भर्खरै :

नेमकिपाले लडाइँको मैदान छोड्दैन !

नेमकिपाले लडाइँको मैदान छोड्दैन !

सभामुख महोदय,
आज यस गरिमामय सदनमा
कुन दलले कसरी आ–आफ्नो कर्तव्य
पालना गरेको बारे
गम्भीर जिज्ञासा र छलफल हुँदै छ
भित्र र सडक बाहिर !

ठूला दलहरू आपसमा
वाक्युद्ध सँगसँगै आसनका
डेक्सहरूमा समेत
जुत्ताले कुल्चँदै शारीरिक
बलको प्रदर्शन गर्दै थिए–
मानौँ भरी सभामा
चीर हरणजस्तै द्रौपतीको
सबै मान्यजन र वीरहरू
लाचार छाया देखिँदै थिए… ।

तब नेमकिपाले आह्वान ग¥यो
कुस्ती खेल्ने भए कोही पक्ष
जाऔँ सदनको आँगनमा
अखाडा बनाऔँ मुक्का र
कुस्तीकोमा जाऊन् उतै !
होइन तर्क र सिद्धान्तले
मन र मस्तिष्कले विचारले त हो
भने आऔँ छलफल गरौँ !

सभामुख महोदय,
देशमा विचार र मर्मको
होइन बन्दुकको खेल
भइरहँदा हिमाल, पहाड र तराईमा !
नेमकिपाका कार्यकर्ताहरूलाई
पद र पैसाको लोभ
देखाउँदै थिए, बलशालीहरू !
पहाड–हिमाल र तराईमा
नेमकिपा एक्लै
व्यक्तिहत्याको विरोधमा
रगतको होलिको विरोधमा थियो
विदेशको प्रभावमा
सिद्धान्त र तर्क, देशमा
हार्दै थियो ।
त्यसबेला सदन र सडकमा
नेमकिपा एक्लै थियो
विस्तारवादको विरोधमा
र बोकाइएको बन्दुकको विरोधमा !

एक डेढ वर्षपछि साथीहरू
नेमकिपाका, गोठहरूमा
दुर्गम जुम्लाका भँेडा पालकहरूमा !
रोए आँसु झार्दै र मायाले भने–
हामीले सिद्धान्त छोडेनौँ बन्दुकको
अगाडि पछाडि आतङ्कसँग !
किन आएनौ नेताहरू जिल्लाका ?
धोखा दिँदा नेताहरूले सिद्धान्त छोड्दा ?
पद र पैसामा बिक्दा ?
हामी घण्टी झुन्ड्याइएका भेँडा मर्दा
तुरुन्तै अर्कोलाई घण्टी झुन्ड्याउँछौ !
नाइके भेँडा बनाउँथ्यौ, तिमीहरू
डराउने शत्रुहरूसँग ?
माफी माग्ने कार्यकर्ता जनतासँग
पुनः फर्के साहस लिएर
सदनमा फर्कन सङ्घर्षको निम्ति !

सभामुख महोदय,
जब विधेयक, नीति वा अन्य
विषयमा निर्णय लिनुपर्दा
छलफलबाट जोगिन
सत्ता पक्ष जोसुकैले
बिनागणपुरक सङ्ख्यालाई मिची
पुनः द्रौपतीको चीर हरणलाई
सम्झँदै नेमकिपाले मात्रै
हो, नेमकिपाले मात्रै
विरोधको आवाज उठाउँथ्यो
र पुनःपुनः घण्टी बजाएर
शासक दलहरू गणपुरक
पु¥याउन बाध्य पारिन्थ्यो !

त्यसबेला शासक दलहरू लाचार हुन्थे
सदनमा प्रमुख प्रतिपक्ष भन्नेहरू
मुसाजस्तै दुलोमा खोज्नु पर्दथ्यो !

सभामुख महोदय,
सदनको चीर हरण जोगाउने
कृष्ण त नेमकिपा नै हुन्थे तीन चार !

नेमकिपा नै किन अगाडि ?
सभामुख महोदय !
नेमकिपाले जनतामा प्रतिज्ञा
गरेको थियो– घोषणापत्रमा, निर्वाचनको पत्रमा !
निर्भयसाथ नेमकिपा लड्नेछ
भित्र र बाहिर सदनको
आफ्नो कर्तव्य पुरा गर्नेछ
पद र पैसाको निम्ति होइन
जनताको विश्वासलाई शिरोपर गर्दै
धरती र आकाशलाई साक्षी राखौँ
कर्तव्यच्युतहरूसँग
हाँक दिँदै नेमकिपा एक्लै बढ्छ, एक्लै !
हो, सँगै बढ्न आह्वान गर्दा
एमसीसी होस् वा नागरिकता विधेयक ?
महाकाली सन्धिको विरोधमा वा अन्य
कोही आएन भने
नेमकिपा एक्लै हिँड्छ
जनताकै रगत र पसिनाको
भरमा एक्लै बढ्छ !
हरेक रात आकाशमा
तारा चम्केजस्तै
देशको आकाशमा
नेमकिपा चम्कनेछ !
नेमकिपाले लडाइँको मैदान छोड्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *