भर्खरै :

वागीश्वरीमा माओ र स्तालिनको जन्म दिवस मनाइयो

वागीश्वरीमा माओ र स्तालिनको जन्म दिवस मनाइयो

भक्तपुर, २१ पुस । वागीश्वरी मा.वि.÷कलेजको आयोजनामा विश्व सर्वहारा वर्गका महान् गुरु माओ त्सेतुङको १२९ औँ र स्तालिनको १४४ औँ जन्म दिवसको अवसरमा बिहीबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा प्रमुख अतिथि एवं बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले प्राज्ञहरूबिच सैद्धान्तिक र वैचारिकरूपमा परिपक्वता हुनुपर्ने आवश्यकता औँल्याउँदै चीनमा माओ, लेनिन, स्तालिन, माक्र्सजस्ता कम्युनिस्ट नेताहरूको अध्ययन अनुसन्धानको लागि पुस्तकालयलगायतको छुट्टै व्यवस्था गरेको स्मरण गर्दै नेपालमा पनि त्यस्तो अध्ययन केन्द्रको स्थापना गर्नुपर्ने बताउनुभयो ।
उहाँले नयाँ पात्र खडा गरेर नयाँ ढङ्गले नेपालमा विदेशी हस्तक्षेप गरिरहेको बताउनुभयो । सदन र सडकमा त्यस्तो हस्तक्षेपको आवाज बुलन्द गर्ने पार्टी नेपाल मजदुर किसान पार्टी रहेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष एवम् शिक्षासेवी ज्ञानसागर प्रजापतिले नेमकिपाका सांसदहरूले विगत र वर्तमान अवस्थामा पनि प्रतिक्रियावादी सङ्घसंस्थाभित्र छिरेर लेनिनवादी नीतिअनुसार काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले माओवादीहरूको कार्यशैली पञ्चायत, काङ्ग्रेसको भन्दा फरक नभएकोले तिनीहरूबाट जनताले कुनै पनि परिवर्तनको अपेक्षा गर्न नसकेको बताउँदै अराजकतावादीको हाँगो माओवादी भएकै कारण जनताले चाहेजस्तो परिवर्तन गर्न नसक्ने उहाँको भनाइ छ । उहाँले विचारको आधार माओ र स्तालिन भएकै कारण उहाँहरूबाट सिक्नुपर्ने औँल्याउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले माओ र स्तालिनको जन्मदिवसको औचित्यता प्रस्ट पार्नुभएको उक्त कार्यक्रममा नेपाली शिक्षकहरू शङ्कर आचार्यले माओको जीवनी र रामलक्ष्मी अवालले स्तालिनको जीवनीबारे आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा ग्याहेन्द्रप्रसाद दाहालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *