भर्खरै :

फ्रान्सेली सेनालाई देश छाड्न बुर्किनाफासोको अनुरोध

फ्रान्सेली सेनालाई देश छाड्न बुर्किनाफासोको अनुरोध

ओउगाडोउगु, ८ माघ (सिन्हरवा) । बुर्किनाफासो सरकारले फ्रान्ससँगको सैन्य सम्झौता रद्द गर्दै आफ्नो देशमा रहेका फ्रान्सेली सेनालाई घर फर्कन अनुरोध गरेको छ ।
एक महिनाको अविधिमा फ्रान्सेली सेनालाई आफ्नो देश फर्कन सरकारले अनुरोध गरेको सरकारी समाचार समिति एआइबीले जनाएको छ । गत बुधबार सरकारले २०१८ को डिसेम्बर १७ मा फ्रान्ससँग गरेको सम्झौता रद्द गरेको हो ।
बुर्किनाफासोका नागरिकले फ्रान्सेली सेना फिर्ता हुनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । गत शुक्रबार हजारौँ प्रदर्शनकारीले राजधानी ओउगाडोउगुमा फ्रान्सेली राजदूत र उनको देशका सैनिक फिर्ता हुनुपर्ने मागका साथ विरोध प्रदर्शन गरेका थिए । राजधानी ओउगाडोउगु बाहिरको उत्तरपूर्वी भागमा फ्रान्सेली सैनिक तैनाथ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *