फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, ७ माघ । भक्तपुर बुक क्लवको आयोजनामा पञ्चकन्याबाट बिहीबार उद्घाटन भएको तीनदिने स्टुडेन्टस् बुक फेयर शनिबार सांस्कृतिक कार्यक्रमसहित समापन भएको छ ।
उद्घाटन कार्यक्रमसहित पहिलो दिन बिहीबार कलाकार तथा आरोहण गुरुकलका नाट्यनिर्देशक सुनिल पोखरेल, शिक्षक योगेन्द्रमान बिजुक्छँे र लेखक तथा साहित्यकार बिना थिङले नयाँ पुस्ताबिच पठन संस्कृतिको प्रवद्र्धनसम्बन्धी पुस्तक वार्ता गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो दिनको पहिलो सत्र कविता गोष्ठीमा साहित्यकार हरिहर तिमल्सिना, अभय श्रेष्ठलगायत वागीश्वरी मावि, आदर्श आजाद मावि, ब्रह्मायणी आवि, भीम आदर्श आवि तथा पुल्चोक क्याम्पसका विद्यार्थी गरी जम्मा २७ जनाको कविता वाचनका लागि डेट पोयट सोसाइटीले सहयोगी भूमिका निभाएको थियो ।
दोस्रो दिनको दोस्रो सत्रमा विना प्रजापति र कृष्णदीप सिग्देलको उपदेशमूलक कथा वाचन गरिएको थियो ।
अन्तिम दिन शनिबारको पहिलो सत्रमा जनस्वास्थ्यविद् तथा पोषणविज्ञ डा. अरुणा उप्रेतीसँग अभिभावक तथा शिशु कक्षाका शिक्षक तथा आया दिदीहरूले बालबालिकाको स्वास्थ्य र पोषणबारे अन्तरसंवाद गर्नुभएको थियो ।
उहाँले परम्परागत मौलिक खाद्य परिकार नै पोषणको उपयुक्त स्रोत रहेको बताउँदै बजारमा विज्ञापन गरिएका खाद्यान्नले स्वास्थ्यमा खराबी ल्याउने बताउनुभयो ।
करुणा बौद्ध केन्द्रका प्रिन्सिपल शान्त महर्जनले ह्यान्ड राइटिङको माध्यमबाट ज्ञानको भण्डार वृद्धि हुने बताउँदै बुद्धको उपदेशले जीवन सुखी तुल्याउने बताउनुभयो ।
समापन समारोहमा फ्रेट ब्यान्ड, एभरेष्ट इङ्गलिस सेकेन्डरी स्कूल र आस्था सांस्कृतिक परिवारले साङ्गीतिक प्रस्तुति दिएका थिए ।
सोही बुक फेयरमा वातावरण, स्वास्थ्य, इतिहास, धर्मसंस्कृति तथा कथा, कविता, निबन्ध, उपन्यास लगायत बालसाहित्यसँग सम्बन्धित पुस्तक एवं विभिन्न उमेर समूहका पुस्तकहरू नेपालभाषा र अङ्ग्रेजी साहित्यका पुस्तकहरू रहेका छन् ।
सो कार्यक्रममा विद्यार्थीले २० भन्दा बढी पुस्तकका स्टलमा १५ प्रतिशतदेखि ३० प्रतिशतभन्दा बढी पुस्तकहरूमा छुट पाएका छन् भने रू.५० देखि रु.१००० सम्मका कपडाका ब्याग झोला, नोटबुक, थैलीहरू तथा हेल्थ एन्ड एजुकेसन ग्रुपको कागजी हस्तकलाका सामानहरू विशेष छुटमा बिक्री वितरण भएको छ ।
सो मेलामा माटोको विभिन्न कला, चित्रकला, लिपि तथा कला कार्यशालाका साथै बौद्धमार्गीहरूको हस्तलेखन सूत्र प्रदर्शनी भएको छ । निःशुल्क प्रवेशको व्यवस्था भएको सो कार्यक्रममा अनुसन्धानमूलक पुस्तक पनि रहेका छन् ।
कार्यक्रमको समापन समारोहमा बुक क्लव भक्तपुरका अध्यक्ष दिनेश प्रधानले प्रदर्शनीका विज्ञापनदाता, प्रकाशक, सङ्घसंस्था, सञ्चार मेडिया र स्वयंसेवकलाई कदरपत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply