भर्खरै :

चिनियाँ खोपको सुरक्षा र प्रभावकारी क्षमतामाथि हिलो छ्याप्तै अमेरिका

चिनियाँ खोपको सुरक्षा र प्रभावकारी क्षमतामाथि हिलो छ्याप्तै अमेरिका

हाल चीनको महामारी नियन्त्रण र प्रतिरोधसम्बन्धी नीति परिवर्तन भइरहेको छ । तैपनि, केही अमेरिकी राजनीतिज्ञ र मिडियाले मौका छोपेर चिनियाँ महामारी खोपमाथि नयाँ चरणको दोषारोपण र तथ्य कुरा बङ्ग्याउँदै महामारीको प्रतिरोधसम्बन्धी चीनको प्रयासलाई नष्ट पार्न खोजेका छन् । वास्तवमा आफ्नो देशका औषधि व्यवसायका लागि औषधि र खोपको प्रचारप्रसार गर्नुका साथै अझ बढी बिक्री गर्न सक्नु नै उनीहरूको साँचो उद्देश्य हो ।
चिनियाँ खोप राम्रो छ कि छैन ? वैज्ञानिक तथ्यमा भर पर्नुपर्छ । हाल चीन विश्वमा एकमात्र नयाँ कोरोना महामारीका बहु किसिमका प्राविधिक उत्पादन लाइन रहेको मुलुक बनेको छ । चीनले ४ वटा प्राविधिक उत्पादन लाइन समेटिएको जम्मा १३ किसिमका नयाँ कोरोना खोपको प्रयोगलाई अनुमोदन गरेको छ ।
खोप भाइरसको प्रतिरोध गर्ने सशक्त अस्त्र हो । बरू केही अमेरिकीहरूको राजनीतिक साधन होइन । केही अमेरिकी राजनीतिज्ञहरूले धेरैपटक विज्ञान र तथ्यविपरीत हुने झूटलाई दोहो¥याएका छन् । त्यसको सट्टा उनीहरूले आफ्नो महामारी प्रतिरोधात्मक समस्याको ठीक व्यवहार गर्दै छिटोभन्दा छिटो खोप अनुदान दिने आफ्नो वचन बद्धतालाई व्यवहारमा उतारेर स्वदेशका जनता र विश्व महामारी प्रतिरोधात्मक कार्यका लागि वास्तविक योगदान दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *