भर्खरै :

छिमेकीसित असल सम्बन्ध कायम राख्ने चिनियाँ प्रयास

जनवरी ४ का दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चीनको राजकीय भ्रमणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोससँग पेइचिङमा भेटवार्ता गर्नुभयो । दुई देशका नेताले चीन–फिलिपिन्स सम्बन्धको महत्वलाई जोड दिँदै नियमित रणनीतिक सम्पर्क कायम राख्न, व्यावहारिक सहयोगलाई अझ गहिरो बनाउन र समुद्री समस्याहरूलाई सही रूपमा व्यवस्थापन गर्न महत्वपूर्ण सहमति गर्नुभएको छ ।
चीन फिलिपिन्सको सबैभन्दा ठूलो व्यापार साझेदार, आयातको सबैभन्दा ठूलो स्रोत र दोस्रो ठूलो निर्यात गन्तव्य हो । दुई पक्षले कृषि, पूर्वाधार, ऊर्जा र मानवीय तथा सांस्कृतिक आदानप्रदान गरी चार प्रमुख सहयोगको क्षेत्र स्थापना गरेका छन् । चीनको ‘बेल्ट एन्ड रोड’ प्रस्तावले फिलिपिन्सको ‘बहु निर्माण र राम्रो निर्माण’ सँग प्रभावकारीरूपमा मिलाएर झन्डै ४० वटा सरकारी सहयोग परियोजनाहरू उपलब्ध गराएको छ ।
यस पटक, राष्ट्रपति मार्कोसले ठूलो व्यापारिक प्रतिनिधिमण्डलका साथ चीनको भ्रमण गर्नुभयो, यसबाट फिलिपिन्सले चीनसँगको सहयोग विस्तार गर्न निकै महत्व दिएको प्रतिबिम्बित भएको छ ।
वार्ताको क्रममा राष्ट्राध्यक्ष सी चिन फिङले चीन र फिलिपिन्सबिचको व्यावहारिक सहयोगलाई प्रगाढ बनाउने स्पष्ट रुपरेखा तयार गर्नुभएको छ । चिनियाँ पक्षले फिलिपिन्सको कृषि र ग्रामीण विकासमा मद्दत गर्न, पूर्वाधार र पारस्परिक सम्पर्कलाई ठोसरूपमा प्रवद्र्धन गर्न र उच्च आयातलाई निरन्तरता दिन इच्छुक रहेको प्रस्ताव गरेको छ । यी उपायहरूले फिलिपिन्सको आर्थिक विकासलाई बलियो समर्थन गर्नेछ र दुई देशबिचको सहयोगलाई बलियो बनाउनेछ ।
चिनियाँ दक्षिण सागर समस्या चीन–फिलिपिन्स सम्बन्धमा बेवास्ता गर्न नसकिने मामिला हो । हालैका वर्षहरूमा केही पश्चिमी देशहरूले आफ्नो रणनीतिक महत्व एसिया–प्रशान्तमा केन्द्रित गरेका छन् र चिनियाँ दक्षिण सागर समस्यालाई अस्त्रको रूपमा प्रयोग गर्न खोजिरहेका छन् । तर, चीनले छिमेकीसित असल सम्बन्ध कायम राख्ने इमानदारीपूर्ण प्रयास जारी राखेको छ । सामान्यतया चीन र फिलिपिन्सले सान्दर्भिक भिन्नताहरूलाई प्रभावकारीरूपमा व्यवस्थापन र नियन्त्रण गरेका छन् र उनीहरूलाई चीन–फिलिपिन्स सम्बन्धको समग्र अवस्थामा हानि पु¥याउनबाट रोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *