जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३६
- असार १२, २०८३
जापानको हमला
चीन गृहयुद्धमा फसेको देखेर १८ सेप्टेम्बर सन् १९३१ को दिन जापानले चीनको उत्तरपूर्वी भाग मन्चुरियामाथि धावा बोल्यो । च्याङ काई शेक जापानसँग नलडी आफ्नो सबै शक्ति कम्युनिस्टहरूलाई सिध्याउने काममा लगाइरहेको थियो । जापानी आक्रमणले चीन र जापानको बिचको राष्ट्रिय हितमा फाटो ल्यायो । कोमिनाङको भित्रको देशभक्त र क्रान्तिकारी तत्वहरू विद्रोह गर्दै कम्युनिस्टसँग मिल्न पुगे । मध्यस्थ गुटहरूले प्रजातन्त्र बहाल गर्न र जापानलाई रोक्ने माग गर्न लागे ।
वाङ मिङसँग सङ्घर्ष
छैटौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा (सेप्टेम्बर १९३० मा) लि लि सान आफ्नो उत्ताउला विरामलाई स्वीकारेर राजनैतिक समितिबाट अलग्गिए । त्यसको ठाउँमा चेन शाउ यू (वाङ मिङ) आए । उनले ‘लि लि सानको नीतिको विरोध’ को नाममा ‘पार्टीभित्र अहिले पनि फितलो झुकाव (दक्षिणपन्थी अवसरवाद) नै मुख्य खतरा’ गर्दै तेस्रो उत्ताउलो नीतिलाई अघि सारे । मञ्चुरियामा जापानी आक्रमणपछि वाङ मिङले जापानसँग सबै साम्राज्यवादीहरू र चीनका क्रान्तिविरोधी गुटहरू रूसमाथि आक्रमण गर्दै छ भन्ने ठम्याइ अघि सारे । उनले चीनको मध्यस्थ गुटहरूलाई पनि चिनियाँ क्रान्तिको सबभन्दा डरलाग्दो शत्रु सम्झे । चिनियाँ समाजको चरित्र र वर्गीय सम्बन्धहरूमा ध्यानै नदिई ‘समाजवादी क्रान्तिको तत्वहरूको’ फलाको भन्दै ‘पुँजीवादी र धनी किसानहरूको विरोधमा’ नारा दिए । थुप्रै इमानदार कम्युनिस्टमाथि अति वामपन्थी फुट पारूवा ढङ्गले हमला गरे । राष्ट्रव्यापी ‘आक्रमणको नीति’, ‘तुरून्तै क्रान्तिकारी परिस्थिति’ तयार भएको र ‘क्रान्तिकारी ज्वार’ को कुरा गर्दै एक वा धेरै सहरहरूमा पहिले विजय पाएर मुख्य मुख्य सहरहरू कब्जा गर्न लालसेनालाई आदेश दियो र प्रतिक्रियावादी इलाकामा मजदुर र किसानहरूलाई सशस्त्र पार्न र ठूल्ठूला हडतालहरू गर्न आह्वान गर्यो ।
वाङ मिङको तेस्रो उत्ताउलो भिडन्तवाद र कोमिन्ताङभित्रका सबैलाई एउटै दर्जामा राख्ने र मध्यस्थ गुटहरूलाई ‘मुख्य खतरा’ सम्झने उनको खोटो र साँघुरो विचारको विरोधमा माओ सङ्घर्ष गर्दै जानुभयो ।
जापानले मञ्चुरियामाथि हमला गरेपछि वाङ मिङ मस्को बोलाइए र सेप्टेम्बर १९३१ मा पो कू नामले जानिएका चिन पाङ शियन पार्टीको केन्द्रीय समितिको कार्यवाहक सचिव भए । त्यसबेला पार्टी केन्द्र साङ्घाइको विदेशी इलाकामा थियो ।
पो कू (चिन पाङ शियन) सन् १९०८ मा सुचाउ भन्ने ठाउँको एक बडाहाकिमको परिवारमा जन्मेका थिए । १७ वर्षको उमेरमा उनी सुचाउ प्राविधिक स्कूलबाट स्नातक गरी पार्टीको साङ्घाइ विश्वविद्यालयमा अङ्ग्रेजी भाषाको अध्ययनमा लगे । त्यसैबेला उनी पार्टीमा सामेल भई र सन् १९२६ मा रूसको सन यात सेन विश्वविद्यालयमा ४ वर्ष अध्ययन गरे । उनी वाङ मिङका सहपाठी थिए र वाङ मिङजस्तै खरर रूसी भाषा बोल्ने र माक्र्सवाद–लेनिनवादबारे बोल्थे ।
उनले लडाइँ देखेका थिएनन्, तर वर्षौँसम्मको सिद्धान्तको अध्ययन र पार्टी यन्त्रलाई चलाउने र नियन्त्रण गर्ने तालिम प्राप्त गरेका थिए । ‘२८ बोल्शेविकहरू’ भनिने मध्ये उनी पनि एक थिए र सन् १९३० मा पाभेल मिफसँग चीन फर्केका थिए ।
माओ केन्द्रीय सोभियतको अध्यक्ष
सन् १९३१ नोभेम्बर महिनामा क्याङसीको रूइचिन भन्ने ठाउँमा केन्द्रीय मजदुर किसान जनवादी सरकार कायम गरियो । १३ डिसेम्बर १९३१ को दिन सोभियत (जनप्रतिनिधि) हरूको पहिलो महाधिवेशन सुरु भयो । महाधिवेशनले माओलाई केन्द्रीय सोभियत सरकारको अध्यक्ष र चु तेहलाई लालसेनाको प्रधान सेनापति चुन्यो । पो कू त्यसबेला शाङ्घाइकै विदेशी इलाकामा गुप्त केन्द्रीय कार्यालय चलाउँदै थिए र केन्द्रीय सोभियत महाधिवेशनमा आफू उपस्थित हुनसकेनन् र खाली निर्देशनहरू मात्रै पठाउने गर्थे ।
दुई विचारको सङ्घर्ष
२८ जनवरी १९३२ मा जापानी जहाजहरूले शाङ्घाइमा हमला ग¥यो । १९ औँ पैदल सेनाले हमलाको विरोधमा सङ्घर्ष गरे । च्याङ काई शेकले जापानसँग नलड्ने विचार गरी श्वेत सेनालाई कम्युनिस्टहरूसँग लड्न फुकेन पठायो । जापान र चीनको राष्ट्रिय हितमा ठूलो फाटो प¥यो । यसकारण, कम्युनिस्टहरूले जापानको विरोधमा सङ्घर्ष गर्ने नारा दिए ।
च्याङ काई शेकको तेस्रो घेरालाई हराइसकेपछि लालसेनाले आक्रामक नीति अपनायो । सन् १९३२ मा फुकेनमा हमला गरेर चाङवो सहर कब्जा ग¥यो । त्यस्तै दक्षिण र उत्तरमा समेत धावा बोल्यो र सहरहरू कब्जा गर्न थाल्यो । अक्टोबर १९३२ पछि माओले आफ्नो सारा ध्यान सरकारको काममा लगाउनुभयो र चु तेहले सैनिक कमाण्ड सम्हाल्नुभयो । त्यसैबेला शाङ्घाइमा गुप्तरूपले रहेको पार्टीको सदरमुकाममा पुलिसको हमला भयो र रूसबाट आउने सबै स्रोतहरू बन्द गरिदियो । यसकारण, सन् १९३२ को अन्ततिर पो कू, लो फु, ल्यू शाऊ ची र चाउ एन– लाइसहित पार्टीको सदरमुकाम क्याङसीको लाल इलाकामा स¥यो । पो कूसँग ओटो ब्राउन भन्ने एक जर्मन प्रतिनिधि पनि थिए र उनी चीनमा लि तेहको नामले जानिन्थे । उनी सैनिक अनुभव भएका एक ‘विशेषज्ञ’ थिए र पो कूका सैनिक सल्लाहकारजस्तै थिए ।
पार्टीको सदरमुकाम लाल इलाकामा सरेपछि पार्टीभित्रको सैद्धान्तिक सङ्घर्ष झन् चर्कंदै गयो । रूसबाट अध्ययन गरेर फर्केका ‘२८ बोल्शेविकरू’ अर्थात् ‘मस्कोवादी’ माक्र्सवादीहरू मजदुर वर्गमात्रै क्रान्तिको मुख्य शक्ति मान्थे, ठूल्ठूला सहरलाई कब्जा गरेर क्रान्तिलाई अगाडि ठेल्न ठूल्ठूला भिडन्तको पक्ष लिन्थे ।
तर, ‘स्थानीय’ माक्र्सवादीहरू गरिब किसानहरूलाई क्रान्तिको ‘मुख्य शक्ति’ र गाउँले इलाकालाई बलियो आधार बनाएर मात्रै सहरमाथि कब्जा गर्ने विचार गर्थे । त्यसको प्रतिनिधित्व माओ र चु तेहहरूले गर्नुहुन्थ्यो ।
वाङ मिङ कोमिन्टर्नमा चीनको स्थायी प्रतिनिधि भएर मस्कोमै बसे । वाङ मिङ रूसमा गए पनि पो कू र ‘मस्कोवादी’ कम्युनिस्टहरूले वाङ मिङकै नीतिलाई अगाडि सार्थे । गरिब किसानलाई क्रान्तिको ‘मुख्य शक्ति’ र गाउँले इलाकालाई बलियो आधार बनाउने कुरालाई मान्दैनथे ।
माओ त्सेतुङ र ‘स्थानीय’ माक्र्सवादीहरू जापानसँग लड्न कोमिनताङ र मध्यस्थ गुटहरूसँग सक्रिय संयुक्त मोर्चाको पक्षमा थिए । पो कू र ‘मस्कोवादी’ माक्र्सवादीहरू त्यस विचारलाई मान्दैनथे । माओ र ‘स्थानीय’ माक्र्सवादीहरू आफ्नै अनुभव र लाल इलाकाको जनता र सेनामा आफ्नै प्रभावबाट काम गर्थे भने पो कू र ‘मस्कोवादीहरू’ रूस र कोमिन्टर्नको प्रभाव र कोरा सिद्धान्तको आधारमा अगाडि बढ्न चाहन्थे ।
चौथो घेरा
सन् १९३३ अप्रिल महिनामा च्याङ काई शेकले २ लाख ५० हजार सेना पठाई चौथोपटक लाल इलाकालाई घेरी कम्युनिस्टहरूलाई सिध्याउने उद्देश्य राख्यो । पहिलो भिडन्तमै २ डिभिजन शत्रु सेनालाई लालसेनाले निःशस्त्र पायो र दुई डिभिजनका कमाण्डरहरू समातिए । शत्रुको ५९ औँ डिभिजनको एक भाग ध्वस्त पारियो र ५२ औँ डिभिजन पूरै ध्वस्त पारिदियो । १३ हजार सेना घेरामा पायो र शत्रु सेनाको कमाण्डर नै घाइते भयो । कति ठाउँमा शत्रु सेनाले विद्रोह गरेर कम्युनिस्टहरूसँग मिल्यो । अन्तमा, च्याङ काई शेकको चौथो घेरा पनि हारमा फेरियो र उसले त्यस हारलाई बेइज्जति सम्झ्यो ।
माओ आर्थिक काममा
लाल इलाकाको जनजीवन र आर्थिक क्षेत्रलाई बलियो पार्न दक्षिणी क्याङसीको १७ वटा अञ्चलहरूको एक आर्थिक निर्माणको सम्मेलन भएको थियो । २० अगष्ट १९३० को दिन माओले त्यस सम्मेलनमा ‘आर्थिक काममा ध्यान दिनु’ भन्ने एक भाषण दिनुभयो । गाउँले इलाकामा राम्रोसँग भूमिसुधारको काम गराउन मजदुर किसानको जनवादी केन्द्रीय सरकारको एक प्रस्तावको रूपमा सन् १९३३ अक्टोबर महिनामा माओले ‘गाउँले इलाकामा वर्गहरू कसरी छुट्याउने’ भन्ने लेख लेख्नुभयो ।
त्यस लेखले भूमिसुधारमा देखापरेको उत्ताउलो बिरामबाट जोगिन मद्दत गर्दथ्यो । माओको कान्छो भाइ माओ त्से तान क्याङसी इलाकाको अर्थतन्त्रको निर्माणमा काम गर्दै थिए ।
फुकेन घटना
च्याङ काई शेकले कोमिनताङको १९ औँ पैदल सेना कम्युनिस्टहरूलाई घेर्न फुकेन पठाएको थियो । त्यो सेना लि चि–सेनको मातहतमा थियो । कम्युनिस्टहरू आपसमा नलडी जापानसँग लड्ने नारा दिँदै थिए । लि चि–सेनले पनि कम्युष्टिहरूसँग लड्न मनासिब सम्झेनन् । यसकारण, १९ औँ पैदल सेनाले सन् १९३३ नोभेम्बर महिनामा लालसेनासँग सम्झौता ग¥यो र च्याङ काई शेकलाई विरोध गरेर जापानसँग लड्न ‘गणतन्त्र चीनको जनवादी क्रान्तिकारी सरकार’ बनाएको घोषणा ग¥यो । यसलाई फुकेन घटना भनिन्छ । तर, च्याङ काई शेकले त्यस फुकेन सरकार र १९ औँ पैदल सेनामाथि हमला गयो ।
फुकेन घटनापछि माओले जापानलाई रोक्न राष्ट्रवादीहरूसँग मिलेर च्याङ काई शेकको प्रतिक्रियावादी सरकारसँग लड्ने नीति अगाडि सार्नुभयो । त्यसबेला शत्रु आफ्नो सेनालाई पूर्वतिर जापानको विरोधमा लैजानुपर्ने थियो । च्याङ काई शेकको विरोधमा लड्न र जापानलाई रोक्न तथा अरू राष्ट्रवादीहरूसँग मिल्ने त्यो ठूलो अवसर थियो । तर, पार्टीको उत्ताउलो नेतृत्वले मध्यस्थ गुटलाई ‘सबभन्दा डरलाग्दो शत्रु’ सम्झ्यो र चिनियाँ क्रान्तिको निम्ति एक अत्यन्त महत्वपूर्ण अवसरलाई गुमायो ।
जनवरी १९३४ मा छैटौँ केन्द्रीय समितिको पाँचौँ बैठक बस्यो र वाङ मिङको ठाउँमा पो कू पार्टी महामन्त्री भए । बैठकले माओलाई पार्टी केन्द्रीय समतिको राजनैतिक र क्रान्तिकारी सैनिक परिषद्बाट पनि अलग पायो । त्यस परिषद्मा पो कू, ली तेह, चाउ एन–लाइ, लो फू, येह चीन–इङ्ग र चु तेह राखिए । चाउ एन–लाइ लालसेनाको मुख्य कमिसार बनाइए । लो फू लाल इलाकाको मन्त्री परिषदमा अध्यक्ष भए ।
पार्टीको नयाँ नेतृत्वले वाङ मिङकै नीतिलाई अगाडि सा¥यो । ‘चीनमा क्रान्तिकारी सङ्कट एक नयाँ अवस्थामा पुगेको छ र तुरून्तै क्रान्तिको परिस्थिति छ’ र पाँचौँ घेराको विरोधमा सङ्घर्ष ‘चिनियाँ क्रान्तिको पूर्ण विजयको सङ्घर्ष’ हो भन्ने खोटो मूल्याङ्कन गर्यो । ‘मध्यस्थ गुटहरूसँग पनि लड्न दुई बाटोको सङ्घर्ष’ भन्ने नीति लियो । यो उताउलो पार्टी नेतृत्वको राजनैतिक बिराम थियो ।
शत्रु बलिया छन् हामी निर्बलिया छौँ भन्ने कुरा तिनीहरू मान्दैनथे । यसकारण, तिनीहरूले लालसेनाको गुरिल्ला युद्ध र घुमीघुमी लड्ने लडाइँको रूपलाई ‘गुरिल्लावाद’ भनेर हेला गरेर ‘नियमित युद्ध’ को नाउँ दिएर स्थिर युद्धको नीति अगाडि सारे । लड्ने, जनकार्यहरू गर्ने र उत्पादन कार्य गर्ने लालसेनाको तीन कार्यलाई छोडेर तिनीहरूले खाली लड्ने काममा मात्रै जोड दिए । मुख्य सेनामा मात्रै भर परेर छिटो टुङ्गिने युद्धको विरोध गरे । यो तिनीहरूको रणनीतिक बिराम थियो ।
माओ फेरि अध्यक्ष पदमा
२३ जनवरी १९३४ को दिन क्याङसी प्रान्तको रूइचिनमा मजदुर किसान प्रतिनिधिहरूको दोस्रो राष्ट्रिय महाधिवेशन भयो । माओले त्यस बैठकमा ‘हाम्रो आर्थिक नीति’ भन्ने एक रिपोर्ट दिनुभयो । महाधिवेशनले माओलाई फेरि लाल इलाकाको अध्यक्ष चुन्यो । २७ जनवरीको दिन महाधिवेशनको समापन बैठकमा उहाँले ‘जनताको भलाइमा ध्यान देऊ, काम गर्ने तरिकामा ध्यान देऊ’ भन्ने भाषण दिनुभयो ।
पाँचौँ घेरा
सन् १९३३ अक्टोबर महिनादेखि च्याङ काई शेकले पाँचौँपल्ट ‘घेरा हाल्ने र सखाप पार्ने’ काम सुरु गरेको थियो । त्यस लडाइँमा नयाँ नयाँ हतियारले सुसज्जित १० लाख पल्टन थियो र जर्मनीको सैनिक सल्लाहकारहरूको निर्देशनमा नयाँ नयाँ सडकहरू र सिमेन्टको किल्लाहरू बनाउँदै च्याङ काई शेकको सेनाले लाल इलाकालाई घेर्ने र हमला गर्ने काम थालेको थियो ।
शत्रुलाई लाल इलाकाको भित्रसम्म घुस्न दिने र बलिया सेनालाई जम्मा गरेर घेरा चुँडाल्ने र शत्रुलाई हराउने माओ त्सेतुङनीतिलाई अस्वीकार गरेर उत्ताउलो नेतृत्वले ‘शत्रुलाई लाल इलाकाको एक औँलो जग्गा पनि नदिई बाहिरै रोक्ने’ नीति लियो । त्यस नीतिअनुसार लालसेनाले सुरुमा त शत्रुको बलियो किल्लाहरूमा धावा बोल्यो । त्यो धावा असफल भएपछि फेरि चारैतिर स्थिर युद्ध लड्न थाल्यो । चारैतिर लड्ने त्यस नीतिले शत्रुलाई आफ्नो इलाकाभित्र घुस्न दिई राम्रो भूमि र राम्रो सेनाको केन्द्रीकरणको फाइदा उठाएर शत्रुलाई हान्न पाउने मौका हातबाट गुमायो । उत्ताउलो नेतृत्वको खोटो राजनीति र रणनीतिले गर्दा पूरै एक वर्षसम्ममा लाल इलाका ६ अञ्चलभित्र साँघुरियो । त्यसले गर्दा केन्द्रीय सोभियत अर्थात् मजदुर किसानको क्रान्तिकारी सरकारले आफ्नो केन्द्र रूइचिन छोड्न बाध्य हुनुपयो ।
उत्ताउलो नेतृत्वले अब लालसेनालाई पश्चिम हुनानमा हो लुङको लालसेनासँग मिलाउने योजना बनायो । उत्ताउलो नेतृत्वको दुस्साहसवाद अब भगवावादमा फेरियो । तर, त्यहाँ च्याङ काई शेकले थुप्रै सेना जम्मा पारेको थियो । त्यस योजनाले धेरै क्षति पनि भोग्नुप¥यो । अन्तमा माओले सेनालाई पश्चिमी क्वेचाउतिर बढ्ने प्रस्ताव राख्नुभयो, जहाँ शत्रु सेना तुलनात्मकरूपले निर्बलियो थियो । माओको त्यस प्रस्तावलाई पार्टी र सेनाको बहुमत नेताहरूले समर्थन गरे । त्यसअनुसार शत्रुलाई छकाउन लालसेना पश्चिमी क्वेचाउतर्फ बढ्यो र ७ जनवरी १९३५ को दिन उत्तरी क्वेचाउको प्रमुख नगर चुनई कब्जा ग¥यो । त्यहाँ लालसेना १२ दिनसम्म बस्यो ।
चुनई सम्मेलन
वाङ मिङको उत्ताउलो र खोटो नीतिले गर्दा लाल इलाकाको ८० प्रतिशत भाग शत्रुको कब्जामा ग¥यो र ८० हजार केन्द्रीय लालसेनामध्ये ३० हजार मात्र बाँकी रह्यो । यसकारण, लालसेनाले चुनई कब्जा गर्नुभन्दा पहिले नै पार्टी र सेना कहाँ जाने र के गर्ने भन्ने प्रश्न उठिसकेको थियो । हारैहार खानुपरेको सङ्कट र अन्योलको बेलामा माओ त्सेतुङ अगाडि बढ्नुभयो र वाङ मिङको खोटो र उत्ताउलो नीतिबाट पार्टीलाई मुक्त गर्न पार्टी केन्द्रीय समितिको राजनैतिक ब्यूरोको बृहत् बैठक बोलाउने माग गर्नुभयो । त्यसअनुसार बैठक बस्यो र त्यो बैठक चुनई सम्मेलनको नामले प्रसिद्ध भयो ।
च्याङ काई शेकको पाँचौँ ‘घेर्ने र सखाप पार्ने’ अभियानलाई हराउन नसक्नु वाङ मिङको उत्ताउलो नीति नै दोषी छ भन्नुहुँदै माओले बैठकमा पार्टी नेतृत्वको खोटो नीतिको विरोधमा सङ्घर्ष गर्नुभयो । उत्ताउलो नेतृत्वको कारण भएको क्षतिबाट पार्टी र सेनाका धेरै नेताहरू र कार्यकर्ताहरूको आँखा खुलिसकेको थियो । यसकारण, बैठकले जापानको विरोधमा लड्न राष्ट्रिय संयुक्त मोर्चा निर्माण गर्ने, राजनीति र च्याङ काई शेकको घेरा चुँडाल्न गुरिल्ला युद्ध गर्ने माओको नीतिलाई स्वीकार गर्यो । बैठकमा वाङ मिङको नीतिलाई अगाडि सार्ने पो कूलाई नेतृत्वबाट तल झार्यो र माओ केन्द्रीय समितिको अध्यक्ष चुनिनुभयो लो फू पार्टी महामन्त्री भए । तर, पार्टीमा माओको नेतृत्व स्थापना भयो । त्यसैबेलादेखि उहाँ पार्टीभित्र र बाहिर ’अध्यक्ष माओ’ भनेर सम्बोधन गरिनुभयो ।
Leave a Reply