आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
कैलाली, २१ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ लम्कीचुहा प्रथम नगर सम्मेलन बुधबार लम्कीचुहा नगरपालिकाको वडा नं २ बघौरामा भयो ।
सम्मेलन उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेपाल क्रान्तिकारी किसान सङ्घ नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन हो भन्नुभयो ।
किसानहरू पनि राजनीतिकरूपमा सचेत हुन आवश्यक भएको उहाँले बताउनुभयो । उहाँले किसानलाई बीउ, मल, सिंचाइ, बजार र भण्डारणको व्यवस्था राज्यले गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले नेपाल क्रान्तिकारी किसान सङ्घको उद्देश्य क्रान्तिकारी भूमिसुधार लागु गर्नु हो भन्नुभयो । कृषिमा लगानी गरी आत्मनिर्भर देश बनाउनुपर्ने विचार व्यक्त गर्दै उहाँले सम्मेलन सफलताको कामना गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी कैलालीका उपाध्यक्ष एवम् नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीका अध्यक्ष लक्ष्मी पुन मगरले सम्मेलनको शुभकामना मन्तव्य राख्दै किसानवर्ग देशको आधार भएकोले राज्यले खेतीपातीमा लगानी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ज्योति बडुवाल र जानकी सिंजापतिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम देवीसरा अधिकारीको सभापतित्वमा भएको थियो । सम्मेलनले धनराज बडुवालको अध्यक्षतामा ९ सदस्यीय नेपाल क्रान्तिकारी किसान सङ्घ नगर समिति गठन गरेको छ ।
Leave a Reply