भर्खरै :

देश र जनताको सेवा गर्नु नै नेमकिपाको लक्ष्य

नेपाल मजदुर किसान पार्टीको सैद्धान्तिक आधार माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा हो । देशको सार्वभौमिकता, भू–अखण्डता र स्वतन्त्रता जोगाउने नेमकिपाको उद्देश्य हो । सर्वहारा अन्तर्राष्ट्रवादी भावना बोकेर विदेशी थिचोमिचोे, हस्तक्षेप र शोषणको विरोधमा लडिरहेका जनताको पक्षमा ऐक्यबद्धता जनाउने र सोको समर्थनमा विभिन्न राजनीतिक गतिविधि पनि नेमकिपाले गरिरहेको छ । मजदुर, किसान, महिला, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, उद्योगी, व्यापारी, पत्रकार, पेसाकर्मी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अवकाश प्राप्त कर्मचारी तथा श्रमजीवी वर्गको हकहितको निम्ति सङ्घर्षरत दल नेमकिपा हो । विभिन्न जातजाति, भाषाभाषी, दुर्गम र सीमान्तकृत शोषितपीडित कामदार वर्गका जनतालाई सचेत र सङ्गठित गर्ने काममा नेमकिपा निरन्तर लागिरहेको छ ।
नेमकिपा विदेशी हस्तक्षेप, अतिक्रमण र दबाबको विरोध गर्छ । नेमकिपा विस्तारवादी देश भारत र साम्राज्यवादी देश अमेरिकाको विरोध गर्छ । सामन्तवाद र पुँजीवादको विरोधमा पनि नेमकिपाले सङ्घर्ष गर्दै आएको हो । वामपन्थी र दक्षिणपन्थी अवसरवादको निरन्तर विरोध गर्दै नेमकिपा आत्मसमर्पणवाद, सङ्कीर्णवाद, जातीय राजनीतिको विरोध गर्छ । आफ्नो उद्देश्य पूरा गर्न नेमकिपाले समाजवादी प्रचार अभियानलाई जोड दिँदै आइरहेको छ । सिद्धान्त र विचारबाट बहुमत जनतालाई सुसूचित र सङ्गठित बनाउन नेमकिपा समाजवादी प्रचार अभियानमा लागिरहेको हो । नेमकिपाले समाजवाद र पुँजीवादको भेदबारे जनतालाई सुसूचित पार्दै छ । वर्ग शत्रु र वर्ग मित्रबारे दलको धारणा जनतामसक्ष राख्दै छ । नेमकिपा सरकारले गर्ने देशघाती र जनविरोधी कदमको विरोध गर्छ । सारमा देश र जनताको सेवा गर्नु नै नेमकिपाको उद्देश्य हो ।
नेमकिपा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने दल हो । बहुमत जनता सचेत र सङ्गठित नभइकन देशमा आमूल परिवर्तन सम्भव छैन । आमूल परिवर्तनविना बहुमत जनताको हित हुनेछैन । नेमकिपा पेशागत हक हितको लागि मात्र होइन देशको स्वाधीनता र सार्वभौमसत्ता कायम राख्न पनि सङ्घर्षरत छ । नेमकिपा इमानदारीपूर्वक सिद्धान्त र विचारको राजनीति गर्छ† निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्छ । भ्रष्टाचार र कमिसनको विरोध गर्दै आउको नेमकिपा भ्रष्टाचारीहरूमाथि कडा कारबाही गर्नुपर्ने पक्षमा छ । नेमकिपा देश, काल र परिस्थितिअनुसार कानुनी र गैरकानुनी सङ्घर्ष गर्छ । लेनिनवादी नीतिअनुसार नेमकिपा प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थामा पसेर देश र जनताको सेवा गर्छ । नेमकिपा झूटको खेती गर्दैन । नेमकिपा जनतालाई झूटा आश्वासन बाँडेर, पैसा बाँडेर राजनीति गर्दैन । धाक–धम्की देखाएर आफूतर्फ तान्ने काम नेमकिपा गर्दैन । नेमकिपाले कहिले पनि दलगत र व्यक्तिगत स्वार्थको राजनीति गरेन । नेमकिपा जहिले पनि देश र जनताकै पक्षमा रहेर उभेको छ, जनतामाझ पुगेको छ । यही कारण नेमकिपा जनतामाझ लोकप्रिय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *