भर्खरै :

मेयर कप तेक्वान्दो प्रतियोगितामा भक्तपुर नपा तृतीय

मेयर कप तेक्वान्दो प्रतियोगितामा भक्तपुर नपा तृतीय

काठमाडौँ, १५ माघ । जैशिदेवल युथ क्लवको आयोजनामा माघ १२ देखि १४ गतेसम्म भएको बाग्मती प्रदेशस्तरीय तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा भक्तपुर नगरपालिकाले ६ वटा पदक प्राप्त गरी तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
प्रतियोगितामा महिलातर्पm २३–२६ के.जी. तौल समूहमा जेनी जोशी र ३२–३५ के.जी. तौल समूहमा दिया लाखाजुले प्रथम स्थान, २९–३२ के.जी. तौल समूहमा रिद्धि ग्वाछाले तृृतीय स्थान हासिल गरेका थिए भने पुरुषतर्पm २५–२८ के.जी. तौल समूहमा शोबराज तामाङ, ३४–३८ के.जी. तौल समूहमा रिको ह्योम्बा र ३८–४२ तौल समूहमा नविन सेन्चुरीले तृतीय स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा भक्तपुर नगरपालिकाको तर्पmबाट १० जना महिला र १० जना पुरुष गरी २० जनाले सहभागिता जनाएका थिए । भक्तपुर नपाको टीम प्रशिक्षक अनिस खयरगोली र टीम व्यवस्थापक बलराम न्हिसुतु रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *