एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई र माइन्यूट लेखन तालिमका सहभागीलाई सम्मान
- जेष्ठ १७, २०८३
बाँके, १२ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा कोहलपुरमा नेपाल क्रान्तिकारी किसान सङ्घ आवद्ध नगरस्तरीय कार्यकर्ता भेला बिहीबार भयो ।
भेलामा नेमकिपा बाँकेका उपाध्यक्ष गौरीकान्त आचार्यले कामदार वर्गलाई राजनैतिक पमा सचेत र सङ्गठित गरी समाजवाद स्थापना गर्न नेमकिपा स्थापना भएको बताउनुभयो । उहाँले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्रमा देखापरेका सैद्धान्तिक विचलनबाट कम्युनिस्ट आन्दोलन जोगाउन पार्टी स्थापना भएको स्पष्ट पार्दै देश र जनताको हितमा निरन्तर गरेको काम र एक सच्चा अन्तर्राष्ट्रवादी कम्युनिस्ट पार्टीको गौरवमय ४८ वर्ष स्मरण गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला सम्मेलन तयारी समिति बाँकेका संयोजक जयबहादुर बुढाले पार्टीले बहुमत गरीब किसानहरूको हितमा गरेको सङ्घर्ष स्मरणीय र उदाहरणीय भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी नगर समिति कोहलपुरका अध्यक्ष राज थापा, पार्टी जिल्ला समिति सदस्य एवं नेपाल क्रान्तिकारी किसान सङ्घ बाँकेका सदस्य अञ्जीरबहादुर शाही, शेरबहादुर बि.क., कृष्णबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
भेलाले कुलबहादुर शाहीको संयोजकत्वमा नेपाल क्रान्तिकारी किसान सङ्घ कोहलपुर नगर सम्मेलन तयारी समिति गठन भयो ।
Leave a Reply