भर्खरै :

कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गर्ने दल नेमकिपा

कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गर्ने दल नेमकिपा

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दशकाँै बितिसकेको छ । तर, कम्युनिस्टको सिद्धान्त र विचार वा समाजवादी प्रचार खासै भएन । कम्युनिस्ट भनिने पार्टीहरूको समाजवादप्रति जति विश्वास हुनुपर्ने थियो, त्यो भएन । देशमा नेपाल मजदुर किसान पार्टी नभएको भए न कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार प्रचार हुन्थ्यो, न त कुनै समाजवादी अभियान नै हुन्थ्यो । नेमकिपाले समाजवादी प्रचार अभियानको क्रममा समाजवादी देशका गातिविधिहरू र समाजवादी देशको अवधारणासम्बन्धी लेखहरू प्रचार ग¥यो, ग्रन्थहरू प्रकाशन ग¥यो । नेमकिपाले विस्तारवाद, साम्राज्यवाद, उपनिवेशवादविरोधी गातिविधिको पुस्तक र पत्रिकामार्फत प्रचार प्रसार गरेर जनतालाई सुसूचित पार्ने काम ग¥यो । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, जनवादी गणतन्त्र चीन, समाजवादी देश क्युवा र रुसको विधान प्रकाशन गर्ने काम नेमकिपाले ग¥यो । अन्य कम्युनिस्ट पार्टीहरू जसरी भए पनि पुँजीवादी पार्टीमा सामेल हुने र सरकारको नेतृत्व गर्ने तरखरमा लागे । यसले गर्दा नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टी कमजोर रह्यो ।
प्रजग कोरिया र क्युवामाथिको संयुक्त राज्य अमेरिकाले गरेको नाकाबन्दीको निरन्तर विरोध गर्ने, विरोधमा सङ्घर्ष गर्ने दल नेमकिपा नै हो । अरु देशमाथि आक्रमण गर्ने, हस्तक्षेप गर्ने, दमन गर्ने, अरु देशका शासकहरूलाई नचाउने कार्यको नेमकिपाले सदा विरोध ग¥यो, गरिरहेको छ । नेमकिपाले समाजवादी गणतन्त्रको नारा दियो । समाजवाद नै कामदार जनताको हित हुने वास्तविक व्यवस्था हो भन्ने कुरा नेमकिपाका नेता तथा कार्यकर्ताहरूले जनतालाई बुझाउने काम गरे ।
समाजवादउन्मुख संविधान बनाउनुपर्छ भन्ने माग नेमकिपाको हो । नेमकिपाले निजीकरणको विरोध ग¥यो । विश्वव्यापीकरणको विरोधमा पनि नेमकिपा अगाडि रह्यो । नेमकिपाले समाजवाद र पुँजीवादको भेदबारे बताउँदै आयो । नेमकिपाको छैटौँ महाधिवेशनले जनताको प्रजातन्त्रको कार्यदिशा तयार ग¥यो । साम्राज्यवादी देश, विस्तारवादी देश र पुँजीवादी पार्टीहरू सक्रिय भइरहेको बेला राष्ट्रिय पुँजीपतिवर्ग, प्रगतिशील तथा देशभक्त जनता एक भई मजदुर र किसानको नेतृत्वमा नेमकिपाले सार्वभौमिकता, स्वाधीनता र अखण्डताको रक्षा गर्न संयुक्त सङ्घर्ष अघि बढाउनुपर्ने माग अघि सा¥यो । जनताको प्रजातन्त्रको निम्ति न्यायप्रेमी जनता एकत्रित हुनुपर्छ भन्ने नेमकिपाको आवाज थियो । समाजवादी व्यवस्था स्थापना गर्न जनताको प्रजातन्त्र सङ्घर्षको पहिलो खुड्किलो थियो । यो नेपाली क्रान्तिको सही मार्ग हो । यो पुँजीवादी प्रजातन्त्रको अर्को विकल्प पनि हो ।
२०१७ सालदेखि २०३१ सालसम्म नेमकिपाले बाग्मती, नारायणी र जनकपुर अञ्चलमा किसान सङ्घर्ष अघि बढायो र भेरी र कर्णालीमा पार्टी सङ्गठन विस्तार ग¥यो । २०३१ देखि २०३६ सालसम्म कम्युनिस्ट घटकहरूसँग मिलेर वामपन्थी आन्दोलन अघि बढाउन नेमकिपा सक्रिय रह्यो । २०३६ देखि २०४६ सालसम्म प्रजातन्त्र पुनःस्थापनाको निम्ति वामपन्थी र नेकाको संयुक्त सङ्घर्षमा भएको आन्दोलनमा नेमकिपा सक्रिय रह्यो । २०४७ देखि २०६३ सालसम्मको अवधिमा संसद् र सडकमा कामदार वर्गको पक्षमा नेमकिपा सङ्घर्ष रह्यो । त्यसपछि नेमकिपा विदेशमा सम्पत्ति राख्न नपाउने, सम्पत्तिको सीमा तोक्नुपर्ने असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने, देशघाती नागरिकता विधेयक खारेज गर्नुपर्ने र देशको स्वाधीनता र सार्वभौम देशमा आँच पुग्ने खालको एमसीसी सम्झौता खारेज गर्नुपर्नेतर्फ नेमकिपा केन्द्रित रह्यो । यसरी नेमकिपाले स्थापनाकालदेखि देश र जनताको पक्षमा आवाज बुलन्द गरिरहेको छ र गर्दै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *