भर्खरै :

बेलायती हिन्दू प्रधानमन्त्री ऋषि सुनकको सत्ताको विरोध गर्दै सडक आन्दोलन

बेलायती हिन्दू प्रधानमन्त्री ऋषि सुनकको सत्ताको विरोध गर्दै सडक आन्दोलन

पुँजीवादी अर्थतन्त्रको आर्थिक सङ्कटबाट चुलिरहेको बेलायती बजारको अर्थतन्त्र धराशायी हुँदै छ । बजार भाउ महँगीले आकाश छोएपछि पेसामा संलग्न जनता सडकमा ओर्लिएका छन् । आ–आफ्नो माग पूरा गर्न आफ्नो पेसाको काम छोडेर उनीहरू हडतालमा उत्रेका छन् । हडतालमा नर्स, डाक्टर, रेलवे मजदुर, शिक्षक, स्थानीय सरकारी कर्मचारी, बस ड्रात्र, दमकल, एम्बुलेन्सका ड्रात्रहरूसमेत संलग्न छन् । यो आन्दोलन मजदुर युनियनको आह्वानमा भइरहेको छ । आन्दोलनबाट देश ठप्प हुने अवस्था देखिएपछि विभिन्न पेसाका कर्मचारीको हडताल फरक–फरक दिनको मिति तय गरेको छ । एम्बुलेन्स हडताल रोक्न १२ हजारभन्दा बढी सैनिक ड्रात्रलाई सडकमा उतारेको छ ।
महँगी गत वर्षको तुलनामा यस वर्ष २०२२ को अन्तसम्ममा १०.७ प्रतिशत वृद्धि भएको छ । कर्मचारीको पारिश्रमिक वृद्धि गरिएको छैन । त्यसकारण, कर्मचारीहरूलाई सडक आन्दोलन गर्न सरकारले बाध्य बनाएको छ । बेलायतको अर्थतन्त्र कोभिड तथा युक्रेन र रुसको युद्धले तहसनहस बनाइसकेको छ । रुसमाथि लगाएको नाकाबन्दीले आफ्नै खुट्टामाथि बञ्चरो हान्दै छ । ग्यास र पेट्रोलको महँगीले दैनिक उपभोग्य सामान र खाद्यान्नमा असर परेको छ ।
महँगीकै कारण बोरिस जोन्सन प्रधानमन्त्रीबाट राजिनामा दिन बाध्य भए । तत्पश्चात् नियुक्ति भएका महिला प्रधानमन्त्री लीज ट्रस छोटो समयमै पद छोड्न बाध्य भए । पूर्वप्रधानमन्त्री लीज ट्रसले सरकारको ढुकुटी रित्तिँदै गएको अवस्था र जनतालाई महँगीको मारबाट मुक्त गर्न देशको आर्थिक सङ्कटमा सुधार ल्याउने उद्देश्यले ग्यास, बिजुली, पेट्रोललगायतमा ठूलो कर छुट गर्ने राहत प्याकेज घोषणा गरे । तर, केन्द्रीय बैङ्कमा त्यो आर्थिक स्रोत पूर्ति गर्ने क्षमता नभएकोले धितो पत्र बिक्री गरेर अर्थ सङ्कलन गर्ने लीज ट्रसको आर्थिक नीतिको तीव्र विरोध आफ्नै अर्थमन्त्री र केन्द्रीय बैङ्कले गरेपछि उनी प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य भए । बेलायतको इतिहासमा ४५ दिनमात्र प्रधानमन्त्री बनेका महिला प्रधानमन्त्री लीज ट्रस नै थिइन् ।
तर, खरबपति हिन्दू युवा प्रधानमन्त्री ऋषि सुनकले बेलायतको धराशायी हुन लागेको अर्थतन्त्रलाई पार लगाउने वाचा गरेका थिए । उनले महँगी नियन्त्रण गर्ने उपाय लीज ट्रसको ठीकविपरीत करमा वृद्धि गरे । कर वृद्धिका कारण जनतासँग खल्तीमा रहेको रकम कम हुँदा सामान खरिदमा पनि स्वतः कम हुनेछ । बजारमा सामान बिक्री कम हुने अवस्थामा भाउ स्वतः घट्छ भन्ने आर्थिक नीति अवलम्बन गर्न खोजिएको छ । तर, व्यापक कर वृद्धिका कारण जनता सडकमा ओर्लन बाध्य बनेका छन् । किनभने, बहुमत जनतामा क्रयशक्ति ¥हास हुँदै जाँदा आफ्नो दैनिकी चलाउन झन् कष्टकर हुँदै गएको छ । मुट्ठीभर पुँजीपति र धनाढ्य व्यक्तिहरूको लागि कर वृद्धिले खासै असर नहुन सक्छ । तर, व्यापक जनताको आम्दानीको स्रोत ¥हास हुँदै जाँदा बजारमा सामानको बिक्री घट्न सक्छ । सामान बिक्री घट्न थालेपछि उद्योगधन्दाको उत्पादनमा कटौती गर्नुपर्ने हुन्छ । यसले अन्ततः मजदुरहरूलाई उद्योगबाट निकाल्नुपर्ने अवस्था आउँछ । मजदुरहरू बेरोजगार भएपछि देशमा उद्योगधन्दा पल्टेको घोषणा गर्न बाध्य हुन्छ । यस्तै अवस्थामा देश नै टाट पल्टिएको घोषणा हुनसक्छ ।
१९०५ मा एसियाको बाघ भन्ने दक्षिण कोरियामा आएको आर्थिक बन्दी रोक्न अमेरिका र युरोपका सबै देशहरू लागेर खरबौँ डलर सहायता गरी जोगाएका थिए । तर, आज कुनै देशलाई जोगाउन सहयोग गर्ने स्थिति छैन । स्वयम् युरोपका धेरै देशहरूलाई आर्थिक मन्दीले छोइसकेको छ । इटाली, ग्रीस यसको प्रत्यक्ष उदाहरण हो । नयाँ वर्ष २०२३ मा युरोपको आर्थिक वृद्धि २ प्रतिशतमा सीमित हुने र एकतिहाइ देशहरूमा आर्थिक मन्दी आउने आकलन भर्खरमात्र अन्तर्राष्ट्रिय मुद्राकोषले सार्वजनिक गरेको छ । युरोपका धेरै देशहरूमा युक्रेन र रुसबिचको अमेरिकी छद्म युद्धको विरोध गर्दै जनता सडकमा दिनहुँ प्रदर्शन गर्दै छन् । त्यसमा बेलायत पनि अछुतो छैन । त्यहाँ पनि दैनिक विशाल प्रदर्शनहरू भइरहेको कुरा समाचारमा सार्वजनिक भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *