भर्खरै :

राजनीतिमा शिक्षकको भूमिका महत्वपूर्ण

राजनीतिमा शिक्षकको भूमिका महत्वपूर्ण

शिक्षकले राजनीति गर्नु हुँदैन भन्ने कुरा विगतका पञ्च महापञ्चदेखिको हो । निर्दलीय पञ्चायती व्यवस्थामा पञ्चहरूले त्यसो भन्नु कुनै आश्चर्यको विषय भएन । उनीहरू दलीय राजनीति नै प्रतिबन्ध गरेर निर्दलीय राजनीति एकलौटी रूपमा आफँैमात्र गर्न चाहन्थे । त्यसबेला बहुदलवादीहरू शिक्षकलाई पनि राजनीतिक आन्दोलनमा उतारेर देशमा प्रजातन्त्र पुनःस्थापना गर्न चाहन्थे† शिक्षकहरूले पनि देशमा प्रजातन्त्र पुनस्र्थापना गर्न राजनीतिक आन्दोलनमा साथ दिएका थिए । आन्दोलन सफल भयो । त्यसमा शिक्षकहरूको पनि सक्रिय भूमिका रह्यो । देशमा बहुदलवादी नेताहरूको शासन चल्यो । तर, बहुदलवादी शासक नेताहरूले पञ्चहरूकै शिक्षकले राजनीति गर्न नहुने नारा ओकलिरहे ।
बहुदलपछि २०६२÷६३ सालमा गणतान्त्रिक आन्दोलन चल्यो । त्यसमा पनि शिक्षकहरूको योगदान शासक नेताहरूले अस्वीकार गर्न सक्दैनन् । आन्दोलन सफल पार्न नेताहरूले शिक्षकहरूलाई पनि गुहार मागे । आन्दोलनमा शिक्षकहरू पनि होमिए । राजतन्त्र गयो† देशमा गणतन्त्र आयो । तर, गणतान्त्रिक शासक नेताहरूले पनि उही पञ्चे नारा शिक्षकले राजनीति गर्न नहुने नै लगाइरहे ।
मानिस एक राजनीतिक प्राणी हो । त्यसमा शिक्षक एक बौद्धिक व्यक्तित्व भएकाले ऊ राजनीतिबाट अलग्गिनै सक्दैन । राजनीतिमा सक्रिय हुनु वा निष्क्रिय हुनु दोस्रो हो । फेरि राजनीति केवल दलीय नै हुनुपर्छ भन्ने पनि होइन । एक शिक्षकले आफ्ना विद्यार्थीहरूलाई देशभक्तिका कुराहरू सिकाउँछन् त्यो पनि राजनीति नै हो । कुनै दलले गरेको देशघाती कदमको विरोधमा शिक्षकले आफ्नो अभिमत जाहेर गर्छ भने त्यसलाई दलीय राजनीतिको सङ्कीर्ण आँखाले हेर्नु गलत हुनेछ ।
वास्तवमा शिक्षकलाई सबै दलले विद्यार्थीलाई देशभक्तिपूर्ण राजनीति गर्न उत्साहित गर्नुपर्छ । नयाँ पुस्ताका विद्यार्थीहरूलाई गलत राजनीतिको वितृष्णाबाट मुक्त गरेर नयाँ पुस्तालाई सही राजनीतिको सन्देश प्रवाह गर्ने संवाहक शिक्षकहरू नै हुन् । त्यसैले शिक्षकलाई राजनीतिबाट अलग्याउन खोज्नु घुमिफिरी पञ्चायती राजनीतिमै देशलाई फर्काउनु हुनेछ ।
शिक्षकले पनि दलीय शासनमा आफ्नो आस्थाअनुसारको पार्टी रोज्न पाउनु उसको संवैधानिक नैसर्गिक अधिकार हो । यसमा पनि लामै बहस गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *