भर्खरै :

सी चिनफिङ र फिलिपिन्सका राष्ट्रपति मार्कोसबिच भेटवार्ता

सी चिनफिङ र फिलिपिन्सका राष्ट्रपति मार्कोसबिच भेटवार्ता

पेइचिङ, ४ जनवरी । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा चीनको भ्रमणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोससँग बुधबार भेटवार्ता गर्नुभएको छ ।
सीले मार्कोसलाई फिलिपिन्सको राष्ट्रपतिको पद सम्हाल्नुभएपछि पहिलोपटक चीनको भ्रमणमा स्वागत गर्नुभएको हो । वार्तामा, सीले चीन र फिलिपिन्स छिमेकी मुलुक भएको भन्दै चीनले फिलिपिन्सलाई छिमेकी कूटनीतिको प्राथमिकतामा राखेको बताउनुभयो । सीले मार्कोससँग रणनीतिक सम्पर्कलाई कायम राख्ने, द्विपक्षीय सम्बन्धको विकासको योजना बनाउने, दुई मुलुकका जनतालाई लाभ दिने, क्षेत्रीय शान्ति र स्थिरताका लागि सकारात्मक शक्ति पु¥याउने आशा व्यक्त गर्नुभयो ।
सीकाअनुसार, चीनले फिलिपिन्सबाट कृषि उपज र मत्स्य उत्पादन–वस्तुको आयातको निरन्तर रूपमा विस्तार गर्ने तथा चिनियाँ उद्योग–व्यवसायीलाई लगानी लगाउन फिलिपिन्स जान समर्थन दिने छ ।
मार्कोसले चीनको भ्रमण गर्नपाएकोमा खुशी व्यक्त गर्नुभयो । फिलिपिन्सले एक चीनको नीति पालना गरेको बताउँदै चीनसँग पेट्रोल र ग्यासको विकासबारे छलफल पुनःसुरु गर्ने आशा लिएको पनि व्यक्त गर्नुभयो । मार्कोसले फिलिपिन्सको महामारीविरुद्धका लागि चीनले दिएको मूल्यवान मद्दतप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले महामारीपछि चिनियाँ नागरिक अध्ययन तथा पर्यटनका लागि फिलिपिन्स जाने प्रतिक्षामा रहेको पनि व्यक्त गर्नुभयो ।
फङ लीयुआन र फिलिपिन्सका राष्ट्रपतिकी श्रीमती लीसाद्वारा राष्ट्रिय सङ्ग्रहालयको अवलोकन
जनवरी ४ का दिन राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लीयुआनले फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोससँगै चीनको राजकीय भ्रमणमा आउनुभएका राष्ट्रपतिकी श्रीमती लीसा मार्कोससँग चीनको राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।
दुई राष्ट्रानायककी श्रीमतीहरूले राष्ट्रिय सङ्ग्रहालय र दरबार सङ्ग्रहालयद्वारा संयुक्त रूपमा आयोजना गरिएको पुरातात्विक वस्तु प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।
सो अवसरमा फङ लीयुआन र लीसाले अवलोकन गर्दै एक आपसमा कुराकानी गर्नुभएको थियो । फङले चीन र फिलिपिन्स छिमेकी मुलुक भएको बताउनुका साथै दुई मुलुकका जनताले परम्परागत मित्रतालाई निरन्तरता दिने तथा दुई मुलुकको सम्बन्धलाई नयाँ भ¥याङ चढाउन अगाडि बढाउने अपेक्षा रहेको व्यक्त गर्नुभयो ।
फङ लीयुआनलाई राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गर्न निमन्त्रणा गर्नुभएकोमा लीसाले कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *