भर्खरै :

सुपुर्णेश्वर पञ्चायन महादेव मन्दिरको शिलान्यास

सुपुर्णेश्वर पञ्चायन महादेव मन्दिरको शिलान्यास

भक्तपुर, १२ माघ । ब्रह्मेश्वर घाट, महेश्वरी भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित पञ्चायन महादेव मन्दिरको पुनःनिर्माणको लागि शिल्यान्यास सम्पन्न भएको छ । सुपुर्णेश्वर भजनमण्डलका प्रमुख एवं ज्येष्ठ नागरिक कृष्णहरि गणेशले एक कार्यक्रमबिच शिल्यान्यास गर्नुभएको हो ।
मन्दिर पुनःनिर्माणको लागि मन्दिर भत्काएको भए पनि मन्दिरभित्रको शिवलिङ्गलाई यथास्थानमै राखिराखेको थियो । पुनःनिर्माणको गर्दा पनि शिवलिङ्गलाई मानिसले भट्काउन नहुने जनविश्वासअनुसार श्रीपञ्चमीको अवसरमा हिन्दू धर्मावलीको पवित्र जनावर गाईलाई तान्न लगाएर शिवलिङ्गलाई भत्काएको भजनमण्डलका सदस्य पुरूषोतम श्रेष्ठले बताउनुभयो ।
शिल्यान्यास कार्यक्रममा भक्तपुर नगरपालिकाका पुरातत्व विभागका इन्जिनियर रामगोविन्द श्रेष्ठका अनुसार मन्दिरका चार कुनामा नारायण, सूर्य, गणेश, देवी र बिचमा महादेवको मूर्ति भएकोले मन्दिरको नाम पञ्चायन महादेव मन्दिर भएको बताउनुभयो ।
नेपाल सरकार पुरात्तत्व विभागको रु. ३०,५९,४०७÷– रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुने उक्त मन्दिर र मन्दिर छेउको डबु मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको भजनमण्डलका राजाराम गणेजुले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *