परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
भक्तपुर, ८ माघ । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका वडा न. २ एकाइ समितिको आयोजनामा एक कार्यक्रम भयो ।
पार्टीको स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले नेमकिपा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने दल भएको चर्चा गर्दै प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत ल्याएको मतसीमा खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
सन् १९५० को असमान सन्धि सन्धि खारेज गर्नुपर्नेमा जोड दिँदै सांसद सुवालले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो, कालापानीमा रहेको भारतीय सेना विनासर्त फर्काउनुपर्छ भन्नुभयो ।
कमिसन खान पल्केका नेताहरूको कारण नेपालमा रासायनिक मल कारखाना खोल्न नचाहेको स्पष्ट पार्दै उहाँले सरकारले मावि तहसम्म निःशुल्क र अनिवार्य शिक्षा तथा उच्च शिक्षा निःशुल्क गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयकविरूद्ध सङ्घर्ष चालु राख्नुपर्ने आवश्यकताबारे चर्चा गर्दै सांसद सुवालले अग्रज कार्यकर्ताहरबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो ।
सभामा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष एवं जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोजूले जिल्ला–जिल्लामा भएको किसान आन्दोलनबारे उल्लेख गर्दै भ्रष्टाचारविरोधी आन्दोलन, बाली काट्ने आन्दोलन र मोहियानी हक सुरक्षा आन्दोलनबारे प्रकाश पार्नुभयो ।
गोविन्दराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा गणेशराम सुवाल, लक्ष्मीप्रसाद तजले र विक्रम थापाले पनि बोल्नुभएको थियो ।
Leave a Reply