फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
काठमाडाँै, ५ माघ । नेपाल क्रान्तिकारी युवा सङ्घ टोखा नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा बुधबार टोखामा युवा भेला तथा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले नेपालको शिक्षा नीति उत्पादन श्रमसँग नजोड्डा युवाहरू विदेशिन र निराश हुन बाध्य भएका छन् भन्नुभयो । उहाँले देशको शिक्षा नीति साम्राज्यवादीहरूको निम्ति कामदार तयार गर्ने अखडा भएको छ, नेपालका ८० लाख युवा बाध्य भएर अमेरिका, क्यानाडा, अष्टे«लिया नभए मलेसिया वा खाडी मुलुकसम्म पसिना बगाउन गएका छन् भन्नुभयो ।
उहाँले बेलायत र अमेरिकाले विश्वका धेरैजसो देशलाई उपनिवेश बनाई शोषण र अर्थतन्त्र कब्जामा लिई बह्मलुट गरिरहेको बताउनुभयो । नेपालमा सन् १८१६ को सुगौली सन्धिपछि गोर्खा पल्टनमा बेलायतले भर्ती गर्न सुरु गरेको उल्लेख गर्दै उहाँले गोरखा भर्तीकेन्द्र खारेज गर्नुपर्छ भन्नुभयो ।
नेमकिपा नेपालको ६० जिल्लामा गई एमसीसीको विरोध गर्दा नेपाली जनता उत्साहित भएको चर्चा गर्दै उहाँले एमसीसी अमेरिकी सेना नेपालमा ल्याई छिमेकी देश चीनलाई घेराबन्दी गरी नेपाललाई युक्रेन बनाउने योजना हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ काठमाडाँै जिल्ला समितिका अध्यक्ष रमेश डंगोलले कामदार वर्गको मुक्तिको लागि युवाहरू सङ्घर्षशील हुनुपर्नेमा जोड दिँदै नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको योगदानबारे बताउनुभयो ।
नेक्रायुवासङ्घ काठमाडौँ पूर्व जिल्ला अध्यक्ष शोभालाल श्रेष्ठले नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन सङ्घर्षरत रहेको छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष आर.के.लघुले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने र १६ वर्ष पुगेका युवाहरूलाई अनिवार्य सैनिक तालिमको बन्दोबस्त गर्न आवाज बुलन्द गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ टोखा नगर समितिका अध्यक्ष विक्रम डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा रवीन्द्र डंगोल र विश्वक डंगोलले नेपाल मजदुर किसान पार्टीको स्थापनाको आधारबारे चर्चा गर्नुभयो ।
Leave a Reply