मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
-ए.एस जयन्थ
सन् १८६७ को सेप्टेम्बर १४ मा जर्मनीको हमवर्ग शहरमा एक जना जर्मन दार्शनिक एवं पत्रकारले लेखेको विभिन्न खण्डमा विभाजित पुस्तक पहिलो पटक सार्वजनिक भएको थियो । त्यत्तिबेला सो पुस्तक जम्मा एक हजारप्रति मात्र प्रकाशन भएको थियो । पुस्तक विमोचन भएको आधा शताब्दीपश्चात पुस्तकले अघि सारेको राजनीतिक विचारधाराले जारकालीन रुसमा जनताको क्रान्ति गर्न प्रेरणा दियो । हजारौं माइल टाढा दक्षिण भारतको एउटा सानो राज्य केरालामा पनि त्यो क्रान्तिले एउटा गहिरो प्रभाव बसाल्यो ।
कार्ल माक्र्सले लेख्नुभएको दास क्यापिटल(पूँजी)को पहिलो खण्ड प्रकाशन भएको १५० वर्ष पुगेको खुशियाली भारतको केरालामा मनाइँदैछ । केराला भारतको एउटा माक्र्सवादी पार्टीले प्रजातान्त्रिक तरिकाबाट निर्वाचित सरकार बनाएको थोरै ठाउँमध्ये एउटा हो । कार्ल माक्र्सका मित्र फेडरिक एंगेल्सले दास क्यापिटललाई ‘कामदार वर्गको बाइबल’ को संज्ञा दिएका थिए ।
मलायाली मनोविज्ञानमा माक्र्सवादको प्रभाव एक शताब्दी पुरानो हो । ‘केराला एउटा प्रगतिशील समाजको रुपमा उदाउनुमा दास क्यापिटलको ठूलो भूमिका छ ।’ केल्युट्टान अध्ययन तथा अनुसन्धान केन्द्र कोजिकोदेका निर्देशक के.टी. कुन्हीकान्ननले भने ।
कार्ल माक्र्सको विषयमा सबभन्दा पहिलो पटक लेख्ने व्यक्ति स्वदेशाभिमानी रामाकृष्ण पिल्लाई थिए । उनले सन् १९१२ मा पहिलो पटक कार्ल माक्र्सको विषयमा लेखेका थिए । उनले लेखेको कार्ल माक्र्सको जीवनी ‘कार्ल माक्र्सिनेपाट्टी’ सन् १९१६ मा प्रकाशित भएको थियो । सामाजिक सुधारक सी. कृष्णनले पनि सन् १९१७ मा आफ्नो पत्रिका ‘मिथाभादी’मा मानवमाथि मानवको शोषण अन्त्य गर्न रुसमा माक्र्सवादी सिद्धान्तको प्रयोग भएको लेखेका थिए ।
‘नाफाको शोषणमूलक चरित्रसम्बन्धि कार्ल माक्र्सको सिद्धान्त सधैंको लागि सान्दर्भिक छ । पूँजीवाद सधैं धेरैभन्दा धेरै नाफाका लागि बाँचेको हुन्छ । कम्युनिष्ट भएको नाताले हामीले स्वास्थ्य, शिक्षा र सामाजिक हितमा जोड दिएर राजनीतिक विकल्प दिन सक्नु पर्दछ र त्यो नै हाम्रो भूमिका हो ।’
‘सामन्तवाद र पछि औद्योगिक पूँजीवादको शोषणमा परेको मानव जातिलाई मुक्त पार्ने माक्र्सवादी दर्शनले यहाँका देशभक्तहरुमाथि प्रभाव पा¥यो । ती देशभक्तहरु खासमा भारतको स्वतन्त्रता आन्दोलनका हिस्सा थिए ।’,कुन्हीकान्ननले भने । सन् १९३० को दशकमा दास क्यापिटल र माक्र्सका अरु कृतिहरु सोभियत संघको वर्कर्स विश्वविद्यालय र प्रगति प्रकाशनले अंग्रेजी भाषामा प्रकाशित ग¥यो । त्यही समयमा भारतीय राष्ट्रिय कांग्रेसमा समाजवादी धारको उदय भएको थियो । कालान्तरमा त्यही धार कम्युनिष्ट पार्टीको रुपमा अघि बढ्यो । सन् १९५७ मा त्यही शक्ति सत्तासीन बन्यो । यी सबै घटना तिनै कृतिको प्रभावबाट सम्भव भएको हो । दास क्यापिटलको पहिलो मलायालम भाषाको अनुवाद सन् १९६८ को मे ५ मा प्रकाशित भएको थियो । कार्ल माक्र्सको १५० औं जन्म दिवसको अवसर पारेर सो पुस्तक सार्वजनिक भएको थियो ।
केरालाको पहिलो कम्युनिष्ट सरकारले हासिल गरेका प्रमुख उपलब्धिहरु, जस्तै भूमिसुधार माक्र्सवादी प्रभावकै परिणाम थियो । माक्र्सवादी दर्शनले केरालाका साँस्कृतिक तथा साहित्यिक फाँटमा पनि बलियो प्रभाव पारेको छ । मानिसको दिमागमा जरा गाडेर बसेका यथास्थितिवादी चिन्तनलाई तर्कसंगत तरिकाले चिरफार गर्ने काम माक्र्सवादी प्रभावमै भएका थिए’,कुन्हीकान्ननले भने ।
भारतीय कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री विनय विश्वामको बुझाइ पनि उस्तै छ । उनले भने, ‘नाफाको शोषणमूलक चरित्रसम्बन्धि कार्ल माक्र्सको सिद्धान्त सधैंको लागि सान्दर्भिक छ । पूँजीवाद सधैं धेरैभन्दा धेरै नाफाका लागि बाँचेको हुन्छ । कम्युनिष्ट भएको नाताले हामीले स्वास्थ्य, शिक्षा र सामाजिक हितमा जोड दिएर राजनीतिक विकल्प दिन सक्नु पर्दछ र त्यो नै हाम्रो भूमिका हो ।’
विश्वामको भनाईमा अरु धेरै कुरासँगै केरालामा लागु गरिएको भूमिसुधार नीति तथा दलित एवं आदिबासीबीच भूमि वितरणबारे पुर्नविचार गर्नु वैकल्पिक राजनीतिको अभ्यास हुनसक्छ ।
‘भूमिसुधारको भावना विपरीत आज जमिनमा बाली लगाउने कामबाट बञ्चित गरिएको छ किनभने उनीहरुले ठूलो संख्यामा मानिसलाई काममा लगाइरहेका छन् र अर्थतन्त्र धानिरहेका छन् । जमिन वितरणको ढाँचा परिवर्तनसँगै आज जमिनका मालिकहरु हजारौं हजार एकड जमिन या त अरु नै कुनै कामका लागि प्रयोग गरिरहेका छन् अथवा जमिन बेचिरहेका छन् ।’, उनको भनाई छ ।
मुल स्रोतः द हिन्दु
Leave a Reply