भर्खरै :

आमूल परिवर्तनको निम्ति समर्पित हुनुपर्ने

आमूल परिवर्तनको निम्ति समर्पित हुनुपर्ने

भक्तपुर, ७ माघ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ, सूर्यविनायक नगर समितिले शनिबार युवा भेलाको आयोजना ग¥यो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले देश र समाज बुझेर पुग्दैन आमूल परिवर्तनको निम्ति समर्पित हुनुपर्ने भनाइ राख्नुभयो ।
भारतीय विस्तारवाद तथा भारतीय एकाधिकार पुँजीको समर्थन गर्ने राजनीतिक पार्टीहरूले सत्ता कब्जा गरेको भन्दै केन्द्रीय सदस्य गोसाईले त्यस्तो अवस्थाको अन्त्य नभएसम्म देशका जनता स्वतन्त्र तथा स्वाधीन हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य गोसाईले बोलीवचन र व्यवहारमा तादात्म्य मिल्नुपर्ने भन्दै युवा सङ्घको विधानमा उल्लिखित अनुशासनका कुरा व्यवहारमा लागु गर्न गम्भीर हुनुपर्ने भनाइ राख्नुभयो ।
नेमकिपा, सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले युवा भनेको उमेरभन्दा विचार हो भन्दै परिवर्तनको पक्षमा लड्ने सबै युवा हुने उल्लेख गर्नुभयो ।
नेक्रायुसङ्घ, सूर्यविनायक नगर समितिका अध्यक्ष रोशन मचामसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्रायुसङ्घ, भक्तपुर जिल्ला समितिका उपाध्यक्ष राजकुमार लघु र लक्ष्मीप्रसाद सुवालले पनि आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *