मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
काठमाण्डौमा आयोजित साहित्यिक जमघटबीच जर्मनका नाटककार तथा कवि ब्रटोल्ट बे्रख्तका कविता र नाटकबारे भयो । साहित्यिक जमघट ‘बातलाबा’को दोस्रो श्रृङ्खलामा समालोचकहरुले ब्रेख्तका कविता र नाट्य चिन्तनबारे आफ्ना अध्ययन प्रस्तुत गरेका थिए भने केही कविहरुले उनका कविताहरुको नेपाली अनुवाद वाचन गरेका थिए ।
समालोचक निनु चापागाईले ब्रेख्त संसारलाई व्याख्या गर्नु भन्दा बद्ल्नु महत्वपूर्ण भएको भन्ने माक्र्सको विचारसँग निकट भएको धारणा राखे ।
‘नेपालका प्रगतिवादी साहित्यभित्रैका केही मित्रहरु आफूलाई यर्थाथवादी र अझ समाजवादी यर्थाथवादी भएको समेत स्वीकार्न गाह«ो मान्छन् । आफ्नो तर्क पुष्टि गर्न उनीहरु ब्रेख्तलाई अघि सार्छन् । तर ब्रेख्त झन बढी यर्थाथवादी भएको तथ्य उनीहरु उपेक्षा गर्छन् ।’, चापागाईले भने ।
उनले ब्रेख्तको साहित्यिक व्यक्तित्वलाई महाकाव्यिक नाटकमा मात्र सीमित राख्न नहुने धारणा राख्दै नाटकको लागि कविता लेख्ने क्रममा नै ब्रेख्तले धेरै कविताहरु लेखेको बताए ।
कार्यक्रममा कवि अभय श्रेष्ठले ब्रेख्तका कविताहरुको सबभन्दा बलियो पक्ष सरल शब्दको प्रयोग भएको बताए । ‘उनी कवितामा एक्रोबेटिक देखाउँदैनन् ।’, श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा मातृका पोखरेल, निभा शाह, स्वप्निल स्मृति, शकुन्तला जोशीलगायतका कविहरुले ब्रेख्तका कविताहरु वाचन गरेका थिए ।
Leave a Reply