परिवर्तित समयमा अभिभावकहरूको दायित्व विषयमा बृहत् छलफल
- जेष्ठ १२, २०८३
भक्तपुर, ८ माघ । नेपाल क्रान्तिकारी महिला सङ्घ, सूर्यविनायक नगर समिति, वडा नं १० एकाइ समितिको आयोजनामा शनिबार विचार गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले देशको आमूल परिवर्तनको जग कामदार वर्गका महिलाको राजनीतिक चेतनास्तरमा अडिएको हुन्छ भन्नुभयो ।
उहाँले समाज विकासको निम्ति महिला शिक्षित र सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै कामदार वर्गका महिलालाई शिक्षित गर्ने जिम्मेवारी क्रान्तिकारी महिला सङ्गठनको हुने धारणा राख्नुभयो ।
नेमकिपाले महिला आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोड्नुपर्ने विचार राख्दै उहाँले महिला आन्दोलन लैङ्गिक आन्दोलनमात्र होइन भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैँया सुवालले महिलाको समस्या समाधानको निम्ति महिलामात्र सचेत भएर नपुग्ने विचार राख्नुभयो ।
नेमकिपा, सूनपाका अध्यक्ष सूर्यभक्त त्वातीले नेमकिपाले देशको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको विचार राख्नुभयो ।
कार्यक्रममा मनशोभा त्वातीले पनि आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रममा स्थानीय विद्यार्थीबिच अन्तरक्रिया पनि भएको थियो ।
Leave a Reply