भर्खरै :

चिनियाँ राष्ट्राध्यक्षद्वारा ल्याटिन अमेरिकी र क्यारिबियन राज्य समुदायको सातौँ शिखर सम्मेलनमा सम्बोधन

चिनियाँ राष्ट्राध्यक्षद्वारा ल्याटिन अमेरिकी र क्यारिबियन राज्य समुदायको सातौँ शिखर सम्मेलनमा सम्बोधन

पेइचिङ, २४ जनवरी (सीआरआई) । ल्याटिन अमेरिकी र क्यारिबियन राज्यहरू समुदायको सातौँ शिखर सम्मेलन अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा आयोजना भएको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्वर्टो फर्नान्डेजको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले उक्त शिखर सम्मेलनलाई भिडियोमार्फत सम्बोधन गर्नुभएको छ ।
सी चिनफिङका अनुसार ल्याटिन अमेरिकी र क्यारिबियन देशहरू विकासशील राष्ट्रहरूको महत्वपूर्ण भागका साथै विश्वव्यापी शासनमा सक्रिय सहभागी र योगदानकर्ताहरू हुन् । ल्याटिन अमेरिका र क्यारिबियन समुदाय विश्वव्यापी दक्षिण–दक्षिण सहयोगको लागि अपरिहार्य प्रेरक शक्ति बनेका छन् भने क्षेत्रीय एकीकरणको विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेका छन् ।
चीनले ल्याटिन अमेरिका र क्यारिबियनको एकीकरण प्रक्रियालाई सधैँ समर्थन गर्दै ल्याटिन अमेरिकी र क्यारिबियन राज्य समुदायसँग सम्बन्ध विकासलाई ठूलो महत्व दिइरहेको छ । चीनले ल्याटिन अमेरिकासँग मिलेर चीन–ल्याटिन अमेरिका फोरमको निर्माणलाई निरन्तर सुदृढ पारेको छ र चीन–ल्याटिन अमेरिका सम्बन्धलाई समानता, पारस्परिक लाभ, नवीनता, खुलापन र लाभको नयाँ युगमा पु¥याएको छ ।
राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार वर्तमान विश्व उथलपुथल र परिवर्तनको नयाँ युगमा प्रवेश गरिरहेको र ऐक्यबद्धता र सहयोगलाई सुदृढ बनाएर मात्रै मिलेर चुनौतीको सामना गर्न र कठिनाइहरूमाथि विजय हासिल गर्न सक्नेछ । चीनले ल्याटिन अमेरिकी र क्यारेबियन देशहरूसँग हातमा हात मिलाएर अगाडि बढ्न, शान्ति, विकास, निष्पक्षता, न्याय, लोकतन्त्र र स्वतन्त्रता जस्ता सबै मानवजातिको साझा मूल्यहरूको प्रवद्र्धन गर्न इच्छुक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *