नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
सिद्धान्त र विचारमा अडान नभएका, छिनछिनमा बोली वचन फेर्ने, अस्थिर मनका, पदको निम्ति जे गर्न पनि पछि नपर्ने नेताहरूको बुद्धिमा कहिले पनि सच्चाइ हुँदैन । यस्ता खालका नेताहरूलाई कति आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरू ‘चतुर’ नेता मान्छन् । तिनीहरू त्यस्तै चतुर नेताको पछि लागेर विश्वासको राजनीतिलाई चकनाचुर पार्छन् । बेलाबखत देखिने नेताहरूको यस्तै चलखेलले राजनीति गन्हाएको हो । प्रधानमन्त्री पद पाउने भएपछि इज्जत, चरित्र, नैतिकता त्याग्न तयार नेताहरूले अब त संसदीय परम्परा र इतिहासलाई पनि धज्जी उडाउन थालेका छन् । अधिकांश दलहरूले प्रमको निम्ति विश्वासको मतमा सही हालेर सत्ता पक्षमा पल्कनु र संसदीय अभ्यासलाई हाँक दिनु के निरङ्कुश चरित्र होइन ? संसदीय परम्परा र अभ्यासलाई कमजोर पार्ने, बदनाम गर्ने काम किन कम्युनिस्ट पार्टीका नेताहरूले गरे ? कतै यसमा प्रतिक्रियावादी, राजावादी या गुप्तचरहरूको हात त छैन ?
सरकारलाई विश्वासको मत राख्ने र सरकारमा नगइकन प्रतिपक्षमा बस्ने नेकाको यो के चाला ? नेकाको यो द्वैधचरित्र के पाउनको लागि हो ¤ समुन्नत बनाउने देशको राजनीतिमा यस्तो धमिलो राजनीति किन ? धमिलो राजनीति गरेर माओवादी केन्द्र र एमालेले के गर्न खोजेका हुन् ? इमानको राजनीति नगर्ने नेताहरूलाई ‘चतुर’ राजनीतिक खेलाडी ठानेर सन्तोष हुने दलका नेता तथा कार्यकर्ताहरूमा अझै कसरी दास मानसिकता रह्यो ? दलका नेता कार्यकर्ताले पार्टीले गर्ने गल्ती या कमी कमजोरी औँल्याएर सही मार्गमा लैजाने कोशिश गर्नुपर्दैन ? के राजनीतिमा नैतिकता, चरित्र, अनुशासन भन्ने कुरा हुँदैन ? स्वच्छ प्रतिस्पर्धीको राजनीति गर्ने कि धोका दिएर, अन्तर्घात दिएर क्रमभङ्ग गर्दै देशको स्वच्छ छविको राजनीतिलाई बिगार्दै भत्काउँदै अघि बढ्ने ?
नेकाको यो विश्वासको मत प्रचण्ड सरकार टिकाउन होइन, प्रचण्डलाई खुसी पारेर स्थगित भएको नागरिकता विधेयक पारित गर्न त होइन ? एसपीपी कार्यक्रम लागु गर्न त होइन ? यो नेकाको ‘देखावटी’ समर्थनमात्र अवश्य होइन । मत हालेर गरिएको समर्थन कसरी ‘देखावटी’ समर्थन हुन्छ ? लामो प्रजातान्त्रिक अभ्यास गर्दै आएको नेकाको यो कस्तो बुद्धि ¤ नेकासँगको गठबन्धन तोड्दिन्नँ, तोड्दिन्नँ भनेर बरोबर कसम खाने माओवादी अध्यक्ष दाहालको वाचा कता हरायो ? प्रमको नेतृत्व गर्न पाएपछि इज्जत फाल्ने ? इज्जत फालेर बेइमानी राजनीति गर्ने ? संसद्मा प्रतिपक्षको द¥हो भूमिका खेल्ने हो भने नेकाले किन विश्वासको मत दिनुप¥यो ? के यही हो नेकाको लामो प्रजातान्त्रिक अभ्यास ?
Leave a Reply