प्रजग कोरियाद्वारा साइबर चोरीको आरोपलाई उक्साहटको संज्ञाप्रजग कोरियाद्वारा साइबर चोरीको आरोपलाई उक्साहटको संज्ञा
- कार्तिक १८, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
विफल वार्ता
ट्रम्प र किमबीच चालिस मिनेट कुराकानी भयो । हनोइको गर्मीका कारण विश्रामपछि हरितगृहमा कुराकानी भयो । बोल्टन र अन्य अमेरिकी अधिकारीहरूले झ्यालबाट चिहाइरहेका थिए । प्रजग कोरियाका सर्वाेच्च नेता किम बेखुसी देखिन्थे । एक घन्टापछि कुराकानी टुङ्गियो । छलफलमा केवल योङब्योन भट्टी बन्द गर्ने र त्यसको बदलामा अमेरिकाले नाकाबन्दी खुकुलो पार्नुपर्ने कुरामात्र भएको पोम्पेओले बताए । ट्रम्पले नमानेपछि किम उदास र आक्रोशित भएको उनले थपे । लामो वार्तापछि ट्रम्प निकै थकित देखिन्थे । उनले ‘ठूलो सम्झौता’ हुने नदेखेर उनी आत्तिएको बोल्टन दाबी गर्छन् ।
उच्च अधिकारीहरू राखेर दोस्रो चरणको वार्ता भयो । कसैले राष्ट्रपति किमसँग मानवअधिकारको कुरा ग¥यो । ट्रम्पले भने, “पत्रकारहरूबाट चिढिनुहुन्छ कि ?” नेता किमको उत्तर थियो, “ममाथि त्यो बोझ छैन ।” उनले दुई देशबीच अहिलेसम्मकै सबैभन्दा ठूलो प्रस्ताव राखेको बताए । ट्रम्पको चित्त बुझेन । कुरैकुरामा ट्रम्पले बोल्टनसँग ‘आणविक निःशस्त्रीकरण’ को अर्थ सोधे । ध्यान मोड्न ट्रम्पले साँझ हनोइ नबसी तपार्इँसँगै प्योङयाङ जान्छु भने । सबैजना हाँसे । कुरा अल्झिरह्यो । ट्रम्पले सबैको राय लिनुपर्ने तपार्इँको समस्या बुझ्छु भने । त्यसपछि अमेरिकाको केही प्रतिबन्ध फुकुवा गर्न थप केही प्रस्ताव गर्न भने । यसलाई पनि बोल्टनले ‘बढी दिएको’ माने । उत्तर कोरिया टसकोमस भएन ।
बैठकको ध्यान मोड्दै फेरि ट्रम्पले अरू कुरा गर्न थाले । उनले उत्तर र दक्षिणको पुनः एकीकरणको कुरा गरे, चीनले के सोच्छ होला भनी सोधे । त्यसपछि उनले अमेरिकासम्म मार हान्न सक्ने लामो दूरीका मिसाइलहरू नष्ट गर्न भने । बोल्टन यसलाई पनि ‘बढी सहुलियत’ भन्छन् । लामो दूरीका मिसाइल नष्ट गरे पनि उत्तर कोरियाले दक्षिण र जापानलाई हान्न सक्ने सम्भावना देख्छन् । मानौँ उत्तर कोरिया संरा अमेरिकाजत्तिकै आक्रामक देश हो । नेता किमले केही नबोलेपछि ट्रम्पले बोल्टनसँग लामो दूरीको क्षेप्यास्त्रबारे प्रश्न गरे । बोल्टनले उत्तरले आणविक, रासायनिक, जैविक र ब्यालेस्टिक मिसाइललगायत सबै कार्यक्रम बन्द गर्ने घोषणा गर्नुपर्छ भने । यसअघिका सबै अमेरिकी सरकारहरूले उत्तर कोरियासँगको वार्तामा न्यूनतम् सर्तको रूपमा यिनै कुरा राखेको बोल्टन दाबी गर्छन् ।
नेता किमले अमेरिकाले सुरक्षा ग्यारेन्टी दिनुपर्ने कुरा राखे । ट्रम्पले के ग्यारेन्टी भनी सोधे । अमेरिकाले हमला गरे हामीले के गर्ने ? – नेता किमको प्रश्न थियो । ट्रम्पले भने, “मलाई फोन गर्ने ।” मानौँ ट्रम्प आजन्म राष्ट्रपति हुने हुन् । अब नेता किम निरास भइसकेका थिए । कुराकानी लम्बिएकोमा बोल्टनहरू चिन्तित हुँदै थिए । ट्रम्पको विचार फेरिने त होइन भन्ने डर थियो । राम्रो सम्झौता नभए रिपब्लिकन पार्टीको कोप व्यहोर्नुपथ्र्यो । अन्त्यमा ट्रम्पले विदेशमन्त्री पोम्पेओसँग उनको प्रस्ताव के थियो भनी सोधे । पोम्पेओले सम्झाए, “यो बैठक प्रगतिको चिह्न हो । हामी एकअर्कालाई अझ बुझ्दै छौँ । हामी एकअर्कालाई थप विश्वास गर्दै छौँ । यहाँ वास्तविक प्रगति भएको छ । हामी आफ्नो शिर ठाडो पार्न सक्छौँ ।”
बैठकपछि नेता किम संयुक्त वक्तव्य निकाल्न चाहन्थे । तर, बोल्टन अलग्गै वक्तव्य निकाल्ने पक्षमा थिए । ट्रम्पलाई उनले यो कुरामा मनाइसकेका थिए । तर अन्तिम क्षणमा आएर ट्रम्प संयुक्त वक्तव्यमा सहमत भए । उनले भने, “अलग वक्तव्य निस्के हामीले कुनै प्रगति गरेनौँ भन्ने सन्देश जान्छ । यसबाट हामीले योङब्योनबारे विचार गर्दै छौँ भन्ने पनि हुन्छ ।” बोल्टन र पोम्पेओले यो गलत बाटो हो भनी जोडबल गरे । ट्रम्पको उत्तर थियो, “मलाई जोखिम होइन, सकारात्मक उत्तर चाहिएको छ ।” उनी अझै पनि सम्झौता गर्ने पक्षमा थिए । ट्रम्पले किमको प्रस्ताव स्वीकार गरे चुनाव हार्ने बताए । नेता किमले त्यसो नगर्ने बताए । केहीबेर मोलमोलाइ चलिरह्यो ।
अन्त्यमा बोल्टनले पुनः अलग वक्तव्यमा जोड दिए । अलग वक्तव्य निस्किने भए कुनै वक्तव्य ननिकाले हुन्छ भने । नेता किम चिढिएको देखेर ट्रम्पले संयुक्त वक्तव्य निकाल्ने बताए । वक्तव्यको खेस्रा किम यङ चोल र पोम्पेओले तयार पारे । यसबीच टहल्दै ट्रम्पले बोल्टनलाई सोधे, “हामीले सात हजार माइल टाढाको देशमा किन नाकाबन्दी लगाउँछौँ ?” बोल्टनले भने, “किनभने यिनीहरूले अमेरिकीहरूलाई मार्न सक्ने आणविक हतियार र मिसाइल बनाउँदै छन् ।” नजिकै पोम्पेओ उभिएका थिए । नजिकै पुगेर ट्रम्पले भने, “भर्खरै मैले हामीले सात हजार माइल टाढाको देशमाथि किन नाकाबन्दी लगाएको भनेर जोनलाई सोधेँ । उनको उत्तर गजब छ : किनभने तिनीहरूले संसार ध्वस्त पार्न सक्छन् ।” ह्वस बहादुरले जस्तै पोम्पेओले भने, “होहो सर ।”
हस्ताक्षर गर्नुअघि ट्रम्पले हनोइ बैठकबाट ‘आफूले जे पनि गर्न सक्ने, बाहिरिन पनि सक्ने’ सन्देश जाने बताए । पत्रकार सम्मेलनमा सम्झौताकार बिएगनको नाक राख्न पोम्पेओले बैठकलाई सफलताको रूपमा प्रस्तुत गरे । बैठक सक्कियो । तर अलग्गै वक्तव्य ननिस्केकोले बोल्टन खुसी भएनन् । उनले अमेरिकाले उत्तर कोरियासँग व्यवहार गर्न नसिकेको ठाने । उनी विदेश मन्त्रालयमाथि खनिन्छन् । विदेश मन्त्रालयका कर्मचारीहरू जहिल्यै कोरियालाई सहुलियत दिन मरिहत्ते गर्ने गरेको उनी लेख्छन् । मानौँ उत्तरले अहिलेसम्म थुप्रै ‘सहुलियत’ पाइसकेको छ । हनोइ बैठकबाट ‘पछि हट्नु’ लाई उनी विफलता नभई सफलताको रूपमा चित्रण गर्छन् । ‘सबैजना मसँग सम्झौता गर्न चाहन्छन्’ भन्ने ट्रम्पको सोच गलत भएको उनी लेख्छन् ।

दक्षिण कोरियामा अमेरिकी सैन्य अखडाहरु
वार्तापछि
