आयोजित स्वागत कार्यक्रममा बोर्डका सदस्य सुनिल प्रजापतिले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण भएसँगै खानेपानी समस्या केही हदसम्म समाधान भएको बताउँदै मेलम्ची आयोजनालाई सङ्घ सरकारले नै प्राथमिकतामा राखी आयोजनाको कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो । बोर्डका अध्यक्ष बालेन्द्र शाह, अर्का सदस्यहरू ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र मध्यपुर नपाका प्रमुख सुरेन्द्र श्रेष्ठले मेलम्चीको पानी वितरण कार्यलाई प्रभावकारीरूपमा सञ्चालन गर्न आयोजनाको कार्यलाई निरन्तरता दिइनुपर्ने बताउनुभयो । भ्याली बोर्डमा उपत्यकाका काठमाडाँै, ललितपुर, भक्तपुर, मध्यपुर र कीर्तिपुर नगरपालिकाका प्रमुखहरू सदस्य हुने कानुनी व्यवस्था छ ।
मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे प्रस्तुतीकरण दिँदै मेलम्ची आयोजनाका विभिन्न अवधिका उपलब्धिहरू, हालसम्म निर्माण सम्पन्न भएका मुख्य संरचनाहरू, हालसम्मको खर्च र आगामी दिनमा गर्नुपर्ने तथा गर्न सकिने कार्यहरूबारे प्रस्ट पार्नुभयो । उहाँले मेलम्ची खानेपानी विकासलाई पुनः बिउताउनुपर्नेमा जोड दिँदै वर्षातको समयमा पानी पथान्तरण गर्न मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नुपर्ने र आयोजनाको दोस्रो चरण (यांग्री र लार्के) कार्यान्वयन यथाशक्य सुरु गर्नुपर्ने धारणा राख्नुपर्ने बताउनुभयो ।
भ्रमण टोलीमा बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, नेपाल सरकार खानेपानी मन्त्रालयका सहसचिव मिनु श्रेष्ठ, वडाध्यक्ष तथा सरोकारवाला कर्मचारीहरू समेतको सहभागिता थियो । टोलीले मेलम्ची आयोजनाको हेडवक्र्स÷टनेल÷पानी प्रशोधन केन्द्र आदि संरचनाहरूको अवस्था तथा समग्र मेलम्ची खानेपानीको अवस्थाबारे बुझ्न स्थलगत अध्ययन÷अवलोकन भ्रमण गरेको हो ।
Leave a Reply