नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, २३ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यमा लसकुस बचत तथा ऋण सहकारी संस्था लि.को पन्ध्र्रौँ साधारणसभा सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले सहकारी संस्थाहरू सहकारीको सिद्धान्तअनुसार चलाउनुपर्ने आवश्यकता औँल्याउँदै जनताले बैङ्कमा भन्दा सहकारीसँग कारोबार बढाउनुपर्ने बताउनुभयो । उहाँले वित्तीय संस्थाहरू जनताप्रति उत्तरदायी नभई व्यक्तिगत लाभहानिको स्वार्थले खोलिएको हुन्छ भन्नुभयो ।
वित्तीय संस्थाहरू जनतालाई शोषण गर्ने माध्यमको रूपमा काम गर्ने चर्चा गर्दै उहाँले समाजवादी व्यवस्थामा शिक्षा, स्वास्थ्य सबै निःशुल्क र अनिवार्य हुने बताउनुभयो ।
समाजवादी व्यवस्थामा सहकारीले जनताको आर्थिक क्षेत्रमात्र नभई कृषि र अन्य क्षेत्रमा पनि जनताको हितको लागि काम गर्ने उहाँले बताउनुभयो ।
भनपा ६ नं वडा समितिका अध्यक्ष हरिराम सुवालले संस्थाको आगामी नीति तथा कार्यक्रम र योजनाहरूको सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
स्थानीयले यहाँका सहकारीसँग मात्र कारोबार गर्नुपर्ने बताउँदै उहाँले भक्तपुर नगरमा बहुउद्देश्यीय सहकारीलाई निरुत्साही गरेको बताउनुभयो ।
जिल्ला सहकारीका प्रतिनिधि कृष्णश्वरी प्रजापतिले सहकारीहरूले सहकारीको मूल्य र मान्यतामा रहेर काम गर्नुपर्ने बताउनुभयो ।
संस्थाका सल्लाहकार तथा कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले भक्तपुर नगरपालिकाले गर्दै आएको विभिन्न गतिविधि सम्बन्धमा चर्चा गर्नुभएको थियो ।
उक्त साधारणसभामा संस्थाका सल्लाहकार जगनाथ सुजखु, सचिव राजेस दिस्ती र विष्णुराम दुमरुले पनि मन्तव्य राख्नुभएको थियो । साधारणसभाले अध्यक्ष हरिराम सुवालले प्रस्तुत गरेकोे वार्षिक नीतिगत योजना र कार्यक्रम, सचिव राजेस दिस्तीले पेश गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुनिल सुवालले पेश गरेको आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षक श्रीराम दथेपुथेले पेश गरेको लेखा सुपरीवेक्षण प्रतिवेदन पास गरको छ ।
Leave a Reply