हनोइ बैठकपछि बोल्टनले ट्रम्पलाई चिन्तित देखे । खासगरी वार्ता टोलीमा गएका केही उत्तर कोरियाली अधिकारीमाथि कारबाही भएको खबर दक्षिण कोरियाली मिडियामा फैलियो । यसलाई बोल्टन आफ्नो ‘सफलता’ को रूपमा चित्रण गर्छन् । बोल्टनले यस विषयमा दक्षिण कोरियाली अधिकारीसँग कुरा गरे । ती अधिकारीले किम जङ उन एउटैमात्र प्रस्ताव लिएर हनोइ गएको देखेर अचम्मित भएको बताए । उनले योङब्योन भट्टी बन्द गर्ने उत्तर कोरियाको प्रस्ताव निकै सकारात्मक थियो भनी बोल्टनलाई सुनाए । सो प्रस्तावलाई आणविक निःशस्त्रीकरणतर्फको पहिलो पाइला भने । तर, बोल्टनले सो प्रस्तावलाई नाउँको मात्र भने । उत्तर कोरियाप्रति नरम भए तिम्रो पेशा पनि गुम्न सक्ने भनेर बोल्टनले ती अधिकारीलाई एक प्रकारले धम्की दिए । उत्तर कोरियाप्रति नरम भएकोमा बोल्टनले विदेशीहरूलाई मात्र नभई क्लिन्टन, बुश र ओबामा प्रशासन सबैलाई कुनै न कुनै रूपमा दोष दिन्छन् ।
हनोइ बैठक बिथोलिएपछि उत्तर कोरियाबाट मार्च १५ मा एउटा वक्तव्य आयो । उत्तर कोरियाकी उपविदेशमन्त्री चो सुन हुइले ‘अनुचित माग’ अघि सारेर पोम्पेओ र बोल्टनले “आक्रामक र अविश्वासको वातावरण बनाएको” भनिन् । ट्रम्प र किमको सम्बन्ध बिग्रिनसकेकोमा उनले जोड दिइन् । उनले उत्तर कोरियाले आणविक अस्त्र र ब्यालेस्टिक मिसाइल परीक्षण पुनः थाल्ने सङ्केत पनि गरिन् । यसले गर्दा दक्षिण कोरियाको टाउको दुख्न थाल्यो । बोल्टन भने निश्चिन्त थिए किनभने यो कुरा हनोइ बैठकको अन्त्यमा उत्तर कोरियाले भनिसकेको थियो । दक्षिण कोरियाको टाउको दुख्नु स्वाभाविक थियो किनभने यसले दुई कोरियाबीचको सम्बन्धमा असर गथ्र्यो ।
ट्रम्पको चिन्ता बढ्न थाल्यो । दक्षिण कोरियासँगको सैन्य अभ्यास देखाउँदै उनले भने, “युद्धमा हामीले किन पैसा खेर फाल्ने ।” उनले उत्तर कोरियाप्रतिको ‘उच्चतम् दबाब’ को नीतिमा जोड दिन छोडे । यता बोल्टनहरू भने अर्कै सोचमा थिए । समुद्री मार्ग हुँदै उत्तर कोरियाबाट कोइला निर्यात हुन्थ्यो र तेल आयात हुन्थ्यो । बोल्टन बलप्रयोग गरेर त्यो कारोबार बन्द गराउन लालायित थिए । तर ट्रम्पको मुड अर्कै थियो । उनले उत्तर कोरियामाथि अमेरिकाले लगाएको प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा अमेरिकी अर्थमन्त्रालयले दुई चिनियाँ कम्पनीमाथिको कारबाही हटाउन भने । यो निर्णय बोल्टन, पोम्पेओ र अर्थमन्त्री मनुचिन मिलेर गरेका थिए । सिङ्गापुर बैठकपछि ट्रम्पकै निर्देशनमा विभिन्न कम्पनीहरूमाथि अमेरिकाले यस्तै कारबाही गर्दै आएको थियो ।
ट्रम्पले ट्वीट गर्दै अर्थ मन्त्रालयले गरेको कारबाही उल्ट्याउने भाषा टिपाए । उनले आफ्नै मन्त्री र उच्च अधिकारीहरूमाथि अविश्वास व्यक्त गरेका थिए । यसबाट बोल्टन निकै रुष्ट भए । एक अधिकारीले कसैले अमेरिकी राष्ट्रपतिले किन यस्तो ट्वीट गरे भनी सोधे के भन्ने भनेर ट्रम्पलाई सोधे । ट्रम्पले भने, “म किम जङ उनलाई रुचाउँछु । र, यी प्रतिबन्धहरू अनावश्यक छन् ।” यस्तैमा ट्रम्पले कोरियामाथि लगाइने भावी नाकाबन्दीलाई मात्र रोक लगाएको थाहा भयो । मार्च २२ मा बोल्टनले नोकरी खाएको एक वर्ष बित्यो । तर, उनले १० वर्ष बिताएझैँ महसुस गरेछन् ।
ट्रम्पको ट्वीटबारे अर्थमन्त्रालयमा ठूलो छलफल भयो । मनुचिनले ट्रम्पसँग आफ्नो असन्तोष जाहेर गरे । अन्त्यमा ट्रम्पले माने । प्रतिबन्ध फुकुवा फिर्ता भयो । बोल्टन र ट्रम्पका सहयोगी मुल्भानी खुसी भए । मनुचिनले ट्रम्पलाई आश्वस्त पार्न केही समय थप प्रतिबन्ध नलगाउने बताए । यसबीच चुनावमा रुसी हस्तक्षेप नभएको रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पको एउटा चिन्ता हल भयो । आफ्नो अनुमतिबेगर अर्को आर्थिक प्रतिबन्ध नलगाउने अर्थ मन्त्रालयको आश्वासनले ट्रम्प आश्वस्त भए ।

प्रजग कोरियाली उपविदेशमन्त्री चो सुन हुइ
आफ्नो सुरक्षा आफै गर
ट्रम्पको एउटा विचारले केहीबेर दक्षिण कोरिया, जापान र केही युरोपेली देशहरू पनि अमेरिकासँग चिढिए । अमेरिकी सैन्य अखडा भएका देशका सरकारले पनि केही खर्च व्यहोर्नुपर्ने ट्रम्पले बताए । विदेश मन्त्रालय खर्च गर्न तयार थियो । तर ट्रम्प भने ती देशले अमेरिकालाई ठगिरहेको भन्दै थिए । दक्षिण कोरियासँगको सैन्य सम्झौता नवीकरण गर्ने समय नजिकिँदै थियो । त्यसैले ट्रम्पले दक्षिण कोरियालाई ‘आफ्नो सुरक्षा आफै गर’ भन्न थाले ।
ट्रम्पले केही समयअघिदेखि नै छुट्टै हिसाबकिताब राख्न थालेका थिए । सिरियाबाट बाहिरिँदै गर्दा अप्रिल २०१८ मा अरबहरूलाई सिरियाको खर्च व्यहोर्न भनेका थिए । ‘सैन्य खर्च र थप ५०५’ उनको थेगो बन्दै थियो । दक्षिण कोरियासँगको सम्झौताअनुसार उसले बढीमा १ अर्ब डलर खर्च गर्दै थियो । अमेरिकाको वार्षिक खर्च ५ अर्ब डलर थियो । तत्कालीन सम्झौताको म्याद २०१८ डिसेम्बर ३१ मा सक्किँदै थियो । पेन्टागन र विदेश मन्त्रालयको सरगर्मी बढ्दै थियो । दक्षिण कोरियाले खर्च नगरे अमेरिका कब्जाकारी देखिने निश्चित थियो । तर, उसले धेरै खर्च पनि हाल्न सक्दैनथ्यो । त्यसैले विदेश मन्त्रालय दक्षिणसँग धेरै असुल्न चाहन्थेन । यद्यपि ट्रम्पको विचारसँग त्यो हिसाब मेल खान्थेन । उनी ‘खर्च र थप ५०५’ को अडानमा थिए । अन्त्यमा दक्षिण कोरिया अघिल्लो वर्षभन्दा बढी तर १ अर्बभन्दा मुनि नै खर्च गर्न तयार भयो ।
ट्रम्पले अमेरिकी सैन्य अखडाको हिसाब नबुझेकोमा बोल्टन आश्चर्य मान्छन् । व्यापारीले जस्तै सोचेको भन्दै बोल्टन ट्रम्पको विचारको सार खिच्दै लेख्छन्, “हामी त्यहाँ ‘सामूहिक सुरक्षा’ वा ‘परस्पर सुरक्षा’ वा अन्य जटिल अन्तर्राष्ट्रिय कामको लागि बसेका होइनौँ । हामीले जर्मनीको रक्षा गर्दै छौँ, जापानको रक्षा गर्दै छौँ, इस्टोनियाको रक्षा गर्दै छौँ । हामीले त्यसको लागि खर्च गर्नुपर्छ । राम्रो व्यापारीले के भन्छ – यी देशहरूको रक्षा गर्दैगर्दा हामीले नाफा पनि कमाउनुपर्छ । अमेरिकाले यसमा ध्यान किन नदिने वा कम्तीमा हामीले मोलमोलाइको गतिलो रणनीति किन नबनाउने ? ट्रम्प हामी यी देशमा किन छौँ भनी सोध्थे । सैन्य अखडासम्बन्धी सम्झौता नवीकरण गर्दा हामीले राम्रो मोलतोल गर्नुपर्छ ।”
Leave a Reply