छानबिन आयोगको जेनजी आन्दोलनबारे सम्बन्धित पदाधिकारीसँगको बयानको सार सङ्क्षेप – ३
- बैशाख ५, २०८३
गौरी लंकेशको हत्या भएको ठीक एक सातापश्चात भारतको बैंग्लौरमा हजारौं ‘गौरीहरु’ ले प्रतिरोधमा प्रदर्शन गरेका छन् । स्थानीय रेलवे स्टेसनबाट शुरु भएको रङ्गीन जुलुसमा हजारौं जनता ‘म गौरी हुँ’ भन्ने नारा लगाउँदै केन्द्रीय कलेज पुगेका थिए । केन्द्रीय कलेजमा हत्याविरुद्ध प्रतिरोध सभा भएको थियो । सभामा भिन्न विचार र वाक स्वतन्त्रता दबाउन भएको जनपक्षीय बुद्धिजीवीको हत्या विरुद्ध बढ्दो आक्रोश प्रदर्शन गरिएको थियो । साथै प्रदर्शनमा पत्रकार, लेखक, कलाकार, विद्यार्थी, सामाजिक कार्यकर्ता, चिन्तक, सामाजिक अभियन्ता र राजनीतिक पार्टीको प्रतिनिधित्व गर्ने इन्द्ररङ्गी शक्ति मोर्चा पनि प्रतिविम्बित भएको थियो ।
सभाको शुरुवातमा हजारौं जनताले एकै स्वरमा नारा लगाएका थिए,‘म गौरी हुँ, हामी सबै गौरी हौं, आत्मविश्वासको गौरी, प्रतिबद्धताको गौरी, किसान गौरी, मजदुर गौरी, जनता गौरी ।’
सभामा देशभरिबाट आएका विभिन्न मोर्चाको प्रतिनिधित्व गर्ने तीस जना विशेष व्यक्तिहरुले सम्बोधन गरेका थिए । कर्णाटकी लेखक देभान्नुरु महादेव, सीताराम येचुरी, मेधा पत्कर, स्वामी अग्निभेष, प्रशान्त बुहुशान, कर्णाटकी लेखक चन्द्रशेखर पाटिल, पी सन्थाल, टिस्टा सितालबद, जिग्नेश मेवानी, भाषाविद् प्राध्यापक गणेश देभी, सागरिका घोष, सिद्धार्थ भारादाराजन, लेखक तथा अभियन्ता नीला के, कर्णाटकी कलाकार चेतनसँगै अरु धेरै प्रगतिशील विचारका पक्षधरहरुले सभामा बोलेका थिए । सभाको सभापतित्व गान्धीवादी स्वतन्त्रता संग्रामी एच सी दोरेस्वामीमा भएको थियो । सभामा गौरी लंकेशका हत्याको विरोधमा लंकेशले सम्पादन र प्रकाशन गर्ने गरेको साप्ताहिक पत्रिकाको गौरी लंकेश विशेषाङ्क प्रकाशन गरेको थियो । साथै त्यो साप्ताहिक पत्रिका प्रकाशनलाई निरन्तरता दिने निर्णय पनि सभाबाट गरियो । गौरीको हत्या जुन उद्देश्य पूर्तिका लागि भएको थियो, साप्ताहिक पत्रिकाको प्रकाशनलाई निरन्तरताले त्यो उद्देश्य असफल हुनेछ । सङ्घ परिवार र उसका फासीवादी हमलाको भण्डाफोर गर्न पनि साप्ताहिक पत्रिकाको प्रकाशनलाई निरन्तरता दिनुपर्ने सभाको सन्देश थियो । लंकेशको विशेषाङ्क पत्रिकाको आवरणमा गौरीको तस्वीर सहित उनको भनाई लेखिएको छ–‘मेरो आवाज दबाएर दबाउन सक्नेछैनन् ।’
सभामा सीताराम येचुरीले हिंसाको शासनलाई प्रोत्साहन गरेकोमा विरोध गर्दै हिंसाको शासनकै कारण चार जना सत्यवादी र लेखकहरुको हत्या सम्भव भएको बताए । हिंसाको शासनले एकातिर बुद्धिजीवीहरुको हत्या हुनुका साथै विभिन्न बहानामा दलित र मुस्लिमको व्यापक दमन र युवाहरुमाथि अत्याचार भएकोमा विरोध जनाए । भारतीय जनताले घृणा, असहिष्णु र विभेदलाई प्रश्रय दिने प्रतिगमनकारीहरुविरुद्ध लडेको र पराजीत गरेको इतिहास भएको बताए ।
‘त्यस्ता शक्तिको कहिल्यै जीत हुन सक्नैछैन ।’, उनको भनाई छ ।
गौरीको हत्याका लागि लेखक रामाचन्द्र गुहाले सङ्घ परिवारविरुद्ध जाहेरी दर्ता गरेको एक दिनपश्चात भएको सभामा धेरै वक्ताहरुले गौरीको हत्याका लागि सङ्घ परिवारलाई खुलेरै दोषारोपण गरे । ‘म खुला रुपमा भन्न चाहन्छु । गौरीको हत्या गर्ने हत्याराहरु गान्धीजीको हत्या गरेका हिन्दुवादी संगठन नै हो ।’, स्वामी अग्निभेषले बोले ।
नुदुमामिदी स्वामीजीले भने,‘हिन्दुवादी आतङ्कवादीहरुले गौरीको हत्या गरेका हुन् । यो राजनीतिक हत्या हो ।’ के नीलाले भनिन्,‘हामी सबै गुहाको भनाई दोहो¥याउँछौं । उनीहरुले १२० करोड सूचना तयार गर्न दिउँ ।’
सभाबाट पारित प्रस्तावमा हत्याका दोषी हत्यारालाई पक्राउ गर्न, सत्यवादी र अभियन्ताहरुलाई निशाना बनाउने पछिल्लो शिलशिलाबारे अनुसन्धान गर्न र साम्प्रदायिक शक्तिविरुद्ध एकीकृत मोर्चा गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । त्यस्तै खालका प्रतिरोध सभा र जुलुस दिल्ली र सबै प्रादेशिक मुख्यालयमा गर्ने पनि निर्णय गरेको छ । गान्धीजीको स्मृतिमा बनाइएको सबै स्मारकहरुमा पत्रकारहरुले आगामी अक्टोबर २ मा प्रतिरोध कार्यक्रम गर्ने पनि सोही कार्यक्रममा घोषणा गरियो ।
पिपुल्स डिमोक्रेसी (१७ सेप्टेम्बर)
प्रस्तुतिः नीरज
Leave a Reply