परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
काठमाडौँ, २ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सङ्घीय संसद्ले बनाएको २०७२ सालको कानुनअनुसार नै प्रतिनिधिसभाको प्रमुख विपक्षी दल नेपाल मजदुर किसान पार्टी भएको उल्लेख गर्नुभयो ।
माउन्टेन टीभी, ब्रेक एन्ड लिङ्कस न्यूज अनलाइन र संवाद चौतारीका पत्रकारहरूसँगको अलगअलग कुराकानीमा सांसद सुवालले उक्त भनाइ राख्नुभएको थियो ।
नेपाली काङ्ग्रेसले प्रम प्रचण्डलाई विश्वासको मत दिएको हुँदा अब प्रमुख प्रतिपक्षी दल दाबी गर्न नपाउने उल्लेख गर्दै सांसद सुवालले प्रतिनिधिसभाको माघ ५ गतेको बैठक अगाडि नै सभामुखको जिम्मेवारीमा रहेका ज्येष्ठ सदस्यबाट नेमकिपालाई प्रमुख विपक्षी दल तोकिनुपर्नेमा जोड दिनुभयो ।
देशको समसामयिक विषयमा चर्चा गर्दै सांसद सुवालले लप्सीफेदीमा एमसीसी सम्झौताअनुसारको विद्युत् प्रसारण लाइनको सबट्रान्समिसन स्टेसन निर्माणमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको विरोध यथावत भए पनि नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरू सहमति भइसकेको झूटा समाचार सम्प्रेषण गरिरहेकोमा स्थानीय जनताको जनगुनासो भएको उल्लेख गर्नुभयो ।
नेपालको जलविद्युत् सस्तोमा भारत पठाउने र सबस्टेसन निर्माण गर्न नदिइए काठमाडौँमा लोडसेडिङ गर्ने धम्की दिने नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरू भारतीय दलाल हुने उल्लेख गर्दै सांसद सुवालले एमसीसी सम्झौतामा बुटवलदेखि भारतको गोरखपुरसम्म विद्युत् प्रसारण लाइन निर्माण गर्ने व्यवस्था नेपालको हितमा नभएको स्पष्ट गर्नुभयो ।
काठमाडौँ–साँखु सडकको मापदण्ड ५ मिटर, ७ मिटर, ११ मिटर हुँदै अहिले १५ मिटर पु¥याइँदा स्थानीय जग्गावालाहरूलाई ठूलो मर्का परेको उल्लेख गर्दै सांसद सुवालले काठमाडौँ उपत्यकामा घर भत्काई सडक चौडा गरेर सडक जाम अन्त्य नहुने हुँदा सङ्घीय राजधानी दाङ उपत्यकामा सारेर देशको सन्तुलित विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply