भर्खरै :

पुँजीपतिहरूले बहुसङ्ख्यक श्रमिक जनतालाई शोषण गरिरहने

पुँजीपतिहरूले बहुसङ्ख्यक श्रमिक जनतालाई शोषण गरिरहने

चितवन, ४ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति चितवनको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा किसान भेला एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय संयोजक डिल्लीप्रसाद काफ्लेले नेमकिपा इमानदार र नैतिकताको धनी पार्टी हो भन्नुभयो । यो पुँजीवादी व्यवस्थामा जनता झन् बढी शोषणमा परेका छन्, उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “पुँजीपतिहरू संसद्मा सांसद सिट सङ्ख्या बढाएर आफ्नो हितअनुकूल नीतिनियम बनाउन लागिपर्छन् । बहुसङ्ख्यक श्रमिक जनतालाई शोषण गरिरहन चाहन्छन् ।” देश र जनताको हितको निम्ति नेमकिपा सैद्धान्तिक र राजनैतिक सङ्घर्ष गर्दै आएको उहाँले बताउनुभयो । श्रमिक जनताको हित हुने समाजवादी व्यवस्थाको निम्ति नेमकिपाले सङ्घर्ष गर्दै आइरहेको पनि उहाँले प्रस्ट पार्नुभयो ।
बारा जिल्लामा माघ २७ र २८ गते हुने नेपाल क्रान्तिकारी किसान सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन र सफल पार्न किसानहरूमा केन्द्रीय संयोजक काफ्लेले अनुरोध गर्नुभयो ।
नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालले नयाँ युवा पुस्ता पुनः सङ्गठन जागरण अभियानमा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य श्याम विसुङ्खेले नेपालको हित नचाहने शक्तिहरूकै चाहनाअनुसार कुनै पनि दलले बहुमत ल्याउन नसकेको हो भन्नुभयो । स्वाधीन र स्वतन्त्र देश नभएसम्म अस्थिर राजनीति र भद्रगोलको स्थिति भइरहने पनि उहाँले व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, युवा सङ्घका ज्ञानेन्द्र प्रजा, पदम थापामगर, विष्णु शर्मा, विद्यार्थी अर्जुन चेपाङलगायतले बोल्नुभयो ।
भेलाले पदम थापामगरको अध्यक्षतामा सात सदस्यीय नेपाल क्रान्तिकारी किसान सङ्घ चितवन जिल्ला समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *