भर्खरै :

वैश्विक नाटो रणनीतिको केन्द्रबिन्दु : एसिया–प्रशान्त क्षेत्र

वैश्विक नाटो रणनीतिको केन्द्रबिन्दु : एसिया–प्रशान्त क्षेत्र

(नाटोलाई विश्वव्यापीकरण गर्ने अमेरिकी नीतिको कारणले विश्वमा शान्ति र स्थायित्वमा पारेको नकारात्मक असरबारे थाहा पाउन चाहने जिज्ञासुको लागि जिन लिङद्वारा लिखित यस अनुवादित लेख उपयोगी हुनेछ)

हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिकाको रणनीतिक प्राथमिकताहरू परिवर्तन भएकाले नाटोको सङ्कट व्यवस्थापन प्रयासहरू महाशक्तिको खेलमा स्थानान्तरण भएको छ । भूराजनीतिक प्राथमिकताका आधारमा यसको ध्यान एसिया–प्रशान्त क्षेत्रमा केन्द्रित भएको छ । सैन्य नियन्त्रण क्षमता सुधार नीतिले सङ्कट व्यवस्थापन नीतिको ठाउँ लिनेछ । यद्यपि, कथित मानवअधिकार, लोकतन्त्र र कानुनको शासनजस्ता यसले प्रवद्र्धन गर्ने आदर्शहरू भित्रैबाट खोक्रो हुँदा नाटोले आफू भित्रैबाट सुरक्षा चुनौतीहरूको सामना गरिरहेको छ । आधिपत्यवादी तर्कअन्तर्गत बलपूर्वक कार्यान्वयन गरिएको वा आफ्ना सहयोगीहरूलाई आफ्नो रथमा बाँधेर निर्माण गरिएको विशेष गठबन्धनहरूबाट संयुक्त राज्य अमेरिकाको सक्रिय हस्तक्षेपवादले शान्ति वा सुरक्षा ल्याउन सक्दैन ।
शीतयुद्धपछि वैश्विक नाटोले अमेरिकी आधिपत्य जोगाउनेछ !
नाटोको तथाकथित ‘वैश्विक साझेदारी’ को स्थापनापछि वैश्विक नाटोको अवधारणा, दायरा र कार्य प्राथमिकताहरूलाई सङ्कट व्यवस्थापन, द्वन्द्व रोकथाम र राष्ट्र निर्माणको माध्यमबाट विश्वमा पश्चिमी मोडेल निर्यात गर्ने प्रारम्भिक उद्देश्यलाई निरन्तर समायोजन गरिँदै छन् । वैश्विक नाटोको विकास अन्तर्राष्ट्रिय वातावरणसँग नजिकको सम्बन्ध छ र यसको आधिपत्य कायम राख्नुले संयुक्त राज्य अमेरिकाको रणनीतिक नियत झल्काउँछ ।
सन् २००३ मा अफगानिस्तानमा नाटोले ‘अन्तर्राष्ट्रिय सुरक्षा सहायता बल’ को स्थान लिएपछि सैन्य र नागरिक क्षेत्रहरूको विस्तृत दायरालाई बचाउ गर्दै यसको कार्य विश्वव्यापीरूपमा फैलाएको छ । सन् २००५ मा नाटोका तत्कालीन महासचिव जाप डि हुप सेफरले नाटोले पहिले नै क्षेत्राधिकार बाहिर गएको कुरा बताउनुभएको थियो । यसले अन्य चासो राख्ने देशहरूसँगको सहयोगलाई बलियो बनाउन आवश्यक छ र विश्वव्यापी साझेदारहरूसँग गठबन्धन स्थापना गर्नुपर्छ ।
यस पृष्ठभूमिमा २००६ मा रिगा शिखर सम्मेलन नाटोको विश्वव्यापी विस्तारको लागि एक महत्र्वपूर्ण मोड थियो । अमेरिका र बेलायतले संयुक्तरूपमा नाटो र अन्य प्रजातान्त्रिक देशहरूबिच संवाद विस्तार गर्न मञ्चको लागि विश्वव्यापी साझेदारी निर्माण गर्न प्रस्ताव गरेका थिए । पछि नाटोको रणनीतिक अवधारणा २०१० ले सङ्कट व्यवस्थापन र साझेदारीको महत्र्वलाई प्रकाश पा¥यो । नाटोभन्दा बाहिरको सङ्कट र द्वन्द्वले गठबन्धनको क्षेत्र र सुरक्षामा प्रत्यक्ष खतरा हुनसक्छ भन्ने कुरा औँल्यायो । नाटो सङ्कट रोकथाम र व्यवस्थापनका साथै द्वन्द्वपछिको स्थायित्वको लागि बन्दरगाह र सम्भव भएसम्म आवश्यक हुँदा पुनर्निर्माणमा सहभागी हुनुपर्ने उल्लेख गरियो ।
शीतयुद्धपछि दुई दशकमा नाटो क्षेत्रीय सामूहिक सुरक्षा सङ्गठनबाट विश्वव्यापी राजनीतिक र सुरक्षा संस्थामा परिणत भएको छ । यसको परम्परागत रक्षा र नियन्त्रण क्षमताले सङ्कट व्यवस्थापन क्षमतालाई मार्गप्रशस्त गरेकोे छ । यसको नेटवर्क पनि परम्परागत गठबन्धन ढाँचाबाट तोडिएको छ र यसले विश्वव्यापी साझेदारी सञ्जाल निर्माण गर्न खोजेको छ जुन युरो–एट्लान्टिक क्षेत्रभन्दा बाहिरका क्षेत्रहरू र एसिया–प्रशान्त क्षेत्रमा फैलिएको छ । नाटोको विश्वव्यापी रूपान्तरणले शीतयुद्धपछि वैधानिकता खोज्ने प्रयासहरू र आफ्नो वर्चस्व कायम राख्न अमेरिकाका आवश्यकताहरू पूरा गर्ने आधारभूत विशेषताहरू प्रतिबिम्बित गर्दछ । व्यावहारिक परिप्रेक्ष्यमा नाटोको रूपान्तरण र संयुक्त राज्य अमेरिकाको आधिपत्यको उद्देश्य पूरा गर्ने यसको मिसन अफगानिस्तानमा नाटोको आतङ्कवादविरोधी अभियानलाई राष्ट्र निर्माणको प्रक्रियासँग जोड्दा २०२१ मा ‘काबुलको पतन’ सँग स्पष्टरूपमा देखाइएको छ ।
एसिया प्यासिफिकमा विश्वव्यापी नाटोको प्रक्रिया र कारण
ओबामाको रणनीतिक पूर्वतिर स्थानान्तरण भएदेखि संयुक्त राज्य अमेरिकाले आफ्नो विश्वव्यापी रणनीतिलाई एसिया–प्रशान्त क्षेत्रमा क्रमिकरूपमा परिवर्तन गरेको छ जुन हालैका वर्षहरूमा नाटोको रूपान्तरणमा स्पष्टरूपमा देखिएको छ । पछिल्लो नाटो रणनीतिक अवधारणा २०२२ ले इन्डो–प्यासिफिक क्षेत्रको अवस्थाले युरो–एट्लान्टिक सुरक्षालाई प्रत्यक्ष असर गर्छ र नाटोले अन्तरक्षेत्रीय चुनौतीहरूलाई सम्बोधन गर्न र सुरक्षा चासोलाई सम्बोधन गर्न दुवै नयाँ र विद्यमान क्षेत्रीय साझेदारहरूसँग वार्ता र सहयोगलाई बलियो बनाउनेछ भनी औँल्याएको छ ।
नाटोको विश्वव्यापी साझेदारको रूपमा एसिया–प्रशान्त देशहरूको भूमिका बढ्दो छ । नाटो र जापानबिचको वार्ता र सहयोग सन् १९९० को हो । न्युजिल्यान्डले सन् २००१ मा नाटोसँग र २००५ मा दक्षिण कोरिया र अष्ट्रेलियासँग संवाद र सहयोग स्थापना गरेको थियो । नाटोले २०१६ देखि एसिया–प्रशान्त क्षेत्रका चार साझेदारहरूसँग आफ्नो राजनीतिक सम्पर्कलाई उल्लेखनीयरूपमा सुदृढ बनाएको छ । डिसेम्बर २०१६ मा नाटोले ब्रसेल्समा चार एसिया–प्रशान्त देशहरूसँग आफ्नो पहिलो औपचारिक बैठक आयोजना ग¥यो जसले उनीहरूको सहयोगलाई संस्थागत ग¥यो । डिसेम्बर २०२० मा चार देशका विदेश मन्त्रीहरूले पहिलो पटक नाटो विदेश मन्त्रीहरूको बैठकमा शक्तिको विश्वव्यापी सन्तुलन र चीनको उदयबारे छलफलमा भाग लिएको थियो । मे २०२२ मा नाटो सैन्य समितिले अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र न्यूजील्याण्डका रक्षा मन्त्रीहरूलाई आफ्नो प्रमुख रक्षा सम्मेलनमा आमन्त्रित ग¥यो । रणनीतिक प्रतिस्पर्धाको युगमा समान विचारधारा भएका देशहरूसँग नजिकबाट काम गर्ने लक्ष्यका साथ नाटो सदस्यहरूले जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजील्यान्डलाई नाटो शिखर सम्मेलनमा आमन्त्रित गरे ।
नाटोले एसिया–प्रशान्त क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्ने क्रममा चीनलाई निस्सन्देह लक्ष्य बनाएको छ । नाटोले आफ्नो २०१९ लन्डन शिखर सम्मेलनमा चीनको बढ्दो प्रभाव र सैन्य शक्तिलाई सम्बोधन गर्न अझ धेरै कार्य गर्नुपर्ने कुरा स्पष्ट ग¥यो । नाटो २०३० सुधार एजेन्डाले चीन महाशक्ति हुँदा उत्पन्न हुने कठिनाइलाई थप जोड दिएको छ । प्रतिवेदनअनुसार चीनलाई आर्थिक शक्ति वा एसियाली फोकस भएको सुरक्षा पात्रको रूपमा मात्र हेरिनु हुँदैन बरु लोकतान्त्रिक समाजका लागि गम्भीर खतराको रूपमा हेरिनुपर्छ । २०२२ मा चीनले पहिलोपटक युरो–एट्लान्टिक सुरक्षालाई चुनौतीहरू खडा गरेको आरोप म्याड्रिडमा भएको नाटो शिखर सम्मेलनमा लगाएको थियो ।
एसिया–प्रशान्त क्षेत्रमा विश्वव्यापी नाटोको ध्यान चीनप्रतिको अमेरिकी नीतिसँग मिल्दोजुल्दो छ । बाइडेन प्रशासनले कार्यालय सुरु गरेदेखि नाटोको नीति बारम्बार एसिया–प्रशान्त क्षेत्रमा सरेको छ र लोकतन्त्रविरुद्ध निरङ्कुशको तर्कलाई पछ्याएको छ । चीनको उदयलाई रोक्नको लागि यसले जापान, भारत र अष्ट्रेलियासँग ‘क्वाड’ सहकार्यलाई औपचारिकता दिएको छ र ‘चतुर्भुज’ ढाँचालाई आफ्नो इन्डो–प्यासिफिक नीतिको आधारशिला बनाएको छ । यसले चीनको उदयलाई रोक्न युरोपेली र इन्डो–प्यासिफिक सहयोगीहरूलाई एकसाथ ल्याउने प्रयासमा बेलायत र अष्ट्रेलियासँग अकस त्रिपक्षीय सुरक्षा सम्झौता सिर्जना ग¥यो । नयाँ नाटो रणनीतिक अवधारणाले वैचारिक द्वन्द्वलाई अझ बढी जोड दिन्छ । यो प्रायः चीनको बारेमा अमेरिकी रणनीतिक दृष्टिकोणसँग मिल्छ ।
एसिया प्यासिफिकमा केन्द्रित हुने वैश्विक नाटो पछाडि अन्तर्निहित अन्तरविरोधहरू
नाटोले आफ्नो वैश्विक रूपान्तरणको अवधिभर आफ्नो सदस्यता विस्तार गर्दै छ र यसको तथाकथित सुरक्षा चिन्ता पनि लिइरहेको छ । विशिष्ट युरो–एट्लान्टिक क्षेत्रभन्दा धेरै टाढा जाँदै नाटोको प्रभाव अब कुनै नै कुनै तरिकाले सम्पूर्ण विश्वमा फैलिएको छ । यस्तो समयमा यसको सुरक्षा धारणा अत्यधिक सामान्य भइरहेको छ । यसले पारम्परिक सुरक्षा चुनौतीहरूको अतिरिक्त गैर–परम्परागत सुरक्षा मुद्दाहरूलाई सकेसम्म जोड्दछ ।
पहिलो, नाटोको वैश्विक रूपान्तरणको सार भनेको अमेरिकी आधिपत्यको सेवा गर्नु र पश्चिमा आधारित अन्तर्राष्ट्रिय प्रणालीलाई जीवित राख्नु हो । यद्यपि, नाटोको विश्वव्यापी रूपान्तरणले पश्चिम केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीले एक शताब्दीमा नदेखिएका आन्तरिक र बाह्य चुनौतीहरूको सामना गरिरहेको छ । एकातिर शक्ति सन्तुलनको संरचनात्मक परिवर्तनले पश्चिमा नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय प्रणालीको आधारलाई हल्लाएको छ । बहु–ध्रुवीकरण बढ्दै गएको समयमा विशेषगरी २००८ को वित्तीय सङ्कटपछि शक्ति सन्तुलनमा ठूलो परिवर्तन भएको छ र पश्चिमी देशहरू पतन हुँदै गएको देखिन्छ । अर्कोतिर संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्ने नाटो सदस्य राष्ट्रहरूभित्रै कतरपन्थी दलहरू र विश्वव्यापीकरण विरोधी शक्तिहरू बढ्दै गएकाले आर्थिक, राजनीतिक र सामाजिक चिराहरू गम्भीर देखिन थालेका छन् ।
दोस्रो, नाटोद्वारा शक्ति प्रतिस्पर्धाको खोजी र अन्तर्राष्ट्रिय सुरक्षाको लागि खतराहरू विशेष गठबन्धनको निर्माणको उद्देश्यसँग बाझिएको छ । युरोपमा नाटोले रुसको बहिष्कारलाई प्रमुख मुद्दा बनाएको छ । रूसको रणनीतिक क्षेत्रमा अतिक्रमण गरिरहन्छ र अन्ततः युरोप पुनः युद्धको अवस्थामा प्रवेश गर्दछ । एसिया–प्यासिफिकमा वैश्विक नाटोको उद्देश्य ‘चीन खतरा’ को हाउगुजीलाई बढाइचढाइ गर्ने र ‘चीनविरोधी सर्कल’ बनाउने प्रयासहरूले एसियाको सुरक्षामा नयाँ खतरा जन्माएको छ । जहाँ गैर–परम्परागत सुरक्षा चिन्ताहरूले नाटोको विश्वव्यापी रूपान्तरणमा ऐतिहासिकरूपमा महत्र्वपूर्ण भूमिका खेलेको छ । उस्तै खतराहरू अब भूराजनीतिकरूपमा यसको नयाँ रणनीतिक अवधारणामा बनाइएको छ, जसले भू–राजनीतिक सङ्घर्ष, रक्षा र नियन्त्रणलाई जोड दिन्छ ।
तेस्रो, विश्वव्यापी रूपान्तरणबाट गुज्रिरहेको समयमा नाटोले आफ्नो सुरक्षा चिन्तालाई जोड दिएर आफ्नो ऐतिहासिक र वर्तमान दुविधालाई देखाउँछ । पश्चिमी मूल्य मान्यतालाई अरू मुलुकमा निर्यात गर्ने शीत युद्धपछि नाटोको परिवर्तनको एक महत्र्वपूर्ण भाग बन्यो । लोकतन्त्र र शान्ति फैलाउनुको सट्टा नाटोको विश्वव्यापी कार्यहरूले कोसोभो, अफगानिस्तान, इराक र लिबियामा कुनै अपवादबिना द्वन्द्व र अस्थिरता निम्त्याएको छ । नाटोको विश्वव्यापी रूपान्तरणको सन्दर्भमा सक्रिय हस्तक्षेप र प्रजातन्त्रको निर्यातको मोडेल पूर्णतया असफल भएको छ । यद्यपि, नाटो सदस्य राष्ट्रहरूलाई हेर्दा उनीहरूका सबै प्रजातान्त्रिक दुर्दशाहरू भित्रैबाट उत्पन्न भएको देखाउँछ, आर्थिक विखण्डन, राजनीतिक ध्रुवीकरण र सरकारी विश्वसनीयताको बढ्दो क्षति पश्चिमी लोकतन्त्रमा सङ्कटको मूल कारण हो ।
चौथो, अमेरिकाले नाटोको एसिया–प्रशान्त धुरीलाई अगाडि बढाउन थप आन्तरिक अवरोधहरूको सामना गर्नेछ । गठबन्धन गठन र रूपान्तरणका लागि साझा चुनौती र सुरक्षा अवधारणा आधार हुन् । यद्यपि, ‘चीन चुनौती’ पहिलोपटक नाटोको नयाँ रणनीतिक अवधारणामा थियो तर चीनको बारेमा रणनीतिक स्थिति, एसिया–प्रशान्त क्षेत्रमा रणनीतिक प्राथमिकताहरू र चुनौतीहरूलाई सम्बोधन गर्ने तरिकाहरूका सन्दर्भमा अमेरिका र युरोपबीचको मतभिन्नता लुकाउन गाह्रो छ । चीनलाई रुससँग बाँध्ने प्रयास गर्ने र चीनलाई ‘धम्की’ भनेर परिभाषित गर्ने अमेरिकाको विपरीत युरोपले चीनलाई ‘धम्की’ भनेर परिभाषित गर्न हिच्किचाइरहेको छ तर यसलाई ‘चुनौती’ रूपमा लिन्छ । त्यसैगरी अमेरिकाले प्रस्ताव गरेको लोकतन्त्रविरुद्ध निरङ्कुशताको कथा र चीनसँग छुट्टिनेबारेमा युरोपेली देशहरूको आपत्ति छ । अमेरिकाको लोकतन्त्रको तथा कथित गठबन्धन लोकतन्त्रका लागि होइन आफ्नै लागि हो भन्नेबारेमा उनीहरू चिन्तित छन् । भूराजनीतिक तर्कले पनि चीन र युरोपबिचको आर्थिक अन्तरनिर्भरताको वास्तविकतालाई नकार्न सक्दैन ।
संयुक्त राज्य अमेरिका र युरोपले कथित इन्डो–प्यासिफिक रणनीतिलाई फरक ढङ्गले हेरिने कुरा स्पष्ट छ । अमेरिकाले चीनविरुद्ध सैन्य गठबन्धन र सहयोग संयन्त्र निर्माण गरिरहेको छ भने युरोप गैर–सैन्य सहयोगमा केन्द्रित छ । चीनका लागि फ्रान्सका पूर्वराजदूत सिल्वी बर्मनले एक पटक एउटा लेख लेखे र युरोपेली सङ्घले चीनमा अमेरिकी नीतिलाई मात्र पछ्याउन सक्दैन र विभिन्न देशहरूले सहअस्तित्वमा रहन सिक्नुपर्छ भनेर टिप्पणी गरे । यसरी युरोपेली सङ्घले इन्डो–प्यासिफिक क्षेत्रमा नियन्त्रण र खतराको अमेरिकी नीतिलाई नजिकबाट पालना गर्नुहुँदैन । बरु अन्य देशहरूसँग सम्बन्ध विकास गर्नुपर्छ । नाटो शिखर सम्मेलन २०२१ पछि चीनमा म्याक्रोँको टिप्पणीले अमेरिका र युरोपबिचको भिन्नतालाई छर्लङ्ग पारेको छ ।
नाटो एक सैन्य सङ्गठन हो र चीनसँगको सम्बन्ध सैन्य मुद्दामात्र नभई आर्थिक, रणनीतिक र प्राविधिक विषय हो भनी फ्रान्सेली पूर्वराजदूत विश्वास गर्छन् । चीन प्रतिद्वन्द्वीमात्र होइन, विश्वव्यापी समस्याहरू समाधान गर्ने हाम्रो प्रयासमा एउटा महत्र्वपूर्ण शक्ति पनि हो । चीन प्रतिद्वन्द्वी सबै उस्तै हो तर त्योभन्दा पनि महत्र्वपूर्ण हामीले चीनसँगको हाम्रो सम्बन्धलाई लिएर पूर्वाग्रही हुनुहुँदैन ।
निष्कर्ष
नाटो सदस्यहरूका नेताहरूले जून २०२२ को अन्त्यमा ‘हाम्रो सुरक्षा र अन्तर्राष्ट्रिय शान्ति र स्थायित्व’ शीर्षकअन्तर्गत म्याड्रिड शिखर सम्मेलनमा एकजुट भएको घोषणा गरे । यो शिखर सम्मेलनले नाटोको सुदृढीकरणको प्रयासमा एउटा नयाँ मोड लिएको छ । २०१० को लागि नाटोको रणनीतिक मोडेलको तुलनामा २०२२ को शिखर सम्मेलनमा पारित गरिएको नयाँ रणनीतिक अवधारणाले थप शीतयुद्ध मानसिकता प्रदर्शन गर्दछ । विश्व शान्ति र स्थिरताको लागि योभन्दा महत्र्वपूर्ण समय कहिल्यै नआएको अवस्थामा नाटो रूपान्तरणले ल्याएको नयाँ शीतयुद्धले सुरक्षा प्रदान गर्दैन । ‘लोकतन्त्रको निर्यात’ र ‘पूर्वतिर विस्तार’ नीति युरोपमा नयाँ युद्धहरू रोक्न असफल भएजस्तै एसिया–प्रशान्तमा नाटोको धुरीले एसियालाई नयाँ सुरक्षा खतराहरू र कठिनाइहरू प्रदान गर्नेछ । विश्वव्यापी कठिनाइ र सुरक्षामा निर्भरता विश्वव्यापीकरणको परिणाम हो । नाटोले संयुक्तरूपमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको रक्षा गर्न सक्ने एकमात्र तरिका साझा, व्यापक, सहयोगात्मक र दिगो सुरक्षाको धारणा अपनाउनु हो ।
स्रोत : कन्टेम्पोररी वल्र्ड
अनुवाद : राजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *