तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, १६ माघ । नेपाल मजदुर किसान पार्टी, चन्द्रागिरी नगर समितिको आयोजनामा ४९ औँ पार्टी स्थापना दिवस वडा नं. १२ बलम्बुमा मनाइयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टी स्थापनाको आधारहरू प्रस्ट पार्दै पार्टी समितिका सदस्यहरू र कार्यकर्ताहरू अनुशासित हुनुपर्ने, इमानदार र नैतिकवान हुनुपर्ने बताउनुभयो । उहाँले चुनावबाट परिवर्तन नआउने समाजवाद नआउने भएकोले वर्गसङ्घर्ष अगाडि बढाउनुपर्ने बताउनुभयो । वर्गसङ्घर्षको लागि नेता तथा कार्यकर्ताहरू जनतालाई सचेत र सङ्गठित गर्नुपर्ने उहाँले बताउनुभयो । पार्टीको विचार नीति जहाँ पुगे पनि प्रचार गर्नुपर्ने बताउँदै समाज परिवर्तनमा हामी अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेमकिपा चनपा १२ का राजेन्द्र श्रेष्ठले प्रमुख प्रतिपक्षकोे मान्यता कानुनी हिसाबले नेमकिपालाई दिनुपर्ने हो तर सत्तासीन पार्टीहरूको बलमिचाइले कानुनविपरीत जान लागेकोले हामी सबै सतर्क हुनुपर्ने बताउनुभयो ।
नेमकिपा चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा कीर्तिपुर नगर समितिका वाशुमान महर्जन, चन्द्रागिरी नगर समितिका राजेन्द्र श्रेष्ठ, हरिशरण श्रेष्ठ, नन्दकुमार महर्जन, रविन्द्र महर्जनलगायतले पार्टी योगदानबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply