भर्खरै :

‘तुषानल’ मा देखिएको नेपाली राजनीतिका खलनायकहरूको मुहार

‘तुषानल’ मा देखिएको नेपाली राजनीतिका खलनायकहरूको मुहार

कुनै पनि समाज या देश न एकाएक बन्छ न त भत्किन्छ ! बनाउन जति धेरै समय लाग्छ बिगार्न या भत्काउन त्योभन्दा निकै कम समय लाग्छ । निर्माणका लागि कैयौँको श्रम, पसिना तथा बुद्धिको संयोजन जरुरत पर्दछ तर ध्वंशका निम्ति केही लोभीपापी, विश्वासघाती या उपद्रयाहा भए पुग्छ । साथै, घरपरिवार फोड्न या बिगार्न बाहिरी तत्वको भूमिकामात्र पर्याप्त नहुन सक्छ । घरभित्रको परिस्थिति एवम् परिवारका सदस्यहरूको मनस्थितिले निर्णायक मोड प्रदान गर्छ भन्नु असत्य होइन । कुनै पनि फल बाहिरबाट भन्दा भित्रैबाट बिग्रिन थाले छिट्टै कुहिन्छ या नाश हुन्छ । नेपाली समाज तथा यो देशको वर्तमान स्थितिको यथार्थ बोध गर्न खोज्दा अथवा विश्लेषण गर्न खोज्दा यी प्रसङ्ग तथा प्रकृतिको नियम मानसपटलमा आउँछन् ।
नेपाली समाजमा प्रचलित कथनहरूमध्ये दुईवटा कथन उद्धरण गर्नु सान्दर्भिक हुनेछ : फोहरलाई छोपेर राखेर कतिन्जेल नगन्हाउला ? खास्टोले छोपे पनि बिरालो म्याउ कसो नकराउला ? नेपाली शासक पार्टीहरू र तिनका नेताहरूले गरेका देशघात एवम् जनघात, भ्रष्टाचार तथा देश र जनताविरुद्धका कुकर्म सधैँ छोपिराख्न सम्भव हुने कुरै थिएन ! नेपाली राजनीतिको कुरूपता पनि अब कुनै ‘कस्मेटिक’ या सौन्दर्य साधनले छोप्न या लुकाउन सम्भव नै भएन ! विशेषगरी पञ्चायतको अन्त्यपछिका तीन दशकमा जन्मिएका पात्रहरूले देशलाई रसातलमा के–कसरी पु¥याए क्रमशः बाहिर आउँदै छ । ती खलपात्रहरूका कारण देशको अस्तित्व नै खतरामा पर्दै गइरहेको यथार्थ लुकाउनै नमिल्ने स्थितिमा पुगिसकेको छ ।
‘तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय’ देवप्रकाश त्रिपाठीको तेस्रो कृति ‘तुषानल’ ले नेपाली राजनीतिको शल्यक्रिया गरेको अनुभव हुन्छ । नेपाली राजनीतिका पात्र र तिनको प्रवृत्ति उदाङ्गो पारेको छ । नेपाली राजनीतिमा भित्रभित्रै विदेशी शक्ति केन्द्रहरूले कसरी आगो सल्काउँदै छन् भन्ने चित्र प्रस्तुत गरेको छ । प्रकाशक पैरवी बुक हाउस प्रा.लि.का अध्यक्ष अधिवक्ता चन्द्रप्रसाद सिवाकोटी ‘प्रकाशकीय’ खण्डमा सरल शब्दको सहायतामा सटीक भनाइ यसरी पस्कन्छन्, “…….‘तुषानल’ ले २०४८ सालपछिको राजनीतिका भित्री पाटोका असली रूप, जुन आजसम्म गर्भमै लुकेर बसेका थिए, तिनलाई आम पाठकसमक्ष निर्भीकताका साथ पस्कनुभएको छ ।” यो कृति ‘ज्वलन्त र यथार्थमा आधारित स्रोतसामग्री’ भएको बताउँदै ‘…….. भित्री घटनाहरूलाई सप्रमाण पाठकसमक्ष पेस’ गरिएको प्रकाशकीयमा उल्लेख छ ।
लेखक त्रिपाठी ‘प्रारम्भ’ खण्डमा यसरी दाबी गर्छन्, “……….हामीले शान्ति, स्थिरता र समृद्धि प्राप्त गर्न नसक्नुको मूल कारणका रूपमा अक्षम, अदूरदर्शी र नैतिकताविहीन राजनीतिक नेतृत्व, भ्रष्ट र आत्मकेन्द्रित कर्मचारीतन्त्र, जनताको रुग्ण चेतनास्तर, स्रोत पहिचान र परिचालनमा अशक्तता, व्यवस्थापकीय अकर्मण्यता तथा देशभक्ति भावमा आएको भयानक ह्रासलाई मान्न सकिन्छ ।” लेखक स्वयम् स्वीकार्छन्, “अधिकांश नेपाली राजनीतिकर्मीहरू देशकेन्द्रित छैनन् र उनीहरू सत्ता या शक्ति प्राप्तिका निम्ति जुनसुकै हदसम्मको निर्णय लिन तत्पर छन् भन्ने तथ्यको पुष्टि यस पुस्तकमा उल्लिखित व्यहोराले पनि गरेको छ ।” उनी थप स्पष्ट पार्दछन्, “…… पश्चिमा जगत्ले आफ्ना चर–अनुचर तथा एनजीओ–आइएनजीओमार्पmत निर्वाह गरेकालगायत कैयन् काला घटना–सन्दर्भहरू यहाँ समाविष्ट छैनन् ।” एकदिन ती घटना पनि जनसमक्ष प्रस्तुत कोही न कोहीबाट हुने नै छ ।
‘तुषानल’ ले नेपाली काङ्ग्रेस के हो र त्यसभित्र गुट राजनीति क्यान्सरभैmँ कसरी पैmलिसकेको छ भन्ने बताउँछ । नेकाको सञ्चालन कसले कहाँबाट कसरी गर्दछ भन्ने यथार्थ प्रस्तुत गरेको छ । नेकाले आर्थिक स्रोतको बन्दोबस्त र आर्थिक वितरण के–कसरी गर्दछ भन्ने बुभ्mन पुस्तकका विभिन्न खण्डमा प्रस्तुत प्रसङ्गले सहज बनाउँछ । गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भटराई, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का आदि नेताहरू को हुन्, के गर्छन् र तिनको आपसी सम्बन्ध तथा व्यवहार कस्तो थियो आदि प्रश्नको जवाफ विभिन्न घटना, प्रसङ्ग, अभिव्यक्तिसहित सप्रमाण प्रस्तुत गरिएको छ । पद, पैसा र शक्तिका निम्ति कुन तहको कर्म, छलकपट या षड्यन्त्र गर्नसमेत पछि नहट्दा रहेछन् यो पुस्तकले सविस्तार बताउँछ । नेका, दिल्ली र दूतावास त्रिभुजका तीन कोणभैmँ कसरी परिपूरक हुन् यथार्थ घटना एवम् विवरण पुस्तकमा छन् ।
‘नेका भारतीय एकाधिकार पुँजीको दलाल’ भन्ने परिभाषाभन्दा अगाडि गएर ‘नेका भारतको कठपुतली’ हो भन्ने निष्कर्षमा पुग्न यो पुस्तकले प्रशस्त आधार प्रस्तुत गर्दछ । नेका कोइराला, देउवाहरूले चलाउँछन् कि अमरेशकुमार सिंहहरूले भन्ने सवाल पुस्तकका पृष्ठ–पृष्ठले तेस्र्याउँछ । ‘प्रणव मुखर्जीसँग सुशीलले मागे नगद’, ‘नयाँ दिल्लीसँग यसरी जोडिए सिटौला’, ‘डा. अमरेशकुमार सिंह र बाह्रबुँदे सम्झौता’, ‘सत्ता प्राप्तिका भद्दा छटपटी’ आदि पुस्तकका अध्यायले नेका र काङ्ग्रेसी नेताहरूको वास्तविक चरित्रको चिरफार गर्दछन् । यी शीर्षक आपैmँले नै धेरै खुलस्त गर्दछन् । नेकाभित्रको अन्तरकलह, घात–प्रतिघात, विश्वासघात, घृणित खेलहरूको वृत्तान्तले नेका पाखण्डीहरूको झुन्ड हो भन्न बाध्य पार्छ । नेकालाई देश होइन दिल्ली दुख्छ ! नेकाको ‘चेन अफ कमान्ड’ लामो समयदेखि दिल्ली र बेलामौकामा ‘डिसी’ मा रहँदै आएको छ । पुस्तकको आधारमा पनि यति भन्न सकिन्छ ।
देउवाबारे बुभ्mन यो प्रसङ्ग पर्याप्त होला ! ‘प्रधानमन्त्री बन्नबाट यसरी रोकिए तारानाथ’ शीर्षकको अध्यायमा यसरी भनिएको छ, “रातको नौ बज्न लागिसकेको थियो, देउवा मदिराको नशामा रहेछन् । ……..फोनमा राम्रोसँग कुराकानी गर्न देउवाले नसकेपछि पशुपतिभक्तले देउवापत्नी आरजुलाई टेलिफोन गरेर सबै कुरा बेलिविस्तार लगाए । ……. आरजुले देउवालाई नुहाउन बाथरुम पठाइन्, कागतीपानी पियाएर ‘नशा’ कम गराउने प्रयास गरिन् र गाडी चढाएर दरबार पठाइन् । यसरी शेरबहादुर देउवा २०६१ जेठमा तेस्रोपटक प्रधानमन्त्री बनाइए ।” यसरी यो देश देउवाले तेस्रोपटक मात्र होइन छैटौँ पटकसम्म ‘हाँके’ !
वि.सं. २०५८ साउनमा बनेको देउवा नेतृत्वको सरकार गठनको तीन महिना नबित्दै देउवालाई हटाउने तयारीमा गिरिजाप्रसाद कोइराला लागे । संसदीय दलमा आफ्नो पक्षमा बहुमत पु¥याउन कोइरालाले गरेको चालबाजीले पनि नेपाली काङ्ग्रेसको वास्तविकता उदाङ्ग्याउँछ । ‘सत्ता प्राप्तिका भद्दा छटपटी’ शीर्षकको अध्यायमा लेखक त्रिपाठी भन्छन्, “….. देउवाको समर्थनमा रहेका तराईका केही सांसदलाई आफ्नो पक्षमा मिलाउन नगद खर्च गर्ने योजना बनाए । त्यसक्रममा सांसद खरिद गर्न भन्दै गिरिजाप्रसाद कोइरालाले महन्थ ठाकुरलाई बीस लाख रूपैयाँ उपलब्ध गराएका थिए, उक्त रकम महन्थले अमरेशकुमार सिंहको जिम्मा लगाए । गिरिजाप्रसाद कोइराला र जमिम शाहले तराईका पाँचजना सांसद खरिद गर्न जम्मा एक करोड रूपैयाँ अमरेशकुमार सिंहको हातमा राखिदिँदै पैँतालीस लाख रूपैयाँ केही दिनपछि उपलब्ध गराउने वचन दिए । पचपन्न लाखमध्ये रू. पाँच लाख अमरेशकुमार सिंहसँग गोविन्दराज जोशीले लिए ।” अब हलेदो भनेपछि कोट्याइरहन पर्ला र ?
नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशनमा ‘आवश्यक खर्च’ गर्न शीतलनिवासबाट फोन गरी भारतमा राष्ट्रपति प्रणव मुखर्जीसँग पैसा मागिएको, ‘पर्याप्त सहयोग’ प्राप्त भएको र ‘आवश्यक रकम खर्च भएर पनि ठूलो रकम उब्रिएको’ घटनाले सामान्य नेपाली नागरिकलाई समेत झस्काउनेछ । लाजसमेत लजाउने छ । आजको नाङ्गो नाचको सिलसिला त निकै अगाडि देखिकै हो भन्ने जानकारी नयाँ पुस्ताले पाउने छन् । पुस्तकमा यसप्रकारका थुप्रै घटनाहरू उल्लेख छन् ।
‘तुषानल’ ले नेपाली राजनीतिमा अझै चाणक्य जिउँदै छ र सक्रिय छ भन्ने थप प्रस्ट पारेको अनुभव हुन्छ । साथै, गोयबल्स नेपालमा जीवित छ कसैले भनेको खण्डमा त्यो असत्य हुनेछैन । मेक्याबलीको अनुशरण यहाँ गजबसित भइरहेको धेरैले चाल पाइसकेकै हुनुपर्छ । ‘तुषानल’ ले यी नै अप्रिय यथार्थ उदाङ्गो पारेको मात्र हो । शासक दल र तिनका नेता स्थायित्व, स्थिरता, शान्ति, सुशासन र स्वतन्त्रताका कुरा गर्छन् । समृद्धि ल्याउने सपना बाँड्छन् । तर, तिनको काम, व्यवहार तथा सोच–शैली ठीकविपरीत छ । कुनै ढोङ्गी बाबा र तिनमा तात्विक भिन्नता देखिन्न । ‘तुषानल’ मा वर्णन गरिएका र कतै वर्णनविना उल्लेखमात्र गरिएका घटना तथा प्रसङ्गले यही बताउँछ ।
नेपाल मजदुर किसान पार्टीले एमालेलाई ‘भाइकाङ्ग्रेस’ घोषणा गरेको २५–३० वर्ष भयो । ‘माओवादी’ लाई प्रारम्भतिरै ‘नक्कली बौद्ध भिक्षु’, ‘अराजकतावादी’ र ‘भारतीय ट्रोजन हर्स’ भनेर स्पष्ट पारेको थियो । नेपाल मजदुर किसान पार्टीले विना दुविधा भन्यो, “प्रचण्डको चेन–अफ–कमान्ड दिल्लीमा छ ।” प्रचण्ड र बाबुरामसँग एउटा भेटमा अध्यक्ष कामरेड रोहितले भन्नुभएको थियो, “भारतले भनेजस्तै बस्नुभयो देश जानेछ, भारतले भनेजस्तो बस्नु भएन तपाईंहरूको ज्यान जानेछ । अब दुईमा एक रोज्नुपर्ने हुन्छ ।” “माओत्से तुङ र चीनको बढ्दो लोकप्रियता रोक्न भारतले चालेको नयाँ चाल, भारतीय शासकवर्गको जानकारी तथा संरक्षण नभई सम्भव नै हुँदैन ।” नेपाल मजदुर किसान पार्टीले स्पष्ट पारेको थियो । एमाले र माओवादीबारे नेपाल मजदुर किसान पार्टीले गरेको विश्लेषण यथार्थपरक रहेको आज प्रमाणित भइसकेको छ । प्रमाण खोज्न अन्त जानु परेन ‘तुषानल’ पर्याप्त छ !
नेपाल मजदुर किसान पार्टीले एमाले र माओवादी पार्टीलाई पुँजीवादी पार्टीमा पतन भइसकेको भनी घोषणा गर्दा कतिपयले असहमति जनाएका थिए । ‘रातो झन्डा खसाल्न रातो झन्डा उचाल्ने’ क्रान्तिविरोधी भनी नेपाल मजदुर किसान पार्टीले नै विरोध गरेको थियो । एमाले संशोधनवादी पार्टी हो र उसको ‘कम्युनिस्ट’ नाउँ र ‘हँसिया–हथौडा’ झन्डा चुनाव जित्ने औजार बाहेक केही होइन भनी नेपाल मजदुर किसान पार्टीले नै उदाङ्गो पारेको जगजाहेर छ । मदन भण्डारीको ‘जबज’ माक्र्सवादविरोधी वर्नस्टिनको विचारकै प्रतिछाया भनी खण्डन नेपाल मजदुर किसान पार्टीले ग¥यो । नेपाल मजदुर किसान पार्टीले सैद्धान्तिक सङ्घर्ष चालु राख्दै छ ।
‘तुषानल’ ले एमाले र माओवादीका नेताहरूले पदमा पुग्न र शक्ति आर्जन गर्न कुन हदसम्मको निर्लज्जता प्रदर्शन गरे भन्नेबारे अकाट्य प्रमाण प्रस्तुत गर्दछ । नेपाली जनतामाथि विश्वासघात, विदेशी ‘प्रभु’ हरूसँगको घाँटी जोडाइ, विदेशीको वैशाखीको प्रयोग र विदेशीको दलाली कर्मका घटना, लुकाउनै नसकिने प्रमाण तथा प्रसङ्गले एमालेको ‘राष्ट्रवाद’ र माओवादीको ‘क्रान्तिकारी’ मुकुण्डो धुजाधुजा पारेको अनुभव जोकोहीलाई हुनेछ ।
‘तुषानल’ का लेखक त्रिपाठी भन्छन्, “यसरी बाह्रबुँदे समझदारी मङ्सिर २ गते (२०६२) बाहिरी दिल्लीको छत्रपुरस्थित एउटा घरमा भएको नारायणकाजी श्रेष्ठले बताएका छन् ।” प्रचण्ड, बाबुरामलगायतका माओवादी नेताहरूको घाँटी कसरी दिल्लीसँग जोडियो र भारतीय गुप्तचर संस्था ‘रअ’ सँग नियमित उठबस कसरी चल्यो भन्नेबारे अनेकौँ घटना र प्रसङ्ग यस पुस्तकले प्रस्तुत गर्दछ । त्रिपाठी लेख्छन्, “प्रचण्डले वाइसीएल गतिविधि नियन्त्रण गर्न रकम आवश्यक पर्ने भन्दै तत्कालीन ‘रअ’ का काठमाडौँ स्टेसन प्रमुख आलोक जोशीसँग बीस करोड भारु माग गरे ।” भारत राजी नभएपछि वाइसीएलको क्याम्प हटाउन प्रचण्ड बाध्य भएको उल्लेख छ । सेना समायोजन चलिरहेकै बखत “आफूलाई आर्थिक सङ्कट परेको भन्दै प्रचण्डले लुकाएको बाह्र सय थान हतियार खरिद गरिदिन ‘आफ्नो संयन्त्र’ मार्फत भारतलाई बारम्बार सन्देश” पठाएको चर्चाले माओवादी र दिल्लीबीचको सम्बन्ध बुझ्न सहज बनाउँछ । भारतले नकिनेको खण्डमा भारतीय ‘माओवादी’ विद्रोहीलाई बेच्ने ‘धम्की’ दिएको या ‘ब्ल्याकमेलिङ’ गरेपछि ‘बाध्य भएर हतियारबारे कुराकानी गर्न नेपाल आए’ भनी पुस्तकमा स्पष्ट उल्लेख छ ।
पुस्तकमा भनिएको छ, “प्रचण्डको उक्त निवासमा प्रचण्ड, बाबुराम, सञ्जीव त्रिपाठी र जयन्तप्रसादबीच गुप्त बैठक भयो । बैठकमा बीस करोड नेपाली रूपैयाँ माओवादी नेतालाई दिएर हतियार व्यवस्थापन गर्ने सहमति बन्यो ।” यद्यपि, ‘हतियार चोरी भएपछि उक्त योजना तुहियो’ भनिएको छ । अनमिनले हातहतियारको कन्टेनरमा ट्याग लगाउनुअघि नै गिरिजाको सुझावअनुसार प्रचण्डले बाह्र सय थान अत्याधुनिक हतियार लुकाएको खुलासा पुस्तकले गरेको छ ।
पुस्तकमा प्रचण्डबारे लेखिएको छ, “….. प्रचण्डले ‘अन्डरवल्र्डका मोस्टवान्टेड डन’ दाउद इब्राहिमसँग मिलेर नक्कली नोटको कारोबार गरेका रहेछन् र दाउदसँग हातहतियार खरिद गरेका रहेछन् ।” प्रचण्डप्रति सदाशयता राख्दै हो या सुझावस्वरूप पुस्तकका लेखक त्रिपाठी एउटा निष्कर्ष निकाल्छन्, “जब कुनै नेता, शासक या प्रशासक कसैको ब्ल्याकमेलिङमा पर्छ, त्यस्तो मान्छेले राज्यको कुनै जिम्मेवारी ग्रहण गर्नुहुन्न । सार्वजनिक जिम्मेवारीबाट मुक्त भई साधारण जीवन जिउनु देशका लागि ठूलो योगदान हुन्छ ।” प्रचण्डलाई भेटेरै त्रिपाठीले अनुरोध गरेका रहेछन्, “अब तपाईं प्रधानमन्त्री र पार्टी अध्यक्ष बनिरहने इच्छा परित्याग गरिदिनुहोस् ।”
प्रचण्ड र बाबुरामले आपूmहरू भारत सरकारको विरुद्ध नजाने र भारत सरकारको साथ पाउने व्यवस्था मिलाउन तत्कालीन भारतीय प्रधानमन्त्री बाजपेयीसामु लिखित निवेदन दिएको र निवेदन बाजपेयीका सुरक्षा–सल्लाहकार ब्रजेश मिश्रमार्पmत बुझाएको जगजाहेर भइसकेको छ । यसै प्रसङ्गमा त्रिपाठी लेख्छन्, “……… ‘रअ’ प्रमुख हर्मिजसँगको सम्पर्कमा प्रचण्ड–बाबुराम पनि पुगे । त्यसताक प्रचण्ड सेटलाइट फोन बोक्ने गर्दथे र उनको हर्मिजसँग सीधा सम्पर्क र संवाद हुने गर्दथ्यो । दिल्लीको सम्पर्कमा प्रचण्ड र बाबुराम बसेका थिए भने काठमाडौंस्थिति स्टेसन म्यानेजर मदन प्यासीसँग नियमित सम्पर्कमा कृष्णबहादुर महरा रहेका थिए । ‘रअ’ का अन्य अधिकारीसँगको सम्पर्कमा रहेर राम कार्की उर्पm सुरेन्द्र काम गर्ने गर्दथे ।”
प्रतिगमन कसरी आधा सच्चियो ? त्रिपाठी यसरी लेख्छन्, “भारतीय राजदूत श्यामशरणले माधव नेपाललाई मनाउन अनेकौँ प्रयास गर्दा पनि उनी सफल हुन सकेनन् । त्यसपछि माधवलाई मनाउन भारतीय कम्युनिस्ट पार्टी (सीपीआई र सीपीएम) का नेताहरूले माधव नेपाललाई सम्झाइबुझाइ गर्नुपरेको थियो । सीताराम येंचुरी र डी. राजालगायतका नेताहरूले सम्झाएपछि माधव नेपाल देउवा नेतृत्वको सरकार (२०६१) मा सामेल हुन राजी भएका थिए । यसलगत्तै अर्थ मन्त्रालयसहित उपप्रधानमन्त्री लिएर भरतमोहन अधिकारीको नेतृत्वमा एमाले देउवा सरकारमा सामेल भयो र भन्यो ‘प्रतिगमन आधा सच्चियो’ ।”
यस पुस्तकमा दरबार, मधेशवादी नेताहरू, तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाल, खिलराज प्रकरण आदिबारे सविस्तार वर्णन पाइन्छ । भारतीय चासो, चलखेल, स्वार्थ तथा हस्तक्षेप हुँदै नेपाली राजनीतिमा अमेरिका तथा पश्चिमा शक्ति कसरी हाबी भयो र हुँदै छ भन्ने सचित्र वर्णन गरिएको छ । एक–एक शासक नेताहरू तथा प्रशासकहरूलाई विदेशीले कसरी प्रयोग गर्दै छन् र कसरी पाल्दै छन् भन्ने इत्तिवृत्ति यो पुस्तकले बताउँछ । यद्यपि, अभैm धेरै बाहिर ल्याउन बाँकी छन् ।
गत मङ्सिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा लेण्डुप दोर्जे, जेलेन्स्कीजस्ता खलपात्रहरू निर्वाचित हुनुको पृष्ठभूमि ‘तुषानल’ ले प्रस्तुत गरेको छ । ‘नागरिकता विधेयक’, ‘एमसीसी’, ‘एसपीपी’ एकाएक ल्याइएको होइन । योजनाबद्ध ढङ्गमै दीर्घकालीन उद्देश्य राखेरै ल्याइएको हो । भारत र अमेरिकाले गम्भीरताका साथ पूर्वतयारी थालेको अनुमान लगाउन अब गा¥हो छैन । यी विषयमा पनि अर्को ‘तुषानल’ जरुर लेखिने छ । साथै, यस पुस्तकमा एकजना अमरेशकुमार सिंहले खेलेको भूमिका र दिल्लीसम्म नेपाली नेतालाई जोड्न देखाएको सक्रियता चित्रण गरिएको छ । नाम उल्लेख नभएका अरू कति छन् ? कुनै दिन पढ्न जरुर पाइएला ! त्यसैगरी, नेपाली नेतालाई तथा उच्चपदस्थ अधिकारीहरूलाई वासिङ्टन डीसी, लण्डन आदि जोड्ने ‘अमरेशहरू’ को–को हुन् भन्ने उत्सुकता पाठकहरूमा जाग्नु अस्वाभाविक होइन !
वरिष्ठ पत्रकार पुरस्कारबाट समेत सम्मानित त्रिपाठीलिखित ‘तुषानल’ ले ‘नेपाली राजनीतिको गर्भमा भएका रोचक तथा संवेदनशील घटनाहरू’ प्रकाशमा ल्याएर नेपाली पाठकहरूलाई सोच्न बाध्य पारेका छन् । धेरैका निम्ति नयाँ अनुभूत हुने राजनीतिक घटना तथा जानकारी सम्प्रेषण गरेर नेपाली राजनीतिमा भएका भ्रम र गलत समझदारी चिर्दै यथार्थसम्म पुग्न यो पुस्तकले टेवा पु¥याउनेमा कुनै आशङ्का छैन । त्रिपाठीले डरलाग्दो कालरात्री पाठकसामु पस्के पनि सचेत पाठक डरले काँप्नुभन्दा पनि देशद्रोहीहरूविरुद्ध घृणा र आक्रोशका साथ परिवर्तन, राष्ट्रिय स्वाभिमान तथा स्वतन्त्रताको अपरिहार्यताप्रति दृढ हुने निश्चित छ । स्वतन्त्रताको मिर्मिरे रातपछिको बिहानी जतिकै अवश्यम्भावी छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *