भर्खरै :

ऋण परामर्श तालिम सम्पन्न

ऋण परामर्श तालिम सम्पन्न

भक्तपुर, २३ पुस । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा ऋण परामर्श तालिम सिद्धि गणेश तालिम हलमा सम्पन्न भयो ।
सङ्घका कोषाध्यक्ष एवम् उपसमितिका संयोजक कान्छाभक्त घजुले सहकारी संस्था नीति र विधिबाट सञ्चालन हुनपर्नेमा जोड दिँदै हाल तरलता अभाव हुनुमा अत्यधिक ऋण लगानी अनुत्पादक क्षेत्रमा भएको कारण देखिएको बताउनुभयो । उहाँले ऋण लगानीका आधारभूत सिद्धान्त नै पालना नगरी ऋण लगानीले जोखिम बढाउने भएकोले ऋण लगानीपूर्व ऋण परामर्श गरेरमात्र ऋण लगानी गर्नुपर्नेे बताउनुभयो ।
सङ्घका व्यवस्थापक बालकृष्ण धोजुले बचत तथा ऋण सहकारीमा बचत सङ्कलनको लागि बढी कर्मचारी व्यवस्थापन गर्ने तर त्यहीँ बचत सुरक्षाको लागि ऋण लगानी तथा असुलीमा कर्मचारीको व्यवस्थापन कमजोर रहेको बताउनुभयो । उहाँले ऋणको प्रभावकारी असुलीबाट मात्र बचत सुरक्षित हुने भएकोले सहकारीले ऋण लगानी तथा असुली प्रक्रिया प्रभावकारी बनाउन ऋण परामर्शलाई ऋण नीतिमै समावेश गरी अनिवार्य अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उपसमितिका सदस्य राजकुमार लघुले तालिम समापन कार्यक्रम सञ्चालन गर्दै सिकेका कुरा संस्थामा व्यवहारिक प्रयोग गर्नुपर्ने बताउनुभयो ।
बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले तालिमको सहजीकरण गर्नुभएको थियो ।
तालिममा सहभागी सरिता प्रजापति र राजकाजी प्रजापतिले तालिम प्रभावकारी रहेको बताउँदै तालिमबाट ऋणी परामर्श, ऋण लगानी तथा असुली प्रक्रिया, ऋणको अनुगमन, ऋण असुली क्यालेन्डर, भाखा नाघेको ऋणी परामर्शलगायतका उपयोगी विषयमा सिक्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *