आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
काठमाडौँ, १८ पुस । पुस १७ गते दिउँसो १२ बजे नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू लप्सीफेदीको बोझिनीमा एमसीसी सम्झौताअनुसारको विद्युत् प्रसार लाइनको सवस्टेसन राख्न नाप–जाँचको लागि पुगेपछि स्थानीय पीडित जनताले विरोध गरे । प्रहरीले स्थानीय जनतालाई धपाउने नाममा राजमान स्याङ्बो र जगमान वाइबालाई पक्राउ गरे । स्थानीय जनताले नेपाल विद्युत् प्राधिकरणका कर्मचारी बसेर आएको गाडी गुडाउन नहुने गरी खाल्डो खनेपछि प्रहरीले स्थानीय जनता स्याङबो र वाइबालाई तीन घण्टा थुनेर रिहा गरे ।
नेपाल विद्युत् प्राधिकरणले एमसीसी सम्झौताअनुसारको योजना नभएको भनी स्थानीय जनताको २ सय रोपनी जग्गा अतिक्रमण गरेको थियो । पछि लप्सीफेदीदेखि रातमातेसम्म प्रसारण लाइन जोड्ने एमसीसी सम्झौता नै हो ।
पुस १८ गते स्थानीय जनताले शान्तिपूर्ण विरोध गरे । तर, दलबलसहित आएको नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले जबरजस्ती नाप नक्सा गर्न थाले । स्थानीय जनताले त्यस्तो नगर्न आग्रह गर्दा प्रहरीले लवाङ लामालाई पक्राउ गरे । प्रहरीको घेरामा बसेर विद्युत् प्राधिकरणका कर्मचारीहरूले नाप–जाँच गरे । स्थानीय जनता सो सवस्टेसन सार्नैपर्ने माग राखी आन्दोलनमा लागिरहेका छन् ।
स्थानीय जनप्रतिनिधिको जनतालाई साथ भएको तर सरकार निर्मम ढङ्गले लागेकोमा जनता आक्रोशित छन् ।
Leave a Reply