भर्खरै :

वसन्त चाडमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भिडियोमार्फत चिनियाँ जनतालाई शुभकामना व्यक्त

वसन्त चाडमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भिडियोमार्फत चिनियाँ जनतालाई शुभकामना व्यक्त

पेइचिङ, २० जनवरी (सीआरआई) । आज बिहान राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनबाट भिडियोमार्फत चीनका है लौङ च्याङ प्रान्त, फुच्यान प्रान्त, सिनच्याङ प्रान्त, हनान प्रान्त, स छ्वान प्रान्त र पैचिङ आदि ठाउँका सर्वसाधारण चिनियाँहरूलाई वसन्त चाडको शुभकामना दिनुभएको थियो । उहाँले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको तर्फबाट महामारीको प्रतिरोध गर्दै अग्रपङ्क्तिमा रहेका डाक्टर र नर्सहरू, सामाजिक कल्याणकारी प्रतिष्ठानका वृद्धवृद्धाहरू, ऊर्जा स्रोत आपूर्ति व्यवसायका कर्मचारीहरू, उच्च रेल स्टेशनका कर्मचारीहरू, कृषि उत्पादन बजारका व्यापारीहरू र ग्रामीण क्षेत्रका गाउँलेहरूलाई भिडियोबाट हाल खबर सोध्नुहुँदै वसन्त चाडको शुभकामना दिनुभएको छ ।
त्यस्तै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्ले आज बिहान जन बृहत् सभा भवनमा सन् २०२३ वसन्त चाड समारोहको आयोजना गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले समारोहलाई सम्बोधन गर्दै केन्द्रीय समिति र राज्य परिषद्को तर्फबाट देशभरका विभिन्न जातिका जनता, हङकङ विशेष प्रशासनिक क्षेत्रका देशबन्धु, मकाउ विशेष प्रशासनिक क्षेत्रका देशबन्धु, थाइवान देशबन्धु र विदेशमा रहेका चिनियाँ प्रवासीहरूलाई वसन्त चाडको शुभकामना दिनुभएको छ ।
आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले बित्न लागेको बाघ वर्ष चिनियाँ पार्टी र देशको विकास इतिहासमा रहेको निकै महत्वपूर्ण वर्ष हो भन्दै निकै जटिल अन्तर्राष्ट्रिय वातावरण र देशभित्र रहेका कठिन सुधार विकास र स्थिर कार्यभारको सामना गर्दा समस्त पार्टी, सेना र विभिन्न जातिका जनताहरूले एकताबद्ध भएर कठिनाइलाई जिती दृढताका साथ समाजवादी आधुनिकीकरण निर्माणको नयाँ अध्याय उघारेको कुरामा जोड दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *