तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १९ पुस । विश्व सर्वहारा वर्गका महान् गुरूद्वय स्तालिनको १४४ औँ र माओ त्सेतुङको १२९ औँ जन्मदिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समिति वडा नं. ५ को आयोजनामा मङ्गलबार कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले स्तालिन विद्यालय जीवनदेखि समाजवादी पार्टीमा आबद्ध भई रुसलाई समृद्ध बनाउन जार शासकविरुद्ध सक्रिय भएर लडेको चर्चा गर्नुभयो ।
विभिन्न कलकारखानामा मजदुर आन्दोलनको नेतृत्व स्तालिनले गरेको उल्लेख गर्दै उहाँले सन् १९१७ को रुसी आन्दोलन रुसी समाजवादी अक्टोबर क्रान्तिको रूपमा परिणत भएको प्रकाश पार्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य हरिसुन्दर वासीले माक्र्सवादी सिद्धान्तलाई माटो सुहाउँदो तरिकाले लेनिन र स्तालिनले रूसमा प्रयोग गरेको र माओले पनि चिनियाँ परिवेशअनुसार वर्गसङ्घर्ष अगाडि बढाई माक्र्सवादी सिद्धान्तलाई व्यवहारमा प्रयोग गरेको बताउनुभयो ।
माक्र्सवाद पहिलो पटक रूसमा सफल भएको धारणा राख्दै उहाँले माक्र्सवादको सार भनेको राज्यसत्तामा सर्वहारा वर्गको हुकुम हो भन्नुभयो ।
समाजवादी व्यवस्था स्थापना गरी साम्यवाद स्थापना गर्नु माक्र्सवादको लक्ष्य हो । उत्पादनका मुख्य मुख्य साधन र स्रोत सामाजिकीकरण, शिक्षा–स्वास्थ्य निःशुल्क, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, आदर निकेतनको व्यवस्थालगायत नागरिकको जन्मदेखि मृत्यसम्मको सबै व्यवस्था राज्यले लिने बन्दोबस्त नै समाजवादी व्यवस्था हो, उहाँले भन्नुभयो ।
स्तालिन र माओको जीवनसङ्घर्षबाट ज्ञान लिनुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रीय सदस्य वासीले समाजवादी व्यवस्थामा मात्र कामदार जनताको भविष्य उज्ज्वल हुने बताउनुभयो ।
नेमकिपा सूर्यविनायकका सचिव महेन्द्र बखुन्छेले नेमकिपाको मार्गनिर्देशक सिद्धान्त र माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा भएको चर्चा गर्दै नेमकिपाले कम्युनिस्ट सिद्धान्तअनुसार देशभक्तिपूर्ण आन्दोलन अगाडि बढाउनुका साथै सर्वहारा अन्तर्राष्ट्रवादको कर्तव्य निर्वाह गरिरहेको छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष रामकृष्ण बखुन्छेँको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजेन्द्र बखुन्छे र जितबहादुर खाइजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply