एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई र माइन्यूट लेखन तालिमका सहभागीलाई सम्मान
- जेष्ठ १७, २०८३
भक्तपुर, १२ माघ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९ औँ स्थापना दिवसको अवसरमा यातुगणेश सेवाकेन्द्र व्यवस्थापन उपसमिति र सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा सदस्य अन्तरक्रिया कार्यक्रम, एकदिने सुत्केरी मसला गुँडपाक तथा पोष्टकारी बनाउने तालिम सम्पन्न भयो ।
सदस्य अन्तरक्रियामा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सिद्धि गणेश साकोसले नाफालाई भन्दा सदस्यको आर्थिक क्षमतासँगै शैक्षिक एवं सांस्कृतिक स्तर विकासलाई प्राथमिकता दिँदै कार्य गर्दै आइरहेको र लाभांश तथा उपस्थिति भत्ताले संस्थाको मूल्याङ्कन नहुने भन्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले सेवा केन्द्रबाट प्रदान गर्दै आइरहेको सेवामा थप प्रभावकारीता ल्याउन सल्लाह सुझाव सङ्कलनको उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना भएको बताउनुभयो ।
आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति रमेश दुमरुले समाज परिवर्तनमा समुदायमा आधारित संहकारी संस्स्थाहरूको अहम् भूमिका भएको बताउनुभयो ।
आयोजक उपसमितिका सदस्य कमल कोजुले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा सचिव प्रकाश प्रजापतिले पनि बोल्नुभएको थियो ।
त्यस्तै सोही दिन सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुको आयोजनामा एकदिने सुत्केरी गुँडपाक तथा पोष्टकारी बनाउने तालिम सम्पन्न भयो ।
तालिम समापन कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले तालिममार्फत आर्जित सीप दैनिक जीवन तथा व्यवसायका लागि उपयोग गरे मात्र सार्थक हुने बताउनुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले फजुल खर्च कटौती गर्दै भविष्यका लागि बचत गर्नुपर्नेमा जोड दिनुभयो ।
सेवा केन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुका निवर्तमान संयोजक पञ्चरत्न सैंजुले उचित स्थानको अभावमा तालिम प्रभावकारीरूपमा सञ्चालन हुन नसक्ने भएकोले स्थानका लागि आवश्यक व्यवस्था चाँडै हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षक मनिषा भुजुले सुत्केरी अवस्थामा अधिक स्याहारसुसार तथा पोषिलो खानेकुराको आवश्यकता पर्ने र सुत्केरी मसलायुक्त महँगो हुने भएकोले तालिमपश्चात् सहभागीहरूले घरमै गुणस्तरीय मसलायुक्त मिठाइ बनाउन सक्नेमा विश्वास व्यक्त गर्नुभयो । समापन कार्यक्रममा उपसमिति सदस्य मुतिराम स्वानेपाले स्वागत मन्तव्य दिनुभएको थियो भने सदस्य पुण्यराम कर्माचार्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply