भोटेकोसी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
- भाद्र १४, २०८३
सुर्खेत, ८ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवस (माघ १०) को अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा नेमकिपा सुर्खेत जिल्ला समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना ग¥यो ।
पार्टी स्थापनाको ४९ औँ वर्षमा प्रवेश गरेको जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाटमा भनपाका प्रमुख प्रजापतिले नेपालको कानुनअनुसार नेमकिपा प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष दल हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाका सभामुख ज्येष्ठ सदस्य पशुपतिशमशेर राणा र संसद सचिवालयमा प्रतिनिधिसभा बैठक अगाडि नै नेमकिपालाई कानुनबमोजिम प्रमुख विपक्ष दल तोकिदिन ताकेता गरिसक्नुभएको उहाँले अवगत गराउनुभयो ।
प्रतिपक्षविहीन सरकार निरङ्कुश हुने र बलियो प्रतिपक्षले प्रजातन्त्रको सुदृढीकरण सुनिश्चित हुने बताउँदै नेता प्रजापतिले नेमकिपा पश्चिमेली प्रजातन्त्रको विपक्षमा र पुर्वेली प्रजातन्त्रको पक्षमा रहेको बताउनुभयो ।
समाजवाद कामदार वर्गको हित हुने राज्य व्यवस्था भएको उल्लेख गर्दै उहाँले यो शान्तिपूर्ण सङ्घर्षले नभई सशस्त्र सङ्घर्षले स्थापना गर्न सम्भव हुने बताउनुभयो ।
एमाले, काङ्ग्रेस र माओवादीहरू एउटै पदचापमा हिँडिरहेको उनीहरूको व्यवहारबाट प्रस्ट भएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “पुँजीवादी फोहोरी खेलमा यी शासक दलहरू एकै ठाउँमा छन् ।”
संसद्मा प्रस्तुत हुने जनविरोधी विधेयक रोक्न, विभिन्न देशघाती सन्धिसम्झौताहरू रोक्न नेमकिपाले आफ्नो प्रतिबद्धताअनुसार संसददेखि सडकसम्म प्रखर प्रतिपक्षको भूमिका इमानदारीपूर्वक निभाउँदै आएको बताउँदै केन्द्रीय सदस्य प्रजापतिले एमसीसी, एसपीपी र नागरिकता विधेयकको विरोध नगर्ने राजनीतिक पार्टीहरू देशभक्त नहुने स्पष्ट पार्नुभयो ।
पत्रकार तथा सहभागीहरूले राखेको जिज्ञासामाथि प्रस्ट पार्दैै उहाँले राजनीति जनताको सेवा गर्ने हुुनुपर्नेमा शासक दलले राज्यको शक्ति दुरुपयोग गरी चुनाव जित्ने र राजनीतिलाई व्यापार गर्ने थलोको रूपमा विकास गरिरहेको बताउनुभयो । तीन प्रतिशत थ्रेसहोल्ड खारेज हुनुपर्नेमा नेमकिपाले निरन्तर आवाज उठाउँदै आएको उहाँले प्रस्ट पार्नुभयो ।
भक्तपुर नपाले समाजवादी मोडलअनुरुप शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक जनतालाई हित हुने गतिविधि सञ्चालन गर्दै आएको बताउँदै उहाँले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको पर्खाइमा रहेको बताउनुभयो ।
उहाँले बिहान भएको सुर्खेतको छिन्चुदेखि सदरमुकाम वीरेन्द्रनगरतर्फ आउँदै गर्दा झुप्राखोला नजिक भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाएका मृतकहरूप्रति समवेदना प्रकट गर्नुभयो ।
नेमकिपा सुर्खेत जिल्ला समितिका अध्यक्ष हरिबहादुर बोहराको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा सुर्खेत जिल्ला समितिका उपाध्यक्ष प्रेमकुमार थापा र सचिव धनेन्द्र वि.क. ले पनि बोल्नुभएको थियो ।
Leave a Reply