भर्खरै :

भक्तपुर जिल्ला तेक्वान्दो सङ्घको ग्रेडिङ तथा सम्मान कार्यक्रम

भक्तपुर जिल्ला तेक्वान्दो सङ्घको ग्रेडिङ तथा सम्मान कार्यक्रम

भक्तपुर, ७ माघ । भक्तपुर जिल्ला तेक्वान्दो सङ्घको सिनियरतर्फ रेड–ब्ल्याक, ब्ल्याक बेल्ट, प्रथम डानको ग्रेडिङ सम्पन्न भएको छ । सो कार्यक्रममा अतिथि प्राध्यापक रत्नमान शेखदेवले भारतको नयाँदिल्लीमा सम्पन्न डोरटी अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२२–२०२३ मा भक्तपुर जिल्लाको तर्फबाट भाग लिई प्रथम हुनुभएका किरण सितिखुलाई सम्मान पत्र तथा टीसर्त वितरण गर्नुभयो ।
सो ग्रेडिङमा रेड–ब्ल्याक बेल्टतर्फ १७, ब्ल्याक बेल्टतर्फ २० जना गरी जम्मा ३७ जनाको सहभागिता थियो भने ग्रेडिङमा उत्कृष्ट भएका सुदर्शन मगर र रूपेन्द्र पुनलाई भक्तपुर जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष एवम् सभापति श्याम तजलेले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
सो कार्यक्रममा उपाध्यक्ष राजेश कुसी सदस्य जीवन छुस्याबागले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *