अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
ट्रम्प र मुन वार्ता
ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुनको दुई पक्षीय बैठक बस्यो । सेनानिषेधित क्षेत्रमा के हुन्छ भन्ने मुनको प्रश्नले ट्रम्पले उत्तर कोरियाले नै बोलाएको हुँदा आफूलाई केही थाहा नभएको बताए । उनले झूट बोलेका थिए किनभने बैठक तयारी उनको ट्वीटबाट सुरु भएको थियो । दक्षिण कोरियाको सीमामा किमलाई राष्ट्रपति मुनले स्वागत गर्नु मर्यादाबाहिर थिएन । तैपनि उत्तर कोरियाले राष्ट्रपति मुनलाई पनि भेटवार्तामा राख्न मानेन । मुनको जोडबल काम लागेन । गुप्तचर निकायले दिएका केही सूचना किमसँग सुनाउनुपर्ने छ भनेर ट्रम्पले गफ दिए ।
राष्ट्रपति मुनले उत्तर कोरियाली कर्मचारीहरूसँग काम गर्न गा¥हो छ भने र बिस्तारै प्रक्रिया अघि बढाउन ट्रम्पलाई सल्लाह दिए । ट्रम्पले निर्वाचनपछि मात्र अमेरिका र उत्तर कोरियाको सम्मेलन गर्न सकिने जानकारी गराए । भ्रमणबारे केही कुरा गरेपछि ट्रम्पले दक्षिण कोरियास्थित अमेरिकी सैन्य अखडाको कुरा उप्काए । उनले दक्षिण कोरियासँग वर्षको २० अर्ब व्यापार घाटा भएको बताए । अमेरिकामा केही मान्छेले दक्षिण कोरियाली मालसामानमा भन्सार कर लगाउन भनेको तर राष्ट्रपति मुनलाई हेरेर नै आफूले कर नलगाएको ट्रम्पले बताए । त्यस्तै दक्षिण कोरियाको रक्षाका लागि अमेरिकाले बर्सेनि ४ अर्ब गुमाउँदै आएको बताए र उसले अलि बढी सैन्य खर्च दिनुपर्ने ट्रम्पको तर्क थियो । हिसाब मिलान गर्न उनले दक्षिण कोरियाली अधिकारीलाई बोल्टन र पोम्पेओसँग छलफल गर्न भने ।
राष्ट्रपति मुनले दक्षिण कोरिया अमेरिकाको सबैभन्दा ठूलो आयातकर्ता भएको, दक्षिण कोरियाले अमेरिकामा लगानी बढाइरहेको र दुई देशबीचको व्यापारमा अमेरिका फाइदामा गइरहेको बताए । उनले दक्षिणले अमेरिकी सेना र अन्य सुविधाका लागि निःशुल्क जमिन उपलब्ध गराएको र हतियार किनिरहेको दलिल दिए । ट्रम्पले त्यो जमिनमाथि लगाएको करबारे कुरा उठाए । दक्षिण कोरियाको रक्षार्थ अमेरिकाले किन जमिनको कर बुझाउने, बरु कोरियामा शान्ति छाए अमेरिका फर्किने बताए । यसको लागि अमेरिकाले नाफा त्याग्नसक्ने बताए । मुनले दक्षिण कोरियाले कुल गार्हस्थ उत्पादनको २.४ प्रतिशत सेनामा लगाएको बताए । ट्रम्पले जर्मनी र जापानको भन्दा त्यो खर्च धेरै भएको तर जापान र जर्मनीभन्दा दक्षिण कोरिया बढी खतरामा रहेको तर्क गरे । दक्षिणसँगको ७० वर्षको सम्बन्धलाई रछ्यानमा फाल्दै ट्रम्पले दक्षिणसँग ५ अर्ब डलर मागे र उत्तर कोरियासँग हात मिलाउन सेनानिषेधित क्षेत्रमा जान खोजे भनी बोल्टन कटाक्ष गर्छन् ।
ट्रम्पको तर्कको खण्डन गर्दै राष्ट्रपति मुनले आफ्नो देशले सहयोग लिएको मात्र होइन, भियतनाम र अफगानिस्तानमा सेना पठाएर सहयोग दिएको पनि थियो भने । दक्षिणले अमेरिकाको पक्ष लिएको भन्ठानेर उत्तर कोरियाले आफूहरूसँगको सम्बन्धलाई कम महत्व दिएको उनको अर्को तर्क थियो । ट्रम्पले उनको कुरा पनि उठाइदिने र वार्तामा भएका कुराकानी पछि आएर सुनाउने भनेर मुनलाई मनाए ।
अलिबेर यताउताका कुरा गरेपछि मुनले उत्तर कोरियाले अमेरिकाबाट सुरक्षा ग्यारेन्टी चाहेको बताए । ट्रम्पले पहिले नै त्यस्तो ग्यारेन्टी दिएको, तर केही हात नलागेको भने । किमले दक्षिण कोरियाली जनताले ट्रम्पलाई सम्मान गर्ने बताए । ट्रम्पले गमक्क परे ।
सेनानिषेधित क्षेत्रमा जे भयो
बोल्टन मङ्गोलियाको राजधानी उलानबटोर गए । यता ट्रम्प र अध्यक्ष किमबीच सेनानिषेधित क्षेत्रमा भेट भयो । त्यहाँ अमेरिकी विदेश मन्त्रालयका नरम अधिकारी बिएगन थिए । उनकै कारण सो भेटघाटमा अमेरिकाले ‘न्युक्लियर फ्रिज’ स्वीकारेको बोल्टन लेख्छन् । ‘न्युक्लियर फ्रिज’ वा आणविक स्थगन भन्नाले आणविक अस्त्रको परीक्षण, उत्पादन र तैनाथी हुन्छ । बोल्टन हुन्थे भने यो समझदारी हुन दिने थिएनन् । त्यसैले मङ्गोलियामा यो खबर सुनेर उनलाई कपकपी छुट्यो । उनले यताउता फोन गरे । ट्रम्पको विश्वास जितेर बिएगनले सो समझदारी गराएको उनले थाहा पाए । पत्रिकाहरूले बिएगनलाई उद्धृत गरेर ट्रम्पले हनोत्न्दा अघि सरेको बताए । बोल्टनले टाइम पत्रिकाका संवाददाताहरूसँग बिएगनले भनेका कुराहरूको पाण्डुलिपि लिए । ३० वर्षदेखि अमेरिकाले आणविक स्थगनको प्रस्ताव अस्वीकार गर्दै आएको थियो । सबै कुरा थाहा पाएपछि मङ्गोलियाबाट फर्किँदै गरेका बोल्टनले एउटा ट्वीट गरे । त्यसमा टाइम्स पत्रिकाको समाचार औँल्याउँदै राष्ट्रपतिलाई कसैले बन्धकमा राखेर आणविक स्थगनको कुरा ल्याएको लेखिएको थियो । यसको लागि अमेरिकी विभागहरूबीच समन्वय नभएको उनले लेखेका थिए । ट्रम्पले त्यो ट्वीटको कुरा कहिल्यै उप्काएनन् ।
अमेरिका फर्केर जुलाई ३ मा बोल्टन र पोम्पेओबीच कुराकानी भयो । पोम्पेओले ट्रम्पले कोरियाली प्रायद्वीपबाट सेना फिर्ता गर्छन् कि भनी चिन्तित भए । सैन्य अखडाको खर्चको कुरा उठाएर ट्रम्पले त्यतै सङ्केत गरेको उनको बुझाई थियो । सेनानिषेधित क्षेत्रको भेटघाटपछि पोम्पेओले कोरियासँगको वार्ता बन्द गर्न आग्रह गरेका थिए । तर ट्रम्पले “जेसुकै होस्, हामीले जित्नुपर्छ” भने । उनले अध्यक्ष किमसँग हतारमा कुरा भएको बताए । भोलिपल्ट किमसँगको भेटवार्ताबारे सोध्दा ट्रम्पले भने, “ओबामाले एघारचोटि बोलाएका थिए तर एकचोटि पनि उत्तर कोरिया आएन । मैले गरेजस्तो कसैले गर्न सक्दैन ।”
टोकियो, सिउल र पूर्वी एसिया
जापान र दक्षिण कोरियाको सम्बन्ध बिग्रिँदै गयो । यो द्वन्द्वले अमेरिकालाई पनि घाटा हुने निश्चित थियो । जुलाई १६ मा पोम्पेओ र बोल्टनले ट्रम्पको मागबारे छलफल गरे । ट्रम्पले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास बन्द गर्न भनेका थिए । बोल्टनले सैन्य अखडाको खर्चको विषयमा दक्षिण कोरिया र जापानसँग कुरा गर्न भनेर त्यहाँ जान अनुमति मागे । अमेरिकी सेना तम्तयार अवस्थामा रहनका लागि सैन्य अभ्यास आवश्यक हुन्छ भन्ने आफ्नो तर्कले काम नगर्ने बोल्टनलाई थाहा थियो । आणविक स्थगनबारे छलफल मध्य अगस्टको अन्त्यतिर मात्र सुरु हुने थियो । त्यसैले यसअघि नै बोल्टन ट्रम्पलाई खुसी तुल्याउन चाहन्थे । अमेरिकी रक्षा र विदेश मन्त्रालयलाई खर्चको कुनै सुर्ता थिएन । ट्रम्पलाई चित्त बुझाउन उनी जापान र दक्षिण कोरिया गए ।
जापानमा बोल्टनले समकक्षी याचीलाई भेटे । जापानबाट ट्रम्प वार्षिक ८ अर्ब डलर सैन्य खर्च चाहन्थे । जब कि त्यसबेला उसले वार्षिक अढाइ अर्ब दिँदै आएको थियो । त्यसैले बोल्टनले ट्रम्पको इच्छा याचीलाई सुनाए । याचीले दक्षिण कोरियासँगको खटपटबारे सुनाए । राष्ट्रपति मुनले सन् १९६५ को सन्धिलाई निस्तेज पार्न चाहेको उनको गुनासो थियो । सो सन्धिले जापानसँगको सम्बन्ध सुमधुर बनाउने र जापानी साम्राज्यले श्रम शिविरमा राखेको तथा यौनदासी बनाएको हुनाले क्षतिपूर्ति दिनुपर्ने तय गरेको थियो । यो सन्धि गर्न १४ वर्ष लागेको थियो । टोकियो र सिउलबीच बलियो सम्बन्ध बने अमेरिकालाई फाइदा थियो । बोल्टन रुस, उत्तर कोरिया र चीनलाई रोक्न पनि यस्तो सम्बन्ध आवश्यक थियो भन्छन् ।
पूर्वी एसियामा अमेरिकी गतिविधिबारे बोल्टन नलुकाई लेख्छन् । उनी लेख्छन्, “प्रशान्त क्षेत्रमा हामीसँग नेटो साझेदार छैन । केही देशसँग दुई पक्षीय सम्बन्ध छ । त्यसैले हामीले दक्षिण कोरिया र जापानबीच बलियो सहकार्यमा सधैँ जोड दिएका छौँ । त्यो सहकार्यमा हामीले सिङ्गापुर, अस्ट्रेलिया र न्युजील्यान्डलाई जोड्ने प्रयास गर्दै आएका छौँ । त्यस क्षेत्रका उस्तै सोचसहितका देशहरूबीच आपसी सम्बन्ध बढाउन हामीले ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ रणनीति ल्यायौँ ।” सिउल र टोकियोलाई सैन्य खर्च बढाउन भनेर ट्रम्पले यो कुरामा ध्यान नदिएको बोल्टन आरोप लगाउँछन् । ट्रम्पले व्यापारीले जस्तै सोचेको उनको दाबी छ ।
बोल्टनसँग जापानले एउटा प्रस्ताव राख्यो । उत्तर कोरियाले दक्षिण कोरियासँग गरेझैँ दुई पक्षीय सन्धि गरे आफूले सैन्य खर्च बढाउने उसले बतायो । सो सन्धि दक्षिण कोरियालाई नै अमान्य हुनाले उत्तर कोरियाले त्यस्तो सन्धि गर्ने प्रश्नै थिएन । दक्षिणको कडा प्रतिक्रियाले जनता आक्रोशित भए र उसले प्रम आबेको टाउको दुख्यो । त्यसैले उनले दक्षिण कोरियालाई गर्ने निर्यातहरूमा नियन्त्रण गर्ने र बढी अत्तो थापे मित्रमण्डलीबाट निकाल्ने सोचे । यस्तो गरे दक्षिण कोरियाले सेमिकन्डक्टरजस्ता उपकरणहरूबाट वञ्चित हुने थियो । त्यसले उसको उच्च प्रविधि उद्योगमा असर पुग्ने थियो ।
टोकियो र सिउलबीच सैन्य सम्झौता पनि थियो । सो सम्झौता अनुसार उनीहरूले सैन्य गुप्तचरी र अन्य संवेदनशील विषयका सूचनाहरू साझा गर्थे । त्यसैले उनीहरूबीच सघन सैन्य सहकार्य थियो । सो सन्धिको महत्वबारे एक अमेरिकी रक्षामन्त्री मार्क एस्परले भनेका थिए, “यसले उत्तर कोरियाको प्रतिकार गर्न बेलाबेला खुफिया सुचनाहरू आदानप्रदान गर्न सजिलो हुन्छ ।” सिउल ९० दिनको म्याद राखेर सन्धि तोड्न सक्थ्यो । त्यसो गरे अमेरिकी त्रिपक्षीय सैन्य साझेदारी भङ्ग हुने देखेर बोल्टन आत्तिएका थिए । त्यसैले जापान र दक्षिण कोरियालाई मिलाउन उनी सक्रिय हुन चाहन्थे । तर ट्रम्पले उनीहरूको विवादमा मुछिन चाहेनन् ।
जुलाई २४ मा बोल्टनले दक्षिण कोरियास्थित अमेरिकी दूतावासमा राजदूत ह्यारिस र अमेरिकी सेनाका कमान्डरसँग भेटे । उनीहरूलाई बोल्टनले संयुक्त सैन्य अभ्यासमा ट्रम्पले रोक लगाएको बताए । उनीहरूले यस्तो होला भनी कहिल्यै सोचेका थिएनन् । ट्रम्प यथार्थबाट कति टाढा छन् भनी देखाउन बोल्टनले यो सन्दर्भ उठाएका थिए ।
जापान र दक्षिण कोरियाको धेरै बिग्रियो । जापानको विदेश मन्त्रालयले आफ्नो वेबसाइटबाट दक्षिण कोरियालाई मित्र देशको सूचीबाट हटायो । यसले दक्षिणलाई आपत प¥यो । गुप्तचरी सूचना आदानप्रदानमा यसले खलल ल्याउने निश्चित थियो । दक्षिण आफ्नो सहयोगबेगर जापानले कूटनीतिक लक्ष्य हासिल गर्न नसक्ने तथ्यबारे अवगत थियो । आर्थिकरूपले पनि ऊ जापानभन्दा त्यति पछाडि थिएन । स्थिति बिग्रिने देखेर बोल्टनले ट्रम्पसँग कुरा गरे । ट्रम्पले अमेरिकी सेना फिर्ता गर्छौँ भनी धम्की दिएर जापान र दक्षिण कोरियाबाट क्रमशः ८ र ५ अर्ब डलर असुल्न सकिने बताए । यद्यपि उनले संयुक्त युद्ध अभ्यासलाई भने जारी राख्ने आदेश दिए । भोलिपल्ट उत्तर कोरियाले सैन्य परीक्षण गरेको खबर सुनेपछि ट्रम्पले जापान र दक्षिण कोरियासँग थप रकम माग्न भने । उनको भनाइ थियो, “जोनले यो वर्ष १ अर्ब डलर ल्याए । तर, उत्तरको मिसाइलले हामीले ५ अर्ब डलर पाउनेछौँ ।”
ट्रम्पको कुरा नटेरेरै बोल्टन टोकियो र सिउलको सम्बन्ध सामान्य बनाउन कस्सिए । उनले दक्षिण कोरियाली समकक्षी चुङलाई केही महिना दुवै देश यथास्थान बस्नुपर्ने सल्लाह दिए । चुङले यसबारे सोच्ने बताएपछि बोल्टनले जापानी समकक्षी याचीसँग पनि सोही प्रस्ताव राखे । अन्त्यमा उनीहरू राजी भए । यसबीच उत्तरले केही छोटो दूरीका हतियार परीक्षण ग¥यो । बोल्टनले प्रतिक्रिया जनाउन ट्रम्पलाई सल्लाह दिए । उनले मानेनन् । जापान सरकारले दक्षिणलाई मित्र देशहरूको सूचिबाट औपचारिकरूपमै हटायो । प्रत्युत्तरमा दक्षिण कोरियाले सैन्य गुप्तचरी सूचना साझा नगर्ने बतायो र आफ्नो मित्र देशको सूचिबाट जापानलाई हटायो ।
आफ्ना पूर्वी एसियाका मित्र देशहरूबीच खटपट भइरहँदा ट्रम्प भने आत्मरतिमा रमाइरहेको बोल्टन लेख्छन् । अगस्ट १ मा ट्रम्पले एउटा ट्वीट गरे । ट्वीटको सार यस्तो थियो, “गएका तीन दिनमा किम जङ उन र उत्तर कोरियाले तीनवटा छोटो दूरीका मिसाइल परीक्षण ग¥यो । यसबाट सिङ्गापुर समझदारी उल्लङ्घन भएको छैन । राष्ट्रसङ्घको उल्लङ्घन भए होला । तर, अध्यक्ष किम हाम्रो विश्वास उल्लङ्घन गर्न चाहनुहुन्न । अध्यक्ष किमसँग देशको भविष्यलाई लिएर महान् योजना छ । अमेरिकामा म राष्ट्रपति छँदासम्म मात्र त्यो योजना साकार हुनसक्छ ।”
बोल्टन २०२० को निर्वाचनमा उत्तर कोरिया एउटा मुद्दा बन्ने लेख्छन् । चुनावको बेला उत्तरले ट्रम्पसँगबाट केही सहुलियत लिनसक्ने उनी अनुमान गर्छन् । ट्रम्पले नै निर्वाचन जिते उनीबाट केही लिन नसकिने उत्तरले निष्कर्ष निकाल्न सक्छ भनी उनी दोस्रो अनुमान गर्छन् । ट्रम्पले हारे कुनै अपरिपक्व डेमोक्र्याट नेता राष्ट्रपति हुने र उसले केही गर्न नसक्ने बोल्टन तेस्रो अनुमान गर्छन् । यसरी उत्तर कोरियाले निर्बाध हतियार परीक्षण गर्ने भनेर बोल्टन पाठकलाई तर्साउँछन् । पाठक सुधा छैनन् । हाइड्रोजन बम परीक्षणपछि उत्तर कोरियाले आफू सो बम पड्काउने प्रथम देश नबन्ने प्रतिबद्धता जनाएको थियो । परमाणु बम बनाएपछि अमेरिकाले सुटुक्क लगेर आफ्नो परम मित्र ‘जापान’ का दुई शहर ध्वस्त पारेको थियो । संसारलाई डर उत्तर कोरियाबाट होइन, संरा अमेरिकाबाट छ ।
Leave a Reply