नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
विचारमा अडान नभएका र बोली ठेगान नभएका नेताहरूको भर हुँदैन । निर्वाचनको बेला एउटा गठबन्धन दलसँग मिल्ने र सरकार गठन गर्दा अर्को गठबन्धन दलसँग मिल्नु विश्वासघात हो, अन्तर्घात हो । यस अर्थमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विश्वासघाती र अन्तर्घाती हुन् । अध्यक्ष दाहाल पहिले एमाले छोडेर नेकासँग मिल्न गयो । कहिले नेका छोडेर एमालेसँग मिल्न गयो । कहिले नेकाको गठबन्धनसँग मिल्ने र कहिले एमालेको गठबन्धनसँग मिल्ने अध्यक्ष दाहालको कस्तो चरित्र ! के यो द्वेधचरित्र होइन ? अध्यक्ष दाहालमा खोइ नैतिकता ! खोइ राजनीतिक अडान ।
राजनीति इमानपूर्वक गर्नुपर्छ । इमान नभएका नेताहरू धोकेबाज हुन्छन् । उनीहरू धोका दिन्छन् । बेइमान भएपछि इज्जत, प्रतिष्ठा, आस्था र विश्वासको कुनै मतलब राख्दैनन् । राजनीतिमा फोहरी खेल भनेको यस्तै हो । साम, दाम, दण्ड र भेदको नीति मानेर गरिएको राजनीति कसरी सङलो हुन्छ ? सत्ता या सरकारको नेतृत्व गर्ने नाममा फोहरी राजनीति गर्नु न दाहाललाई सुहाउँछ न त ओलीलाई नै ।
अरूलाई धोका दिने र विश्वासघात गर्ने दल र दलका नेताहरू सद्दे हुँदैनन् । उनीहरू सच्चिनुपर्छ । आफूले अरूलाई धोका दिएपछि अरूले पनि आफूलाई कुनै दिन धोका दिनेछ, धोका दिन समय पर्खिरहनेछ । नेकासँग मिलेर चुनावमा उम्मेदवार दिने र जित्ने अनि सरकार गठन गर्दा जसको विरुद्ध निर्वाचनमा लडेको थियो त्यही दलसँग सरकार गठन गर्ने के चाला ? आफूलाई नै किन सबथोक या सर्वेसर्वा ठान्छन् नेताहरू । नेताहरूमा देखिएका यस्ता अनावश्यक महत्वाङ्क्षीले देश भताभुङ्ग भइरहेको छ । राजनीतिक अस्थिरता भइरहेको छ । राजनीतिलाई देश र जनताको सेवा गर्ने माध्यम बनाइनुपर्छ, कमाइ खाने भाँडो होइन ।
शासक दलका नेताहरू यति नीच किन हुन्छन् ? अध्यक्ष दाहालले आफ्नो धोती खुस्केको चालै पाएनन् । चाल नपाउने कस्ता नेता ! प्रम बन्नको निम्ति यतिको मरिहत्ते ! आधा–आधा कालको भागबन्डा गर्ने सहमति भएपछि पहिलो कार्यकाल नै नभई नहुने किन ? दोस्रो कालमा धोका पाउँछ भनेर अध्यक्ष दाहालले पहिलो कार्यकाल रोजेका हुन् ? अध्यक्ष दाहालको यो शङ्का नेकाले पनि त गर्न सक्छ नि ! होइन र ।
दलका नेताहरू यति तल झरेर गिर्नु हुँदैन । गिर्नु पनि पथभ्रस्ट नै हो । बाटो बिराएपछि राजनीति गर्दाको साँच्चै स्वाद कहाँ पाउँछ ? के राजनीति गर्नुको ध्येय आफू प्रधानमन्त्री बन्न नै हो ? देशको तेस्रो दल प्रम ! पहिलो दल नेका सत्ता बाहिर ! कति उचित या अनुचित ! माओवादी अध्यक्ष दाहालको यो भाँडभैलो राजनीति कहिलेसम्म । त्यस्ता नेताहरू भोलि देशै बन्धक राख्नुपछि पर्दैनन् । यस्ता नेताहरूले देश कहाँ पु¥याउँछ भन्ने थाहा हुँदैन । सत्ता स्वार्थमा पल्केका नेताहरूले के देश बनाउलान् ?
Leave a Reply