भर्खरै :

पुराना कार्टुनिस्ट सरद रञ्जितलाई बराया

पुराना कार्टुनिस्ट सरद रञ्जितलाई बराया

काठमाडौँ, १४ माघ । कार्टुनिस्ट क्लव नेपालको आयोजनामा बराथा सम्मान पुराना कार्टुनिस्ट सरद रञ्जितलाई कला परिषद् बबरमहलमा एक कार्यक्रमबिच प्रदान गरियो ।
क्लवका अध्यक्ष बासु क्षितिजको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एवम् कार्टुनिस्ट क्लव नेपालका संस्थापक अध्यक्ष अशोकमान सिंहले कदर पत्र प्रदान गर्नुभएको हो ।
क्लवको स्थापनाबारे बताउँदै अशोकमान सिंहले पुराना अनुभवीहरूको सम्मान कार्यक्रमले पुरानाको अनुभव साझा हुने र नयाँ पुस्तालाई मार्गनिर्देश हुने बताउनुभयो । शरद रञ्जितले पहिला नयाँ गोरेटो नामको प्रौढ शिक्षाको पुस्तिका र भाँडभैलोलगायत व्यङ्ग्य पत्रिकाहरूको प्रकाशन गर्दाको अनुभव पनि सुनाउनुभयो । क्लवका निवर्तमान अध्यक्ष तथा चर्चित कार्टुनिस्ट अबिन श्रेष्ठले अग्रजहरूले बनाउनुभएको व्यङ्ग्य चित्रको गोरेटोमा अहिलेका हामी कार्टुनिष्टहरूलाई काम गर्न सजिलो तथा कार्टुनका पारखीहरू शरद रञ्जित र रामकुमार पाण्डे दाइहरूले बनाएर नै अहिलेका कार्टुनिस्ट एक छाक जीविका चलाउन सजिलो भएको बताउनुभयो ।
सम्मानित शरद रञ्जितले क्लवलाई धन्यवाद दिँदै विगतलाई सम्झिएर अझै व्यङ्ग्यचित्रमा काम गर्न हौसला पाएको बताउँदै नेपाली व्यङ्ग्य चित्रकारहरू इतिहाससम्बन्धी कार्यपत्रसहित पुस्तक प्रकाशन गर्नुपर्ने, अन्तर्राष्ट्रिय कार्टुनिस्टहरूसहित सेमिनारसहित नियमित कार्टुनसम्बन्धी कक्षाहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
क्लवका महासचिव रवि मिश्रले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सभापति तथा अध्यक्ष बासु क्षितिजले सम्मानित कलाकारलाई बधाई दिँदै अझै अग्रजहरूको मार्गनिर्देशन, सल्लाह सुझावमा क्लवलाई अगाडि बढाउने बताउनुभयो । साथै उक्त कार्यक्रममा देवेन्द्र थुम्केली स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *