एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई र माइन्यूट लेखन तालिमका सहभागीलाई सम्मान
- जेष्ठ १७, २०८३
दैलेख १२ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ पार्टी स्थापना दिवसको अवसरमा दैलेख जिल्लाको आठबीस नगरपालिका राकममा बिहीबार पार्टी कार्यकर्ताहरूबिच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
नेमकिपा आठबीस नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पार्टी स्थापना दिवसको अवसरमा देशका विभिन्न जिल्लामा पार्टी स्थापना आधारबारे प्रशिक्षण तथा छलफल चलिरहेको चर्चा गर्दै भारतीय विस्तारवाद र सामन्तवाद नेपालको मुख्य दुस्मन भएको बताउनुभयो ।
नेपालका कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन, रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, पाकिस्तान विभाजन भई बङ्गलादेशको जन्म तथा निर्वाचनलाई उपयोगसम्बन्धी विषय नेपाल मजदुर किसान पार्टी स्थापनाका मुख्य आधारहरू भएको उहाँले बताउनुभयो ।
नेमकिपाले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर काम गर्ने नीतिअनुरूप चुनावलाई उपयोग गरी जनताको सेवा गरिरहेको उल्लेख गर्दै उहाँले एमसीसी, एसपीपी र नागरिकता विधेयकलगायत देशघाती सन्धि सम्झौताविरूद्ध पार्टीले संसद् र सडकमा निरन्तर सङ्घर्ष गर्दै जाने केन्द्रीय सदस्य प्रजापतिले बताउनुभयो ।
संसद्बाट समाजवाद स्थापना हुने विचार संशोधनवादी विचार भएको धारणा राख्दै उहाँले समाजवाद कामदार वर्गको हित हुने राज्य व्यवस्था हो भन्नुभयो ।
“नेमकिपाले संसद्को एकमात्र प्रतिपक्षको भूमिका खेल्दै आइरहेको छ । तीन प्रतिशत थ्रेसहोल्डको विरूद्ध पार्टीले निरन्तर सङ्घर्ष गर्दै जानेछ”, केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो ।
कर्णाली प्रदेश आफैमा प्राकृतिक स्रोतसाधनबाट समृद्ध प्रदेश भएको बताउँदै उहाँले भारतीय विस्तारवादी नीतिले नेपाललाई स्वतन्त्र देशको रूपमा स्वीकार गर्न नचाहेको कुरा प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले मानव समाज विकासको इतिहासबारे चर्चा गर्दै नेमकिपाले समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्ने दीर्घकालीन उद्देश्य लिएको बताउनुभयो ।
उहाँले उत्पादनका साधनहरू सामाजिकीकरण हुने, योग्यताअनुसारको काम र आवश्यकताअनुसारको ज्यालाको व्यवस्था हुने र वर्गविहीन एवं शोषणरहित समाज हुने व्यवस्था समाजवादी व्यवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र कार्यक्रमका सभापति नेमकिपा आठबीस नगर समितिका अध्यक्ष जयबहादुर बडुवाल, सदस्य रत्न कठायत र रमेशकुमार माझीले पार्टी स्थापनाको उद्देश्य र नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाले पु¥याएको योगदानबारे प्रस्ट पार्नुभयो ।
Leave a Reply