भर्खरै :

रिसालमा जानकारीको अभाव

रिसालमा जानकारीको अभाव

२६ पुस २०७९ को अङ्कमा भैरव रिसालको ‘भक्तपुर अस्ति, हिजो र आज’ को शीर्षकको विचारमा खोट देखिएको छ । एक सन्दर्भमा उहाँ लेख्नुहुन्छ, “डा. जितसिंह मल्ल, इन्जिनियर पद्मसुन्दर मल्ल केटाकेटी छँदा गुह्य पोखरीमा दिशा गर्थे, धुन्थे होला …!”
भैरव रिसालजी भक्तपुर जिल्लाको गाम्चा बस्नुहुन्थ्यो र गाउँमा पछिसम्म चर्पी नहुनु अन्यथा होइन । भक्तपुर नगर ‘पर्खालले घेरिएको नगर’ थियो । चोक भएका घरहरूमा पहिले पनि ‘चवी’ वा चर्पीहरू थिए । ९० सालको भूकम्पबाट क्षति नभएका पुराना घरहरूमा चर्पीहरू चालु थिए । ती चर्पीहरूलाई ‘न्ह्या चबी’ (बग्ने चर्पी) भनिन्थ्यो । ती चर्पीहरूमा पानी खन्याएपछि फोहर बगेर बजार र गल्लीका ढलहरू हुँदै खोला वा नदीमा बग्थ्यो । यसकारण, ‘डा. जितसिंह मल्ल र इन्जिनियर पद्मसुन्दर मल्ल केटाकेटी छँदा गुह्य पोखरीमा दिशा गर्थे, धुन्थे होला’ भन्ने अनुमान पूर्णरूपले असत्य र जानकारीको अभाव हो ।
सिंहदरबार बनाउनासाथ दरबारहरूमा कोपराको प्रयोग हुने सुनिन्थ्यो, ५५ झ्याल दरबारमा भने चवी (न्ह्या चवी) को अवशेष भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *