भर्खरै :

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–१३

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–१३

पार्टीको आठौँ अधिवेशन
सन् १९५६ अगष्टको अन्ततिर चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन भयो । माओ फेरि केन्द्रीय समिति र राजनैतिक ब्युरोको अध्यक्ष चुनिनुभयो । पार्टीभित्र चीनलाई रूसको छत्रछायामा राख्न चाहने केही तत्वहरूसँग माओले सङ्घर्ष गर्दै जानुभयो र सन् १९५७ मा उहाँले ‘समाजवादी समाजमा जनताको बिचमा भित्री झगडालाई मिलाउने तरिकाबारे’ भन्ने एक महत्वपूर्ण लेख लेख्नुभयो ।
सन् १९५७ नोभेम्बर महिनामा अक्टोबर क्रान्तिको ४० औँ वर्षको उत्सवमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरी माओ मस्को पुग्नुभयो । १४ देखि १६ नोभेम्बरसम्म मस्कोमा १२ समाजवादी देशका कम्युनिस्ट पार्टीहरूको एक सम्मेलन भयो । सम्मेलनमा रूसी कम्युनिस्ट पार्टीले संसदीय बाटोबाटै अर्थात् शान्तिपूर्ण उपायबाटै समाजवादी क्रान्ति हुन्छ भन्ने संशोधनवादी सिद्धान्तलाई अघि सा¥यो । माओ त्सेतुङको नेतृत्वमा चिनियाँ पार्टीको प्रतिनिधिमण्डलले संशोधनवादी विचारलाई खण्डन गर्यो र समाजवादी समाजमा पनि संशोधनवाद र पुँजीवादको पुनस्र्थापनाको खतरामाथि जोड दियो । बैठकले त्यस विचारलाई स्वीकार गर्यो र एक घोषणापत्र तयार ग¥यो । बैठकले युगोस्लाभियाको टिटोको संशोधनवादी गुटलाई निन्दा ग¥यो ।
अक्टोबर क्रान्तिको ४० सौँ वर्षको उत्सवमा मस्कोमा ६४ देशका कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू पनि उपस्थित थिए । रूसी संशोधनवादी नेतृत्व गुटले चिनियाँ कम्युनिस्ट पार्टीको माक्र्सवादी–लेनिनवादी नीतिको विरोधमा भित्रभित्र विरोध गर्न सुरु ग¥यो ।
सन् १९५८ मा चिनियाँ कम्युनिस्ट पार्टीभित्र समाजवादको र पुँजीवादको बाटोबारे ठूलो सङ्घर्ष भयो । माओले राम्रो छिटो र किफायती ढङ्गले समाजवादको निर्माण गर्ने मुख्य नीति, जनकम्युनको स्थापना, उद्योगको विकास गर्न ‘लामो पाइला’ को नीतिलाई अगाडि सार्नुभयो । दोस्रो पञ्चवर्षीय योजनाको घोषणा गरियो ।
पेङ तेह ह्वाइ निकाला
सन् १९५९ को अगष्टमा लुशानमा आठौँ केन्द्रीय समितिको आठौँ पूर्ण बैठक बस्यो । रक्षामन्त्री पेङ तेह ह्वाइले माओको नेतृत्वमा चलेको मुख्य नीतिलाई विरोध गर्यो । पेङ तेह ह्वाइ हुनानमा माओकै गाउँ नजिकै एक धनी परिवारमा सन् १८९९ मा जन्मेका थिए । गाउँको पाठशालामै शिक्षकलाई मेचले हानेर विद्यालय छोडेका थिए । पछि अनिकालको बेलामा एक ठूलो जमिनदारको भकारी लुटी जनतालाई बाँडी १८ वर्षको उमेरमा उनी पल्टनमा भर्ना हुन गएका थिए । सैनिक स्कूलबाट स्नातक भएपछि उनी बटालियन कमान्डर भए । त्यसपछि वामपन्थी कोमिनताङ र माक्र्सवादबाट प्रभावित भए । सन् १९२८ को जुलाई महिनामा सैनिक स्कूलका जवानहरूलाई लिएर मिङ क्याङ गएर किसान विद्रोहीसँग मिली हुनानको पहिलो सोभियत सरकार बनाए । पछि उनी चिङकाङ पहाडमा माओसँग मिल्न गएका थिए ।
सन् १९५९ मा ‘समय भएको छैन’ भनेर समाजवादी बाटोको विरोध गरेर उसले चीनलाई रूसको पुच्छर बनाउन खोज्यो । पार्टीविरोधी र समाजवादविरोधी गतिविधि गरेको हुनाले उनलाई पार्टीबाट निकाला भए । उनको ठाउँमा लिन प्याउ रक्षामन्त्री भए ।
त्यसै साल माओले राष्ट्रपतिको पदबाट राजीनामा दिनुभयो र ल्यु शाउ ची राष्ट्रपति भए । ल्यु शाउ ची पनि हुनान प्रान्तमै सन् १८९८ मा धनी किसान परिवारमा जन्मेका थिए । हुनानकै नर्मल स्कूलबाट स्नातक भई सन् १९२० मा माओको समाजवादी युवा दलकै सङ्गठनमा लागेका थिए । पछि उनी पनि रुसस्थित कोमिन्टर्नको सन यात सेन विश्वविद्यालयमा अध्ययन गर्न पठाइए र त्यहीँ चिनियाँ कम्युनिस्ट पार्टीमा भर्ना भएका थिए ।
संशोधनवादको विरोधमा सङ्घर्ष
ख्रुश्चेभले चीनको समाजवादलाई ‘खाली थालको कम्युनिज्म’ र जनकम्युनलाई ‘उग्रवाद’ भनेर हेला ग¥यो र माओलाई पार्टी नेतृत्वबाटै हटाउने उद्देश्यले हस्तक्षेप र षड्यन्त्र गर्यो । रूसी संशोधनवादी नेतृत्वले चीनलाई परमाणु बमबारे जानकारी दिन अस्वीकार गर्यो । जुलाई सन् १९६० मा रूसले सैद्धान्तिक झगडालाई राज्यको स्तरसम्म पु¥यायो र चीनबाट सबै रूसी विशेषज्ञहरू फिर्ता बोलाएर ३ सत्न्दा बढी सहयोग र निर्माणका सम्झौताहरूलाई एकतर्फी रद्द गर्यो । माओले आफ्नै खुट्टामा उभिने ‘आत्मनिर्भर’ नीतिलाई अगाडि सार्नुभयो । नोभेम्बर महिनामा मस्कोमा ८१ वटा देशका मजदुर र कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय बैठक भयो । बैठकमा रूस र चीनको मतभेद अरू चक्र्यो । चीनको पार्टीले लेनिनको ९० औँ वर्षको उत्सवमा ‘लेनिनवाद जिन्दावाद’ भन्ने लेख सङ्ग्रह प्रकाशित गरेर रूसी पार्टी नेतृत्वलाई ‘नयाँ संशोधनवादी’ भनेर उदाङ्ग्याइयो । रूसी पार्टीले माओको विचारलाई ‘युद्धको प्यासी’ र ‘विश्वयुद्ध मनपराउने’ भनी फतुर लगायो ।
सन् १९६१ मा सोभियत पार्टीको २२ औँ महाधिवेशन भयो । बैठकमा ख्रुश्चेभ र रूसी पार्टी नेतृत्वले अलबानिया पार्टीमाथि हमला र हेला गर्यो । त्यसको विरोधमा चिनियाँ पार्टीको प्रतिनिधिमण्डलको नेता चाउ एन–लाइले बैठकलाई बहिष्कार गरेर पेचिङ फर्कनुभयो । त्यसपछि इटालियाली कम्युनिस्ट पार्टीका नेता तोगलियाति, फ्रान्सेली कम्युनिस्ट पार्टीका नेता थ्रोजे र अरू संशोधनवादी पार्टीहरूले चिनियाँ पार्टीमाथि हाकाहाकी विरोध सुरु ग¥यो । चिनियाँ पार्टीले पनि तिनीहरूलाई सार पूर्ण सैद्धान्तिक उत्तरहरू दिएर माक्र्सवादी साहित्यको भण्डारलाई सम्पन्नता दियो ।
माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले अमेरिकी साम्राज्यवादको विरोधमा एक अन्तर्राष्ट्रिय संयुक्त मोर्चा बनाउने नीति लियो । रूसी पार्टी भने त्यसको ठीक उल्टो, साम्राज्यवादको ‘स्वभाव’ बदलिसकेको छ भन्दै संरा अमेरिकासँग परमाणु परीक्षण बन्द गर्ने सम्झौता गर्न पुग्यो र ‘सहअस्तित्व’ को फलाको ग¥यो । सन् १९६३ मा माओले ‘तेस्रो विश्व’ को सिद्धान्तलाई अगाडि ल्याउनुभयो । सन् १९६४ मा चीनले रूसका सबै ऋणहरू चुक्ता ग¥यो र चीन एक ऋणमुक्त देश बन्यो ।
त्यसबेला चीन ठूलो आर्थिक सङ्कटमा थियो । चिनियाँ जनता अस्थायीरूपले दुःख–कष्टमा प¥यो । माओले पनि जनतासँगै दुःख कष्टमा भाग लिनुभयो र त्यस अवधिभर उहाँले माछा–मासु फूल र फलफुल खानुभएन । उहाँ आफैले तरकारी बारी गर्नुभयो र त्यसैबाट आफ्नो काम चलाउनुभयो ।
नयाँ चीनको स्थापनापछि पनि उहाँले सादा र सरल जीवन नै बिताइरहनुभएको थियो । साधारण चामलको भात, दाल र तरकारी नै उहाँको भोजन थियो । उहाँ कोठामा फूल वा अरू झिलीमिलीको सजावट थिएन । घरमा उहाँले पुरानै रूमाल, लुगा–फाटो, जुत्ता र चप्पल प्रयोग गर्नहुन्थ्यो । लुगाको सजिसजाउ, देखावटी र फाइँफूर्ति उहाँबाट कोसौँ टाढा थियो ।
अक्टोबर १९६४ मा चीनले आणविक बमको पहिलो परीक्षण गरेर साम्राज्यवादी र रूसी संशोधनवादीहरूलाई हाँक दियो । तर, माओको विदेश नीतिअनुसार एटम बम प्रयोग गर्नमा चीन कहिल्यै पहिलो हुनेछैन भनेर संसारलाई चकित पारिदियो । साम्राज्यवादविरोधी सङ्घर्षमा संसारका दलित–पीडित देश र जनताले त्यसलाई आफ्नो सुरक्षाको एक सुनिश्चितता सम्झे । नेपाली जनताले पनि त्यसलाई स्वागत र समर्थन गरे ।
ल्यु शाउ चीले स्वतन्त्र व्यापार, निजी प्रयोगको निम्ति खेती गर्न पाउने, व्यक्तिगत जिम्मेवारीमा स–साना उद्योगधन्दा चलाउने र परिवारको आधारमा उत्पादन निश्चय गर्ने कुराको पक्ष लिएका थिए । त्यो नीति लागू गरेमा सामूहिक खेती र उद्योगधन्दा सेलाएर व्यक्तिगत वा पुँजीवादी बन्दोबस्त फल्ने फुल्ने थियो । ल्यु शाउ ची र त्यस्तै विचार राख्ने संशोधनवादीहरूले माओको समाजवादी नीतिलाई विरोध गरे । यसकारण, माओको निर्देशनमा सन् १९६६ मा पार्टीले ‘खुश्चेभजस्ता मानिसहरूबाट’ होसियार हुनु भनेर एक सूचना पत्र निकाल्यो ।
सन् १९६६ अगष्ट महिनामा आठौँ केन्द्रीय समितिको एघारौँ पूर्ण बैठक भयो । माओ त्सेतुङकै अध्यक्षतामा भएको त्यस बैठकले सांस्कृतिक क्रान्ति गर्ने निर्णय गर्यो र माओ आफैँले संशोधनवादी ‘सदरमुकाममा बम हान’ भन्ने ठूलो कागज टाँसेर सांस्कृतिक क्रान्तिको बीउ छरिदिनुभयो । ल्यु शाउ चीलाई संशोधनवादी, पुँजीवादी बाटो लिने ‘चीनको खुश्चेभ’ र १ नं. को शत्रु भनेर निन्दा र विरोध गरियो । सन् १९६६ मा पेङ चेन (पेचिङ नगरपालिकाको सभापति) पेङ तेह हवाई (पुरानो रक्षामन्त्री), ल्यू तिङ्ग इ (मन्त्रिपरिषद्को उपाध्यक्ष र पार्टी प्रचार विभागको पहिलो प्रमुख अधिकारी, पार्टी सैनिक कार्य विभागको सेक्रेटरी जनरल) सँग मिलेर उनले अध्यक्ष माओ र पार्टीको विरोधमा षड्यन्त्र गरेका थिए ।
सन् १९६७ मा चीनले पहिलो हाइड्रोजन बमको परीक्षण गरेर सांस्कृतिक क्रान्तिको उपलब्धिको रूपमा प्रदर्शन गयो । त्यस साल भियतनामको युद्ध अन्तिम अवस्थामा पुग्यो । डिसेम्बर १९६७ मा माओले भियतनामी राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष मण्डललाई ‘दक्षिण भियतनामी जनताको सङ्घर्ष हाम्रो सङ्घर्ष हो’ भनेर हौस्याउनुभयो र चीनलाई भियतनामको आधार इलाका भन्नुभयो ।
सन् १९६८ अक्टोबर महिनामा पार्टीले ल्यु शाउ ची धोखेबाज, विश्वासघाती र बेइमान भनेर पार्टी सदस्यताबाट र उसका सबै पदहरूबाट निकाला भयो । ऊ पेचिङबाट हार्बिन (हेलुङ च्याङ) को एक कम्युनमा गएर काम गर्न थाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *